चिसो बढ्दै गएपछि जुम्लाको दैनिकी मुस्किल बन्दै गएको छ। मंसिर दोस्रो सातादेखि नै तापक्रम माइनसमा झर्न थालेपछि जुम्लाका बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको हो। जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार जुम्लाको तापक्रम माइनस ३ डिग्रीमा ओर्लिएको छ। केही दिनयता जुम्लामा चोकचोकमा आगो बालेर ताप्नेहरू बाक्लै देखिएका छन्।
‘दुई–चार दिन भयो, एकदमै चिसो बढेको छ,’ जुम्लाको चन्दननाथ नगरपालिका–४ देवीप्रसाद सिम्खाडाले भने, ‘जाडो बढेसँगै जताततै पानी जम्न सुरु भएको छ।’ जुम्लामा तापक्रम माइनस ३ डिग्रीसम्म झर्ने गरेको छ। घरभित्र राखेको पानी जमेर बरफ बन्नुका साथै धाराको पानी पनि जम्न थालेको छ। चिसो बढ्दै गएपछि बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्यकर्मीहरूले सुझाएका छन्। चिसोको समयमा बालबालिकालाई निमोनिया हुन सक्ने भएकाले न्यानो लुगा लगाइराख्न तथा प्रशस्त मात्रामा स्तनपान गराउन पनि उनीहरूले सुझाएका छन्। यस्तै वृद्धवृद्धालाई श्वासप्रश्वाससम्बन्धी समस्या हुने भएकाले सतर्कता अपनाउन पनि स्वास्थ्यकर्मीको सुझाव छ।
जुम्लाका स्थानीय महिला हिउँद कटाउन दाउराको जोहोमा लागेका छन्। उनीहरू यतिबेला दाउरा संकलन गर्न व्यस्त छन्। उनीहरू हिउँदको चिसो कटाउन वनजंगलतिर दाउरा संकलन गर्न व्यस्त भएका हुन्। मंसिर लागेपछि जाडो बढ्ने भएकाले महिलालाई जाडो छल्न दाउरा ओसारपसार गर्न भ्याइनभ्याइ छ। जुम्लामा हिउँ पर्ने समय पनि नजिकिँदै छ। यहाँ पुसदेखि चैतको अन्तिमसम्मै हिउँ पर्छ। हिउँ पर्नासाथ बाटो बन्द हुने हुँदा जाडो छल्ने पूर्वतयारीका लागि यहाँका महिलाहरू दैनिक तीनचार घण्टाको पैदलयात्रा तय गरेर जंगलबाट दाउरा ल्याउने गर्छन्। कात्तिकभरि बर्खे बाली भिœयाउन व्यस्त हुने जुम्ली महिला पुस लाग्न थालेसँगै दाउराको जोहो गर्न व्यस्त देखिन्छन्।
जाडो कटाउन घरमा बालबालिका अरूकै भरमा छाडेर जंगल जान बाध्य भएको जुम्ली महिलाहरू बताउँछन्। यता जुम्ला सिंजा–६ की असाडी रावत भन्छिन्, ‘दाउरा बालेर मात्र चिसोबाट बच्न सकिन्छ। यसका लागि बिहान बेलुकाको समयमा दाउराको जोहो गर्नमै जुट्ने गरेका छौं।’ चिसोमा दाउरा बाल्नेहरू बढेपछि स्थानीयले दाउरा बेच्ने क्रम पनि सुरु भएको छ। उनका अनुसार हरेक वर्ष हिउँदमा निश्चित समय तोकेर मात्र दाउरा संकलनका लागि खुला गर्ने गरिन्छ। यस अवधिमा मात्र दाउरा संकलन गर्न पाइने भएपछि चिसोको परवाह नगरी दाउरा संकलन गर्नुपरेको छ।
जुम्लामा वर्षौंदेखि गाउँका मुख्य टोली र वन उपभोक्ता समितिको समन्वयमा स्थानीयलाई जंगलमा रहेका सुकेका दाउरा फुकुवा गर्ने प्रचलन छ। जुम्ली महिला १० देखि १५ जनासम्म मिलेर दाउरा संकलनका लागि जंगल आउजाउ गर्छन्। हातमा पन्जा, मुखमा मास्क र खुट्टामा टालटुल गरेको मैलो जुत्ता, पिठ्युँमा दाउरा बोकेको अवस्थामा उनीहरू भेटिने गर्छन्। जाडोका कारण गाईगोरु पनि वनपाखा लान नसकिने हुँदा करिब साढे दुई महिनाजति घरमै राखिन्छ। यो चलन सिंगो जुम्लाको अवस्था र व्यवस्था हो।
महिलाहरू गाईबस्तुलाई बिछ्याउन स्याउला–सोतर पनि वनबाट ल्याउँदै छन्। चरिचरन क्षेत्र पुरै हिउँले ढाकिने भएपछि गाईबस्तु बाहिर निकाल्न नसकिने हुन्छ। पछिल्लो समय भने जुम्लाको सदरमुकाम खलंगामा दाउरा खोजेर ल्याउने र बजारतिर बिक्री गर्ने पनि उतिकै भिडभाड देखिन्छ। अहिले एक भारी दाउरा ६ सय देखि आठ सय ५० सम्म बेच्ने गरेको स्थानीय सालसरी सार्कीले बताइन्। अन्य महिना खेतीपातीमा व्यस्त हुने र जाडोको मौसम फुर्सदिलो हुने भएकाले पनि जंगलमा सुकेका दाउरा खोज्न प्रचलन छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।