कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने
१२ जेष्ठ २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने

काठमाडौं महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भएको छ। विगतमा संघीय सरकार अन्तर्गतको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको सो कर अहिले महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै कडाइका साथ उठाउने बताएको छ।

महानगरको राजस्व विभागले करदाताका लागि प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार बहाल रकममा लाग्ने बहाल कर स्थानीय तह (काठमाडौं महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र) को मात्र अधिकारमा छ, यस विषयमा द्विविधा हुनुपर्ने देखिंदैन।’

काठमाडौं महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भएको छ।

संविधानको अनुसूची-८ मा घर बहाल करलाई स्थानीय तहको एकल अधिकारको सूचीमा राखिएको छ। सूचनामा भनिएको छ, ‘राज्यको मूल कानुन संविधान, संघीय कानुन (स्थानीय सरकार सञ्चालन ऐन, २०७४) मा स्थानीय तहले बहाल कर लिने विषयमा कहीं कतै व्यक्ति तथा संस्था भनी छुट्याएको छैन, नेपालको संविधान, २०७२, स्थानीय सरकार,सरकार सञ्चालन ऐन, २०७४, काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ र बहाल व्यवस्था निर्देशिका २०७९ बमोजिम काठमाडौं महानगरपालिकालाई मात्र बुझाउनुपर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ।’

आन्तरिक राजस्व विभागले आयकर ऐन २०५८ अनुसार संस्थागत बहाल कर आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै दाबी गर्दै आइरहेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विसं २०७८ जेठ  १९ गते व्यापारिक संघसंस्थाले उठाउने बहालमा लाग्ने करसमेत स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने भन्दै सचिवस्तरीय निर्णय गरेर अर्थ मन्त्रालयमा पत्र पठाएको थियो।

संविधानको अनुसूची-८ मा घर बहाल करलाई स्थानीय तहको एकल अधिकारको सूचीमा राखिएको छ।

विगतमा आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको संस्थागत बहाल कर अब महानगरपालिका आफैंले कडाइका साथ उठाउने तयारी गरेको र आफ्नो भौगोलिक क्षेत्रभित्रको बहाल कर नतिरे महानगरले दिने सुविधा समेत कटौती गर्ने महानगरपालिकाका राजस्व विभाग प्रमुख ध्रुवकुमार काफ्लेले बताए।

उनले भने,‘महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र पर्ने सबै करदाताले बहाल कर महानगरलाई नै बुझाउनुपर्छ, महानगरभित्रका घरबहाल कर हामीलाई नतिरे एक-दुई चरण मौका दिन्छौं, त्यसपछि महानगरले प्रदान गर्ने सुविधा कटौती गरिनेछ।’

घरबहाल बापतको १० प्रतिशत महानगरमा तिर्नुपर्ने तथा नतिरेको खण्डमा आंशिक सुविधा वा पूर्ण सुविधा महानगरले कटौती गर्नेसमेत राजस्व विभाग प्रमुख काफ्लेको भनाइ छ।

महानगरपालिकाका अनुसार स्थानीय तहको निर्वाचन २०७४ अगाडि स्थानीय स्वायत्त शासन ऐन, २०५५ कार्यान्वयनमा रहँदासमेत सबै करदातासँग बहाल कर लिइँदै आएको थियो।

घरबहाल बापतको १० प्रतिशत महानगरमा तिर्नुपर्ने तथा नतिरेको खण्डमा आंशिक सुविधा वा पूर्ण सुविधा महानगरले कटौती गर्नेसमेत राजस्व विभाग प्रमुख काफ्लेको भनाइ छ।

संविधानको धारा, ६० मा स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र राजस्व उठाउन सक्नेछ भन्ने व्यवस्था छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ मा गाउँपालिका वा नगरपालिकाको आफ्नो क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, कारखाना, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएकामा गाउँपालिका वा नगरपालिकाले त्यस्तोमा बहाल कर लाग्ने व्यवस्था उल्लेख गरिएको छ।

संविधानको धारा, ६० मा स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र राजस्व उठाउन सक्नेछ भन्ने व्यवस्था छ।

महानगरपालिकाले संविधानको धारा, २२६ को उपधारा (१), स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ जारी गरी त्यसैमार्फत बहाल कर संकलन गरेको जनाएको छ।

लोकप्रिय
अर्को समाचार
प्याराग्लाइडिङ कम्पनिलाई जरिवाना, २ करोड ५० लाख अतिरिक्त कर तिर्नुपर्ने
१५ साउन २०८२
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्याराग्लाइडिङ कम्पनिलाई जरिवाना, २ करोड ५० लाख अतिरिक्त कर तिर्नुपर्ने

आन्तरिक राजस्व कार्यालय पोखराले यहाँ संचालित प्याराग्लाइडिङ कम्पनिबाट २ करोड ५० लाख रुपैयाँ अतिरिक्त कर असुल्ने भएको छ। कर छलेको भन्दै आन्तरिक राजस्व कार्यालयले पोखरामा संचालित प्याराग्लाइडिङ कम्पनिका कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। अनुसन्धानपछि कम्पनिसँग अतिरिक्त रकम असुल्ने गरि कारवाही गरेको हो।  

आन्तरिक राजस्व कार्यालय पोखराकी सूचना अधिकारी रेनु तिम्सिना भट्टराईले प्याराग्लाइडिङ कम्पनिले अघिल्लो आर्थिक वर्षभित्र गरेको कारोबार मध्ये नियमित बिलबिजकको बाहेक कम्तिमा २ करोड ५० लाख रुपैयाँ अतिरिक्त कर तिनुपर्ने बताईन।

‘पोखरामा संचालित प्याराग्लाइडिङ कम्पनिले कर छली गरेको भन्दै उजुरी परेपछि आन्तरिक राजस्व कार्यालयले छानविन थालेको थियो। त्यसपछि ती कम्पनिले थप रकम तिनुपर्ने देखिएको हो,’ उनले भनिन, ‘औषतमा कम्पनिले ५ लाख रुपैयाँ हाराहारीमा थप कर तिर्नुपर्ने हुन्छ। त्यसको आधारमा कम्तिमा २ करोड ५० लाख रुपैयाँ अतिरिक्त कर निर्धारण भएको हो।’

पोखरामा प्याराग्लाइडिङका ५३ वटा कम्पनि संचालनमा रहेका छन। भट्टराईका अनुसार पोखरामा प्याराग्लाइडिङका ५३ वटा कम्पनि दर्ता रहेपनि सबै कम्पनिले व्यावसाय नगरेकोले व्यावसाय नगर्ने कम्पनिबाहेकले अतिरिक्त कर तिर्नुपर्ने उनले बताईन। 

‘हुन त ५३ वटा कम्पनि दर्ता रहेछन। तर, केहीले व्यावसाय गरेका थिएनन। जो जति व्यावसायमा सक्रिय थिए, ती सबैजसो कम्पनिले अतिरिक्त रकम तिर्नुपर्ने गरि कर रकम थपिएको हो,’ उनले भनिन। 

उनका अनुसार एकैजना व्यक्ति एक भन्दा बढी कम्पनि दर्ता गरेर संचालन पनि गरेका थिए।  उनका अनुसार पोखरामा संचालित सबै प्याराग्लाइडिङ कम्पनिका अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुनसम्मका सबै काजजात लिएर अनुसन्धान गरिएको थियो। ‘प्याराग्लाइडिङ कम्पनिले कर छली गरेको भन्ने उजुरी परेको थियो। त्यसपछि आन्तरिक राजस्व कागजात कब्जामा लिएर कार्यालयले अनुसन्धान सुरु गरेको थियो,’ उनले भनिन, ‘प्याराग्लाइडिङ कम्पनिको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) मार्फत सबै कम्पनिका कागजात लिएर अनुसन्धान गरिएको हो।’ ना मार्फत कागजात लिएपनि अतिरिक्त कागजात सम्बन्धित कम्पनिबाट लिएका हौ।’

उनका अनुसार कतिपय कम्पनिले कारोवारको रेकर्ड नराखेको, कर नबुझाएको, ना ले तोकिदिएको कोटा संख्या अनुसार उडान गरेको तर, कर छली गरेको पाइएको थियो। ‘प्याराग्लाइडिङ कम्पनिहरुले कर छलेको देखियो। धेरैजसो कम्पनिले कर छलि गरेको पाइएकोले उनीहरुलाई कारवाही स्वरुप कम रकम थपिएको हों,’ उनले भनिन, ‘कतिपयले त अझै पत्र बुझ्न मानेका छैनन्। हामीले प्राप्त गरेको तथ्यांकसँग उनीहरुको कारोवार मिलेको छैन।’  

प्याराग्लाइडिङ कम्पनिहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीका अनुसार आन्तरिक राजस्व कार्यालयले पोखरामा संचालित सबै कम्पनिको फाइल लिएर अनुसन्धान गरेको थियो। ‘ना को नयाँ कार्यसमिति आउनुअघिको केही समय समस्या थियो। प्याराग्लाइडिङ कम्पनिले उडान गर्ने पर्यटकसँग लिएको मुल्यकै बारेमा पनि विवाद थियो। त्यो बेला सही व्यवस्थापन हुन सकेको थिएन,’ उनले भने, ‘गत भदौ पछि बल्ल नयाँ कार्यसमिति आयो र व्यवस्थापन सुरु भएको हो। बीचमा केही समस्या भएकै हो।’

अध्यक्ष केसीका अनुसार अहिले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्दा एकजना व्यक्तिले बढीमा ८५ सय र कम्तिमा ७५ सय रुपैयाँ तिरे पुग्छ। दुईथरी मुल्य हुँदा पनि करको रकममा फरक पर्न जाँदा अन्योल भएको उनले बताए। ‘कम्पनिले लिँदै नलिएको रकमको कर तिर्नुपर्दा सबैजसो कारवाहीमा परेको जस्तो देखिएको छ,’ उनले भने, ‘कम्पनिले ७५ सय रुपैयाँका दरले लेनदेन गरेका छन। तर, आन्तरिक राजस्व कार्यालयले ८५ सय रुपैयाँका दरले कर लगाएरै छाड्यो।’ अधिकतम र न्यूनतम मुल्यमा १ हजार रुपैयाँ फरक पर्दा पनि कर विवरणमा फरक पर्न गएको उनले बताए।  

‘कतिपयले ७५ सय रुपैयाँ लिएर त्यही अनुसार कर तिरेका थिए। केहीले ८५ सय रुपैयाँ लिएर त्यसै अनुसारको हिसाब बुझाएका छन। यो बारेमा हामीले जानकारी गराएका हौ। अधिकतम र न्यूनतम मुल्यमा केही अन्तर हुँदा पनि अन्योल परेकै हो,’ अध्यक्ष केसीले भने, ‘तर, ८५ सय रुपैयाँका दरले तिनुपर्दा सबै कम्पनिमाथि दोष थपियो।’ केही कम्पनिले भने आर्थिक कारोबार पारदर्शी नगरेकोले कारवाही हुनु स्वभाविक भएको उनले बताए।  

पछिल्लो समय आर्थिक कारोबार चुस्त दुरुस्त गर्नका लागि सबै कम्पनिलाई कडाई गरेको र कर तिरेको रसिद अनुसार बोर्डिङ पास दिएर मात्र उडान गरिरहेकोले समस्या नरहेको उनले बताए। अफसिजनको यो बेला पोखराको आकासमा प्याराग्लाईडिङ उडान गर्ने पर्यटकको संख्या दैनिक ५० को हाराहारीमा छन। तर २ सय ५० जना पाइलट रहेकोले धेरैले काम नपाएको पनि ना ले बताएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
बागलुङको रिठेखोलामा पक्की पुल
बागलुङको रिठेखोलामा पक्की पुल १७ चैत्र २०८० १ मिनेट पाठ
स्थानीय सरकारको एक वर्ष ०५ जेष्ठ २०८० ४ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस