संग्रह
पर्यटनमा कोरोना असरः दर्जन प्याराग्लाइडिङ कम्पनी बन्द
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र अझै उठ्न सकेको छैन। कोरोना संक्रमणका कारण प्याराग्लाइडिङका झन्डै एकदर्जन कम्पनि बन्द भएका छन्। कर्मचारी, कार्यालय, सवारी व्यवस्थापन सहित विभिन्न निकायमा नवीकरण बापत वर्षमा ठुलो रकम तिर्नुपर्ने र खर्चबापतको रकम कमाई हुने अवस्था नभएपछि कम्पनि नै संचालन नगरि बसेको व्यावसायीले बताएका छन्।
प्याराग्लाइडिङ कम्पनिः अब प्याराग्लाइडरको पनि ‘कलसाइन’ हुने
प्याराग्लाइडिङ मार्फत पर्यटकलाई आकाशमा सयर गराउँदै आएका कम्पनिले अबदेखि ग्लाइडर पनि दर्ता गराउनुपर्ने भएको छ। हवाई कम्पनिले हवाईजहाज दर्ता गरेजस्तै प्याराग्लाइडिङ कम्पनिले पनि अब आफ्ना ग्लाइडर दर्ता गर्नुपर्नेछ। नेपालको हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ग्लाईडर दर्ता गर्न अनिवार्य गरेको हो।
कर छलेको भन्दै प्याराग्लाइडिङ कम्पनिलाई कारवाही तयारी
कर छलेको आरोपमा आन्तरिक राजस्व कार्यालय पोखराले पोखरामा संचालनमा रहेका प्याराग्लाइडिङ कम्पनिका कागजात कब्जामा लिएर अनुसन्धान गरेको छ। अनुसन्धानको क्रममा कर छली गरेको पुष्टि भएपछि ती कम्पनीलाई कारवाहीको तयारी भएको छ।
प्याराग्लाइडिङ कम्पनिलाई ‘मर्ज’ गराउँदै प्राधिकरण
पोखराको आकाशमा आन्तरिक तथा बाह्य पर्यटकलाई सयर गराईरहेका प्याराग्लाइडिङ कम्पनिलाई ‘मर्ज’ (एकआपसमा गाभ्ने) तयारी भएको छ। धेरैवटा कम्पनि संचालन हुँदा व्यवस्थापन गर्न कठिन भएको तथा व्यावसायिक मर्यादा समेत कायम हुन नसकेको ठहर गर्दै ‘मर्ज’ गर्ने तयारी गरिएको हो।
प्याराग्लाइडिङ कम्पनिलाई जरिवाना, २ करोड ५० लाख अतिरिक्त कर तिर्नुपर्ने
आन्तरिक राजस्व कार्यालय पोखराले यहाँ संचालित प्याराग्लाइडिङ कम्पनिबाट २ करोड ५० लाख रुपैयाँ अतिरिक्त कर असुल्ने भएको छ। कर छलेको भन्दै आन्तरिक राजस्व कार्यालयले पोखरामा संचालित प्याराग्लाइडिङ कम्पनिका कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।