प्याराग्लाइडिङ कम्पनिलाई ‘मर्ज’ गराउँदै प्राधिकरण
१७ असार २०८२
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्याराग्लाइडिङ कम्पनिलाई ‘मर्ज’ गराउँदै प्राधिकरण

पोखराको आकाशमा आन्तरिक तथा बाह्य पर्यटकलाई सयर गराईरहेका प्याराग्लाइडिङ कम्पनिलाई ‘मर्ज’ (एकआपसमा गाभ्ने) तयारी भएको छ। धेरैवटा कम्पनि संचालन हुँदा व्यवस्थापन गर्न कठिन भएको तथा व्यावसायिक मर्यादा समेत कायम हुन नसकेको ठहर गर्दै ‘मर्ज’ गर्ने तयारी गरिएको हो। 

नेपालको हवाई सेवाको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ कम्पनिलाई मर्ज गर्ने तयारी गरेको हो। प्राधिकरणको मनोरञ्जनात्मक उड्डयन शाखा प्रमुख ज्ञानेन्द्र भुलका अनुसार पाँचवटा कम्पनि गाभेर एउटा बनाउने गरि प्राधिकरणले प्याराग्लाइडिङ कम्पनिका लागि मर्जको नीति ल्याउँदैछ। 

‘प्याराग्लाइडिङ कम्पनिलाई थप व्यवस्थित गर्नका लागि ‘मर्ज’ को नीति ल्याउन थालिएको हो। कम्पनिको संख्या थोरै भएमा व्यवस्थापन गर्न सहज पनि हुन्छ,’ भुलले भने, ‘प्याराग्लाइडिङ कम्पनि स्वयं पनि व्यवस्थित र व्यावसायिक हुनेछन। अहिले कतिपय कम्पनि व्यावसायिक हुन सकेनन। ती कम्पनि आफै पनि सकसमा छन्। संचालन गर्न सहज पनि छैन, बन्द नै गरेर बस्ने अवस्था पनि छैन।’

उनका अनुसार पाँचवटा कम्पनि मर्ज गर्दा एउटा कम्पनि बन्नेछ। त्यसो गर्दा स्वयं कम्पनिलाई व्यावसायिकतामा बाँधिन पनि सहयोग हुनेछ। कम्पनिलाई मर्जरमा जानका लागि कम्तिमा ६ महिनाको समय दिने तयारी भएको पनि उनले बताए। कम्पनिले ग्लाइडर दर्ताका लागि ३ महिला र बाँकी ३ महिना मर्जका लागि समय पाउने भुलले बताए।  

‘कतिपय कम्पनिले सरकारलाई तिर्नुपर्ने कर समेत तिर्न सकेका छैनन। गैरव्यावसायिक नहोस भनेर यो व्यवस्था गर्न थालिएको हो। जसले व्यावसायिकता बुझेको छ, ती कम्पनि संचालन हुन्छन, जसले व्यवस्थापन जान्दैन, त्यस्ता कम्पनि विलय हुनेछन,’ उनले भने। पोखरामा अहिले ५४ वटा कम्पनि संचालन रहेकोमा ४५ वटाले मात्र सक्रिय रुपमा व्यावसाय गरिरहेका छन। तर, ती सबै कम्पनिले कमाउन सक्ने अवस्था छैन। कमाउन नसक्ने र बन्द पनि गर्न नसक्ने अप्ठेरो अवस्थामा कम्पनि रहेकोले मर्ज गर्दा ती कम्पनिलाई पनि सहज हुने उनले बताए।  

प्राधिकरणले पोखरामा सेवा दिईरहेका प्याराग्लाइडिङ कम्पनिलाई मर्ज गर्दै बढीमा १० वटामा झार्ने योजना समेत बनाएको छ। ‘थोरै कम्पनि भएपछि व्यावसायिकता पनि हुनेछ। कम्पनिले पनि कमाउनेछन,’ उनले भने। व्यावसायिक कम्पनिले कर्मचारी, सवारी, सुरक्षा अब्बलता लगायतका कुरामा पूर्णता पाउनेछन भने व्यावसायिक स्वरुप दिन नसक्ने कम्पनिहरु स्वतः हराउँदै जाने भुलले बताए।  

‘कतिपय कम्पनिले सुरुमा लगानी गर्दै आउने, केही समय चलाउने अनि बन्द गर्ने गरेका थिए,’ भुलले भने, ‘प्याराग्लाइडिङ कम्पनि संचालन गर्दा पान पसल जस्तो हुनु भएन। आफ्नै पाइलट, आफ्नै ग्लाइडर, सवारी साधन, सुरक्षाको बन्दोबस्ती कर्मचारी लगायतका व्यवस्थापन हुनैपर्छ। टालटुले पारामा चलाएर हुँदैन।’

अहिले प्राधिकरणले कुनैपनि प्याराग्लाइडिङ कम्पनिसँग कम्तिमा पनि पाँचवटा ग्लाइडर हुनुपर्ने भनेर तोकेको छ। तर, अधिकतम कतिवटासम्म ग्लाइडर राख्न पाउने भनेर तोकेको छैन। तर, कम्पनि संख्या मर्जपछि घट्ने हुँदा ग्लाइडर संख्या थपिन सक्ने प्राधिकरणको भनाई छ। ‘प्राधिकरणले ग्लाइडर नै दर्ता गराउने तयारी गरेको छ। त्यसपछि कम्पनिलाई मर्जमा जान समय दिनेछ,’ प्राधिकरणका भुलले भने।  

कम्पनि संख्या घटाउँदा ग्लाइडरको संख्या पनि कटौती हुनेछन। तर, माग बढेको भन्दै जथाभावि मुल्य लिन समेत नपाउने गरि प्राधिकरणले पर्यटकले प्याराग्लाइडिङमा सयर गर्दा तिर्नुपर्ने शुल्कको सूँची समेत सार्वजनिक गर्न यसअघि नै निर्देशन पनि दिईसकेको छ।  

प्राधिकरणको मनोरञ्जनात्मक उड्डयन शाखा प्रमुख भुलका अनुसार प्राधिकरणले प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) लाई निर्देशन दिँदै प्याराग्लाइडिङ उडान हुँदाको अवधिभर आपतकालिन अवस्थामा उद्धारका लागि फेवातालको किनारमा दुइवटा डुंगा (एउटा मोटरबोट अनिवार्य) राख्नुपर्ने, नियमित रुपमा पाइलटको लागुपदार्थ र मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गर्नुपर्ने र यात्रुले तिर्नुपर्ने शुल्क अनिवार्य सार्वजनिक गर्नुपर्ने गरि सर्त तोकिदिएको थियो।  

‘अहिले प्याराग्लाइडिङ उडानको क्षेत्रमा व्यवासायिकता हुनै सकेन। धेरैवटा कम्पनि रहेकोले व्यवस्थित गर्न सहज पनि छैन,’ उनले भने, ‘त्यसैले नीति बनाएरै काम गर्नुपर्नेछ। अहिले प्याराग्लाइडिङ क्षेत्रमा व्यावसायिकता भन्दा पनि एजेन्ट शैली हावी भएको छ। त्यही नियन्त्रणका लागि पनि मर्ज गरेर कम्पनि संख्या घटाउने र व्यवस्थापन गर्ने तयारी प्राधिकरणले गरेको हो।’ 

अहिले पोखरामा संचालनमा रहेका ५४ वटा कम्पनिमा २ सय ६० जना पाइलट कार्यरत छन। अहिले दिनमा बढीमा एकसय ४० हाराहारीमा उडान हुने गरेका छन।  

प्याराग्लाइडिङ कम्पनि संचालन गरेका एकजना संचालकले धेरैवटा कम्पनि जर्बजस्त संचालनको अवस्थामा मात्र रहेको बताए। ती संचालकका अनुसार प्राधिकरणले मर्जरमा कडाई गर्ने हो भने कम्तिमा ६० प्रतिशत कम्पनि तत्कालै तयार हुनेछन। ‘कतिपय कम्पनि नाममा मात्र दर्ता छन। व्यावसायिक हुन नसकेका कम्पनिको त अहिले पहिचान नै हराईसकेको छ। तर, दर्ता भएर संचालनमा रहेको देखिएपनि व्यवासाय धान्न ती कम्पनिलाई सकस छ,’ ती संचालकले भने, ‘सधैं घाटामा संचालन हुनु् भन्दा मर्ज हुनु नै बेस हो।’  

ती संचालकका अनुसार कम्पनिले व्यवस्थित कार्यालय, कर्मचारी, सवारीसाधन, सुरक्षाका पूर्वाधार लगायतमा अब्बलता देखाउन सकेका छैनन। त्यसो हुनुमा व्यावसायिक नहुँदाको असर रहेको उनले बताए। ‘देखाउनका लागि मात्र कम्पनि चलाएर भएन। अलि व्यवस्थित र व्यावसायिक हुनुपर्छ। आकाशमा उड्ने कुरालाई खेलाँची ठान्न पाइँदैन,’ उनले भने, ‘प्राधिकरणले नीति ल्याउने हो भने मर्जमा जान धेरै कम्पनि तयार हुनेछन।’  

प्राधिकरणका अनुसार अहिले देशभरमा झन्डै ८० वटा प्याराग्लाइडिङ कम्पनि दर्ता छन। ती मध्ये ६० वटा मात्र सक्रिय रुपमा व्यावसायमा छन । सक्रिय मध्ये पनि सबैभन्दा बढी कम्पनि पोखरामै छन। तर, अधिकांश कम्पनि नोक्सानमा चलिरहेका छन। प्राधिकरणले व्यवस्थित गरेर चलाउने हो भने देशभरमा २५ वटा कम्पनि नै पर्याप्त हुने आँकलन गरेको छ।  

लोकप्रिय
अर्को समाचार
प्याराग्लाइडिङ कम्पनिलाई जरिवाना, २ करोड ५० लाख अतिरिक्त कर तिर्नुपर्ने
१५ साउन २०८२
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्याराग्लाइडिङ कम्पनिलाई जरिवाना, २ करोड ५० लाख अतिरिक्त कर तिर्नुपर्ने

आन्तरिक राजस्व कार्यालय पोखराले यहाँ संचालित प्याराग्लाइडिङ कम्पनिबाट २ करोड ५० लाख रुपैयाँ अतिरिक्त कर असुल्ने भएको छ। कर छलेको भन्दै आन्तरिक राजस्व कार्यालयले पोखरामा संचालित प्याराग्लाइडिङ कम्पनिका कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। अनुसन्धानपछि कम्पनिसँग अतिरिक्त रकम असुल्ने गरि कारवाही गरेको हो।  

आन्तरिक राजस्व कार्यालय पोखराकी सूचना अधिकारी रेनु तिम्सिना भट्टराईले प्याराग्लाइडिङ कम्पनिले अघिल्लो आर्थिक वर्षभित्र गरेको कारोबार मध्ये नियमित बिलबिजकको बाहेक कम्तिमा २ करोड ५० लाख रुपैयाँ अतिरिक्त कर तिनुपर्ने बताईन।

‘पोखरामा संचालित प्याराग्लाइडिङ कम्पनिले कर छली गरेको भन्दै उजुरी परेपछि आन्तरिक राजस्व कार्यालयले छानविन थालेको थियो। त्यसपछि ती कम्पनिले थप रकम तिनुपर्ने देखिएको हो,’ उनले भनिन, ‘औषतमा कम्पनिले ५ लाख रुपैयाँ हाराहारीमा थप कर तिर्नुपर्ने हुन्छ। त्यसको आधारमा कम्तिमा २ करोड ५० लाख रुपैयाँ अतिरिक्त कर निर्धारण भएको हो।’

पोखरामा प्याराग्लाइडिङका ५३ वटा कम्पनि संचालनमा रहेका छन। भट्टराईका अनुसार पोखरामा प्याराग्लाइडिङका ५३ वटा कम्पनि दर्ता रहेपनि सबै कम्पनिले व्यावसाय नगरेकोले व्यावसाय नगर्ने कम्पनिबाहेकले अतिरिक्त कर तिर्नुपर्ने उनले बताईन। 

‘हुन त ५३ वटा कम्पनि दर्ता रहेछन। तर, केहीले व्यावसाय गरेका थिएनन। जो जति व्यावसायमा सक्रिय थिए, ती सबैजसो कम्पनिले अतिरिक्त रकम तिर्नुपर्ने गरि कर रकम थपिएको हो,’ उनले भनिन। 

उनका अनुसार एकैजना व्यक्ति एक भन्दा बढी कम्पनि दर्ता गरेर संचालन पनि गरेका थिए।  उनका अनुसार पोखरामा संचालित सबै प्याराग्लाइडिङ कम्पनिका अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुनसम्मका सबै काजजात लिएर अनुसन्धान गरिएको थियो। ‘प्याराग्लाइडिङ कम्पनिले कर छली गरेको भन्ने उजुरी परेको थियो। त्यसपछि आन्तरिक राजस्व कागजात कब्जामा लिएर कार्यालयले अनुसन्धान सुरु गरेको थियो,’ उनले भनिन, ‘प्याराग्लाइडिङ कम्पनिको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) मार्फत सबै कम्पनिका कागजात लिएर अनुसन्धान गरिएको हो।’ ना मार्फत कागजात लिएपनि अतिरिक्त कागजात सम्बन्धित कम्पनिबाट लिएका हौ।’

उनका अनुसार कतिपय कम्पनिले कारोवारको रेकर्ड नराखेको, कर नबुझाएको, ना ले तोकिदिएको कोटा संख्या अनुसार उडान गरेको तर, कर छली गरेको पाइएको थियो। ‘प्याराग्लाइडिङ कम्पनिहरुले कर छलेको देखियो। धेरैजसो कम्पनिले कर छलि गरेको पाइएकोले उनीहरुलाई कारवाही स्वरुप कम रकम थपिएको हों,’ उनले भनिन, ‘कतिपयले त अझै पत्र बुझ्न मानेका छैनन्। हामीले प्राप्त गरेको तथ्यांकसँग उनीहरुको कारोवार मिलेको छैन।’  

प्याराग्लाइडिङ कम्पनिहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीका अनुसार आन्तरिक राजस्व कार्यालयले पोखरामा संचालित सबै कम्पनिको फाइल लिएर अनुसन्धान गरेको थियो। ‘ना को नयाँ कार्यसमिति आउनुअघिको केही समय समस्या थियो। प्याराग्लाइडिङ कम्पनिले उडान गर्ने पर्यटकसँग लिएको मुल्यकै बारेमा पनि विवाद थियो। त्यो बेला सही व्यवस्थापन हुन सकेको थिएन,’ उनले भने, ‘गत भदौ पछि बल्ल नयाँ कार्यसमिति आयो र व्यवस्थापन सुरु भएको हो। बीचमा केही समस्या भएकै हो।’

अध्यक्ष केसीका अनुसार अहिले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्दा एकजना व्यक्तिले बढीमा ८५ सय र कम्तिमा ७५ सय रुपैयाँ तिरे पुग्छ। दुईथरी मुल्य हुँदा पनि करको रकममा फरक पर्न जाँदा अन्योल भएको उनले बताए। ‘कम्पनिले लिँदै नलिएको रकमको कर तिर्नुपर्दा सबैजसो कारवाहीमा परेको जस्तो देखिएको छ,’ उनले भने, ‘कम्पनिले ७५ सय रुपैयाँका दरले लेनदेन गरेका छन। तर, आन्तरिक राजस्व कार्यालयले ८५ सय रुपैयाँका दरले कर लगाएरै छाड्यो।’ अधिकतम र न्यूनतम मुल्यमा १ हजार रुपैयाँ फरक पर्दा पनि कर विवरणमा फरक पर्न गएको उनले बताए।  

‘कतिपयले ७५ सय रुपैयाँ लिएर त्यही अनुसार कर तिरेका थिए। केहीले ८५ सय रुपैयाँ लिएर त्यसै अनुसारको हिसाब बुझाएका छन। यो बारेमा हामीले जानकारी गराएका हौ। अधिकतम र न्यूनतम मुल्यमा केही अन्तर हुँदा पनि अन्योल परेकै हो,’ अध्यक्ष केसीले भने, ‘तर, ८५ सय रुपैयाँका दरले तिनुपर्दा सबै कम्पनिमाथि दोष थपियो।’ केही कम्पनिले भने आर्थिक कारोबार पारदर्शी नगरेकोले कारवाही हुनु स्वभाविक भएको उनले बताए।  

पछिल्लो समय आर्थिक कारोबार चुस्त दुरुस्त गर्नका लागि सबै कम्पनिलाई कडाई गरेको र कर तिरेको रसिद अनुसार बोर्डिङ पास दिएर मात्र उडान गरिरहेकोले समस्या नरहेको उनले बताए। अफसिजनको यो बेला पोखराको आकासमा प्याराग्लाईडिङ उडान गर्ने पर्यटकको संख्या दैनिक ५० को हाराहारीमा छन। तर २ सय ५० जना पाइलट रहेकोले धेरैले काम नपाएको पनि ना ले बताएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस