जुम्लाको सदरमुकाम खलंगाको बीच भागमा बग्ने जुगाडखोलालाई स्वच्छ, सफा र कन्चन बनाउने उद्देश्यले जुगाडखोला करिडोर निर्माणको काम सुरु भएको छ। पछिल्लो समय फोहोर र प्रदूषित बन्दै गएको जुगाडखोलालाई आकर्षक बनाउन यो करिडोरले महत्वपूर्ण भूमिका खेल्ने चन्दननाथ नगरपालिकाले बताएको छ।
उक्त करिडोरको शिलान्यास गर्दै चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले पर्यटन प्रवर्द्धनमा यो करिडोरले ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेकी छिन्। उनले भनिन्, ‘जुगाडखोला करिडोर आफैंमा एउटा पर्यटकीय स्थल बन्नेछ। कन्चन जुगाडखोलाको सुन्दर दृश्यले सबैको मन लोभ्याउनेछ।’
करिडोरमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रेखांकनको काम पनि सुरु भइसकेको छ। चन्दननाथ(५ मा रहेको खानेपानी उपभोक्ता समितिको कार्यालय नजिकैबाट डोजर प्रयोग गरेर काम थालिएको हो। बहुवर्षीय योजनाअन्तर्गत यो करिडोरका लागि पहिलो चरणमा ६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
चालु आर्थिक वर्षमा ३ किलोमिटर करिडोर निर्माण हुने नगरप्रमुख राजुसिंह कठायत बताउँछन्। खानेपानी उपभोक्ता समितिको कार्यालयदेखि चन्दननाथ-४ को मालाभिडसम्म दायाँ-बायाँ २ मिटर चौडा करिडोर यो वर्षभित्रै तयार हुने उनको भनाइ रहेको छ।
‘करिडोर क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा बनेका संरचना हटाउन नगरपालिकाले पत्राचार गरिसकेको छ। यस्ता संरचना तत्काल भत्काउन अनुरोध गरिएको छ,’ नगरप्रमुख कठायतले भने, ‘अन्यथा डोजर प्रयोग गरेर हटाउनुपर्ने बाध्यता आउनेछ।’
चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाका अनुसार सहकारी विकास तथा भवन निर्माण आयोजनाको २० करोड सहयोगमा करिडोर निर्माण हुनेछ। जुगाडखोलालाई स्वच्छ र हरियाली बनाउने लक्ष्यअनुसार नगरपालिकाले प्राथमिकताका साथ काम अघि बढाएको उनको भनाइ छ।
जुगाडखोला करिडोरमा स्टेट लाइट, सीसी क्यामरा र बीच-बीचमा प्रतिक्षालय निर्माण गरिनेछ। सबैले करिडोरमा मर्निङवाक गर्न मिल्ने गरी पूर्वाधार बनाउन थालिएको छ।
‘खोलाको दायाँ-बायाँ २-२ मिटर चौडा करिडोर बन्नेछ,’ नगरप्रमुख कठायतले भन्नुभयो, ‘खोलाको २ मिटर दूरीभित्र पर्ने घर(टहरा हटाउनुपर्नेछ। अहिले जुगाडखोला फोहोर फाल्ने ठाउँजस्तो भएको छ। खोलामाथि अतिक्रमण गरेर संरचना बनाइएका छन्।’
तिला नदीदेखि नै करिडोर सुरु गर्ने योजना भए पनि पहिलो चरणमा खेतीयोग्य जमिनलाई असर नपर्ने नीति लिइएको छ। करिडोर ‘टी’ आकारको हुने जानकारी दिइएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।