संग्रह
कास्कीमा कृषि ज्ञान केन्द्र स्थापना
कास्कीमा पहिलोपटक कृषि ज्ञान केन्द्र स्थापना भएको छ। गण्डकी प्रदेशको राजधानी भएर पनि कास्कीमा यसअघि कृषि ज्ञान केन्द्र थिएन। यसअघि स्याङ्जामा रहेको कृषि ज्ञान केन्द्रले कास्की पनि हेथ्र्यो। तर प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका सबै जिल्लामा ज्ञान केन्द्र स्थापना गर्ने निर्णय गरेपछि पोखरा महानगरपालिका, वडा नम्बर १७ बिरौटामा स्थापना गरेको हो ।
कास्कीलाई पशुमा पूर्ण खोप जिल्ला बनाउने तयारी
पशुमा कास्कीलाइ पूर्ण खोप जिल्ला बनाइने भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्कीले जिल्लालाई पशुमा पूर्ण खोप बनाउने तयारी गरेको हो ।
गाउँमा स्कुल खुले, सहरमा अझै बन्द
कोरोना भाइरस संक्रमणले थलिएको शैक्षिक क्षेत्रले बिस्तारै गति लिन थालेको छ । संक्रमणका कारण महिनौंदेखि रोकिएको विद्यार्थीको भौतिक उपस्थितिको पठनपाठन सुरु हुन थालेको छ । ग्रामिण भेगका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ ।
कास्कीको प्रस्तावित एन्फा टेक्निकल सेन्टर: स्थानीयको मागलाई सम्बोधन गर्न आग्रह
कास्कीको माछापुच्छ्रे गाँउपालिका–६ धितालस्थित भिंडाबारीमा प्रस्तावित ‘एन्फा टेक्निकल सेन्टर’ निर्माण अघि स्थानीयको मागलाई उचित सम्बोधन गर्नुपर्ने आवाज उठाएका छन्।
कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ मतदाता
आगामी मंसिर ४ को निर्वाचनको लागि राजनीति दलहरु उम्मेदवार छान्न रस्साकस्सी गरिरहेको बेला जिल्ला निर्वाचन कार्यालय कास्कीले आगामी मतदाताको नामावली अद्यावधिक गरेको छ।
कास्कीमा एमालेले उम्मेदवार टुंग्यायो, गठबन्धन अन्यौलमै
नेकपा एमालेले कास्कीमा सबै उम्मेदवार टुंगो लगाएको छ। तर, गठबन्धन दलले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन। एमालेले कास्कीका प्रतिनिधिसभाका ३ वटै क्षेत्र र प्रदेश सभाका ६ वटै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको हो। गठबन्धनले भने भागवण्डामा क्षेत्र टुंगो लगाएपनि उम्मेदवार तोक्न सकेको छैन।
मतदाता भन्छन्– महँगी र बेरोजगारी घटाए पुग्छ
पाँच वर्षपछि जनताको घरदैलोमा पुगेका नेता र उम्मेदवारले पुरानै नारा र अजेन्डा उठाएका छन्।
मतदानस्थल तयार पार्दै कर्मचारी (फोटो फिचर)
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै तयारी सकिएको छ। निर्वाचन गराउनका लागि मतदानस्थलमा खटाइएका कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छ।
कास्कीमा एमाले बलियो, कांग्रेसलाई बिऊ जोगाउनै मुश्किल
स्थानिय तहको निर्वाचनमा कास्कीका ५ पालिका मध्ये २ पालिका प्रमुख तथा पोखराका ३३ वडामध्ये ११ वटा वडामात्रै जितेको एमाले कमजोर बनेको विश्लेषण गरिएको थियो। तर एमालेले फेरी एक पटक आफू कमजोर नरहेको जनमतबाट पुष्टि गरेको छ।
कास्कीको खस्कँदो क्रिकेट
हिजो च्याम्पियन, आज कमजोर। खेलकुदमा समयको परिवर्तनसँगै च्याम्पियन पनि फेरिदैं गएका छन्। कमजोरले सुधार्दै च्याम्पियन बन्ने हकदार बन्छन्। च्याम्पियन पनि खस्कदैं कमजोर बन्न पुग्छन्। यस्तै च्याम्पियन र कमजोरको लुकामारीमा छ कास्कीको क्रिकेट।