डेंगीको ‘हटस्पट’ पोखरा
२७ भदौ २०८१
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
डेंगीको ‘हटस्पट’ पोखरा

पछिल्लो समय गण्डकी प्रदेशमा डेंगी संक्रमण झनै तिब्र बनेको छ। अघिल्लो महिनासम्म तनहुँमा संक्रमण तिब्र रहेकोमा अहिले कास्कीमा संक्रमण बढिरहेको छ। कास्कीको पोखरा अहिले डेंगी संक्रमणको ‘हटस्पट’ बनेको प्रदेशको स्वास्थ्य मन्त्रालयले बताएको छ। पर्यटकीय सहर पोखरामा दिनहुँ संक्रमण बढिरहेको मन्त्रालयको भनाई छ।  

एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ। स्वास्थ्यकर्मीले अहिले पनि डेंगी संक्रमण असोज महिनाभर नै रहिरहने अनुमान गरेका छन्। गण्डकीमा यो वर्ष डेंगीका झन्डै सातहजार संक्रमित पुगिसकेका छन्। तीमध्ये पाँचजनाको ज्यान गएको पनि मन्त्रालयको भनाई छ। मन्त्रालयका प्रवक्ता सुरज गुरौका अनुसार योवर्ष बुधबारसम्म गण्डकीमा ६ हजार ९ सय ७ जनामा संक्रमण पुष्टि भएको छ।  

‘पछिल्लो समय पोखरामा संक्रमण तिब्र बनेको छ। पोखरा अहिले प्रदेशकै डेंगीको हटस्पट हो,’ प्रवक्ता गुरौले भने, ‘अगष्ट महिनामा मात्र गण्डकीमा झन्डै चारहजार संक्रमित थपिएका थिए। सेप्टेम्बरको अहिलेसम्म २ हजार जनामा संक्रमण देखिएको छ।’ उनका अनुसार यो वर्ष अहिलेसम्म कास्कीमा सबैभन्दा बढी ३ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशमा सबैभन्दा बढी संक्रमित पोखरामा छन्।  

त्यसपछि तनहुँमा २ हजार ७९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्वतमा ६ सय ४, गोरखामा ३ सय १९ जनामा संक्रमण पुष्टि भएको छ। स्याङजामा २ सय ७९, बागलुङमा १ सय ७६, लम्जुङमा ८९, म्याग्दीमा पनि ८९, नवलपुरमा ८६ र मनाङमा २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गुरौले बताए। प्रदेशभित्र सबैभन्दा बढी संक्रमित रहेको कास्कीको पोखरा महानगरपालिकामा मात्र ३ हजार १ सय ४ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि तनहुँको आँबुखैरेनी गाउँपालिकामा १२ सय ६८ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।  

‘गत जुलाईपछि संक्रमणले एकाएक गति लिएको हो। जुलाईमा प्रदेशमा जम्मा ७ सय २२ जनामा संक्रमण पुष्टि भएको थियो। त्यो आकार अगष्टमा चारहजार हाराहारीमा थियो। सेप्टेम्बरमा अहिलेसम्म २ हजार जनामा संक्रमण पुष्टि भईसकेको छ,’ उनले भने , ‘असोजभरि नै संक्रमण रहिरहनेछ। अघिल्लो वर्ष पनि असोज सकिएपछि बल्ल संक्रमण कम हुन थालेको थियो।’ 

पानी पर्न रोकिने र चिसो बढ्न थालेपछि संक्रमण कम हुने स्वास्थ्यकर्मीको अनुमान छ। डेंगी संक्रमणले यो वर्ष प्रदेशमा पाँचजनाको ज्यान पनि गएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा तीनजना पुरुष र दुइजना महिला छन्। ती मध्ये कास्कीका तीन, म्याग्दी र तनहुँका एक–एक गरि पाँचजनाको ज्यान पनि गएको प्रवक्ता गुरौले बताए। ‘डेंगी संक्रमण रोक्न समूदाय आफै सचेत नभएसम्म सम्भव छैन। घरघरमा लामखुट्टे नभएसम्म संक्रमण पनि कम हूँदैन,’ उनले भने, ‘नियन्त्रणका लागि सबैतिर सचेतना पनि जगाईरहेका छौ।’  

संक्रमण बढेपछि डेंगी परीक्षण गर्ने किटको समेत अभाव हुने अवस्था आउन थालेको उनले बताए। उनका अनुसार प्रदेशको आपूर्ति केन्द्रले सुरुमा १० लाख रुपैयाँको डेंगी परीक्षण गर्ने किट किनेको थियो। तर, ती सबै सकिनै थालेको उनले बताए। यो वर्ष संक्रमण बढिरहेपछि थप २० लाख रुपैयाँ प्रदेशको अर्थ मन्त्रालयसँग मागेर किट कन्ने योजना बनाएको पनि उनले बताए। ‘प्रदेशमा दिनहुँ संक्रमित थपिएका छन्। त्यसैले परीक्षण गर्ने पनि बढेको बढ्यै छन,’ उनले भने।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।  

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ।  

पोखरामा २०७२÷७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीनवर्ष पोखरामा एकएकजना मात्र डेंगीका बिरामी भेटिएकोमा चौथो वर्ष ५७१ जना बिरामी परेका थिए। त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।  

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

लोकप्रिय
अर्को समाचार
तनहुँ र कास्कीमा डेंगी संक्रमण तिब्र
२४ साउन २०८१
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
तनहुँ र कास्कीमा डेंगी संक्रमण तिब्र

कास्की र तनहुँमा यो सिजनमा फेरि डेंगी संक्रमण बढेको छ। तनहुँको आँबुखैरेनीमा डेंगी संक्रमण बढेपछि विद्यालय नै बन्द गरिएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका अहिले डेंगीको ‘हटस्पट’ बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्। कास्कीमा पनि संक्रमण बढ्न थालेपछि सचेतना अपनाउन पोखरा महानगरले आग्रह गरेको छ।  

डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अघिल्लो वर्ष डेंगीले कास्की लगायतका जिल्लामा निकै नै सताएको थियो। तनहुँको दमौलीमा पोहोर २५ सय मानिस बिरामी परेका थिए। तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानका अनुसार डेंगी संक्रमणले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गरिएको छ। विहीबारदेखि बन्द भएका विद्यालयमा साउन महिनाभर पठनपाठन नहुने उनले बताए।  

‘विद्यालयका बालबालिका बिरामी पर्न थाले। दिनहुँजसो संक्रमण बढेपछि त्रास पनि फैलियो,’ उनले भने, ‘संक्रमण कम गर्नका लागि विद्यालयमा बिदा गरिएको हो।’ उनका अनुसार बजार क्षेत्र पर्ने आँबुखैरेनी गाउँपालिका–३ का चारवटा विद्यालय बन्द भएका छन्। आँबुखैरेनीमा संचालित रामशाह मावि, मर्स्याङ्दी बालज्योती बोर्डिङ स्कुल, बाल शिक्षा बोर्डिङ र नमोबुद्ध विद्यालय बन्द भएका छन्।  

‘अहिलेका लागि आँबुखैरेनी गाउँपालिका–३ का चारवटा विद्यालय मात्र बन्द भएका हुन्। अरु त सुचारु छन्। तर, संक्रमण बढ्दै गएमा अरु विद्यालय पनि बन्द हुने सक्नेछन,’ उनले भने, ‘संक्रमण डरलाग्दो गरि फैलिएको छ। त्यसैले आवश्यक अनुसार अहिलेको बन्द अवधि लम्बिन पनि सक्छ र अरु विद्यालय पनि बन्द हुन सक्छन्। तर, हामी विद्यार्थीको पठनपाठन प्रभावित हुनेमा पनि सचेत छौं।’ 

उनका अनुसार विद्यालयका विद्यार्थी मात्र नभई शिक्षक पनि प्रभावित भएका छन् । अभिभावक पनि संक्रमित बनेको उनले बताए।अध्यक्ष चुमानका अनुसार अहिलेसम्म गाउँपालिकाभित्र करिब ४ सय ५० जना संक्रमित भईसकेका छन। दिनमै ४० जनाको हाराहारीमा संक्रमित थपिएको उनले बताए। अहिले पनि करिब एकसयजना जति विद्यार्थी संक्रमित छन्।

अध्यक्ष चुमानका अनुसार बिरामीको उपचारका लागि अस्पतालको क्षमता बिस्तारदेखि लामखुट्टेबाट जोगिनका लागि सचेतनाका कार्यक्रम पनि संचालन गरिएको छ। लामखुट्टेको टोकाइबाट संक्रमण सर्ने भएकोले लामखुट्टे फैलाउने लार्भा नष्ट गर्ने उपाय गाउँपालिकाले अवलम्बन गरेको उनले बताए। ‘सहरी क्षेत्र नै बढी प्रभावित भएको छ। संक्रमणको यो तिब्र गति कम गर्नका लागि विद्यालय नै बन्द गरिएको हो,’ उनले भने।  

आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. धनबहादुर क्षेत्रीका अनुसार पछिल्लो समय डेंगी संक्रमण निकै नै डरलाग्दो गरि फैलिएको छ। यो वर्ष पहिलोपटक गत जेठ ३१ गते डेंगीका पहिलो बिरामी पहिचान भएका थिए। त्यसपछि असार महिनाभर खासै संक्रमणले गति लिएको थिएन। त, साउन लागेपछि दैनिक रुपमा संक्रमण बढ्दै जाँदा अहिले दिनमा ४० जनाको हाराहारीमा बिरामी पर्ने गरेका छन्। सरकारी अस्पताल देखि निजी क्लिनिकमा उपचार गराउने र घरमै आराम गर्ने बसेका समेत गरि धेरै संख्यामा बिरामी भएको उनले बताए।  

‘अहिले आँबुखैरेनी नै हटस्पट बनेको छ। १५ शैयाको अस्पतालमा बिरामीको भीडभाड छ। बिरामीको चाप बढेपछि एउटै बैडमा तीनजनासम्म राखेर उपचार गरिरहेका छौ,’ क्षेत्रीले भने। उनका अनुसार स्थानीय अस्पतालमा भीडभाड बढेपछि बिरामीहरु थप उपचारका लागि करिब ४५ किलोमिटर परेको चितवनका विभिन्न अस्पतालमा गएका छन्।  

‘बिरामीको अवस्था सामान्य नै थियो। तर अब भने बिरामीको अवस्था जटिल हुन थालेपछि उपचारका लागि चितवन पठाएका छौं,’ उनले भने, ‘साना नानीदेखि वृद्धवृद्धासम्म पनि बिरामी परेका छन्। विद्यालयमा त्रास छाएको छ।’ पोहोर तनहुँ सदरमुकाम दमौलीलाई डेंगी संक्रमणले हायलकायल बनाएको थियो।  

पोखरा महानगरपालिकामा पनि पछिल्लो समय संक्रमण बढेको महानगरको स्वास्थ्य महाशाखाले बताएको छ। महाशाखाका जनस्वास्थ्य निरिक्षक राजेन्द्र रेग्मीका अनुसार पोखरा महानगरमा यो वर्ष अहिलेसम्म ३ सय ७१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। तीमध्ये ४५ जना बिरामी बुधबार मात्र थपिएका थिए। ‘पोखरा महानगरपालिका–८, ९, क्षेत्र बढी प्रभावित छन्। बसपार्क, जनघनत्व बढी भएकोले पनि त्यो क्षेत्रमा सधैं संंक्रमणले गति लिन्छ,’ रेग्मीले भने।

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम भने रही रहने स्वास्थ्यकर्मीको भनाई छ।  

पोखरामा २०७२÷७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीनवर्ष पोखरामा एकएकजना मात्र डेंगीका बिरामी भेटिएकोमा चौथो वर्ष ५७१ जना बिरामी परेका थिए। त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।  

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस