स्थानीय सरकारमा बेथिति
२९ साउन २०७९
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
स्थानीय सरकारमा बेथिति
फाइल तस्बिर

स्थानीय तहले संघीय सरकारले खटाएका कर्मचारी आफूअनुकूल नभए अथवा मन नपरे संघमै फिर्ता पठाउने गरेका गरेका छन्। अहिलेसम्म एक दर्जनभन्दा बढी स्थानीय तहले केन्द्रबाट खटाइएका कर्मचारी फिर्ता पठाएको संघीय मामिला मन्त्रालयले जनाएको छ। संघीय सरकारले पठाएका कर्मचारीलाई हाजिर नगराई केन्द्रमै फिर्ता गरेको विषयलाई संघीय मामिला मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ।

पर्साको जिराभवानी गाउँपालिकाले केन्द्रले पठाएका देवनाथ साहलाई हाजिर नगराई फिर्ता पठाएको छ। केन्द्रले सो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा साहलाई खटाएको थियो। तर गाउँपालिकाका पदाधिकारीले साह आफूअनुकूल नभएको भन्दै हाजिर नै गर्न दिएनन्। हाजिर नभएपछि साह काठमाडौं फर्किए। अहिले उनले संघीय मन्त्रालयमा हाजिर गरेका छन्।

त्यसैगरी नवलपरासीको बुलिङटार गाउँपालिकाले पनि केन्द्रले पठाएका कर्मचारी फिर्ता पठाएको छ। संघीय मामिला मन्त्रालयले सो पालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा बोधराज बस्याललाई खटाएको थियो। बस्याललाई पनि सो पालिकाका पदाधिकारीले हाजिर गर्न दिएनन्। हाजिर गर्न नपाएपछि बस्याल पनि काठमाडौं फर्केका छन्। मन्त्रालयका अनुसार बाराको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले केन्द्रले पठाएका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलाई हाजिर गर्न दिएका छैनन्। यसमा पुराना प्रशासकीय अधिकृत पनि जिम्मेवार देखिएका छन्।

चितवनको राप्ती गाउँपालिकाका पदाधिकारीले केन्द्रले पठाएका प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्साललाई पनि हाजिर गराउन आलटाल गरे। संघीय मामिला मन्त्रालयले पटकपटक पहल गरेपछि बिहीबार मात्र लम्सालले हाजिर गर्न पाएको मन्त्रालयले जानकारी गराएको छ। सो पालिकामा पुगेको १५ दिनसम्म पनि लम्सालले हाजिर गर्न पाएका थिएनन्।

त्यसैगरी बागलुङको निसीखोला गाउँपालिकाका पदाधिकारीले केन्द्रले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई काठमाडौं फिर्ता पठाएका छन्। मन्त्रालयका अनुसार मन्त्रालयले उक्त गाउँपालिको प्रमुख प्रशासकीय अधिकृतमा धु्रव रिजाललाई पठाएको थियो तर निसीखोला गाउँपालिकाका पदाधिकारीले उनलाई हाजिर नगराई निमित्तलाई जिम्मेवारी दिएका छन्। मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अहिलेसम्म एक दर्जनभन्दा बढी गाउँपालिकाले केन्द्रले पठाएका कर्मचारी फिर्ता पठाएको जानकारी दिँदै यसलाई मन्त्रालयले निकै गम्भीरतापूर्वक लिएको बताए। उनले भने, ‘यसबाट केन्द्र र स्थानीय तहबीचको समन्वय र सहकार्यमा समस्या आउँछ।’ केन्द्रले पठाएका कर्मचारी स्थानीय तहले फिर्ता पठाउनै नसक्ने उनको भनाइ छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारमातहत हुने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार संघीय सरकारले सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने गरेको छ तर केही पालिकाका पदाधिकारीले केन्द्रले खटाएका कर्मचारी केन्द्रमै फिर्ता पठाएर कनिष्ठलाई निमित्त दिने गरेका छन्। यसबाट पालिका पदाधिकारी र निमित्त दिइएका कर्मचारीबीच मिलेमतो हुने गरेको आशंका संघीय सरकारका अधिकारीको छ। ‘केन्द्रले पठाएका कर्मचारी फिर्ता पठाई नायब सुब्बालाई निमित्त दिनुको मतलब हो, त्यहाँ केही न केही गडबडी छ,’ संघीय मामिला मन्त्रालयका एक उपसचिवले भने।

सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनको मस्यौदामा प्रमुख प्रशासकीय अधिकृत प्रदेश सरकारमातहत हुने व्यवस्था गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत प्रदेश सरकारमातहत रहे स्थानीय तहमा झनै अनियमितता बढ्ने मन्त्रालयका पदाधिकारी बताउँछन्। मन्त्रालयका अर्का एक उपसचिवले भने, ‘अहिले प्रमुख प्रशासकीय अधिकृत केन्द्रले पठाउँदा त यस्तो अवस्था छ। पालिका प्रमुखहरूले आफूले रोजेको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत राख्न पाउने हो भने अनियमितता र अपारदर्शिता झनै बढ्छ।’ तर पालिका प्रमुखहरू आफ्नो कार्यालयमा आफूले रोजेको कर्मचारी राख्न पाउनुपर्ने तर्क राख्छन्। एक पालिकाका पूर्वपदाधिकारीले भने, ‘संघीय सरकारले आफूले रोजेको कर्मचारी राख्न पाउने तर स्थानीय सरकारले रोजेको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत राख्न नपाउने ? सबै अधिकार केन्द्रमा राख्नुपर्छ भन्ने मानसिकता केन्द्रमा बस्नेहरूको छ।’

लोकप्रिय
अर्को समाचार
बागलुङको रिठेखोलामा पक्की पुल
१७ चैत्र २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
बागलुङको रिठेखोलामा पक्की पुल

पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ। संघीय सरकारको दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो।

बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका-९ तित्याङ र बागलुङ नगरपालिका-१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ। पुल बनेपछि सधैंभरि सवारी साधन सञ्चालन गर्न सकिने बागलुङ नगरपालिकाले जनाएको छ।

भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन भएको गाउँ भएकाले विदेशी पर्यटकका निम्ति आकर्षण बनेको छ तर अन्य भौतिक पूर्वाधार पनि निर्माण गर्न जरुरी भएको संविधानसभा सदस्य नरबहादुर थापाले बताए।

उनले भकुण्डे पुग्ने बाटोमा पुल बने पनि सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिए। ‘अब नगरपालिकाको ध्यान सडक स्तरोन्नतिमा जानुपर्छ’, उनले भने।

नवनिर्मित पुल २५.८ मिटर लामो छ भने यसको चौडाइ  ६.६ मिटर छ। पुललाई बाढीपहिरोबाट जोगाउन धमाधम ‘ग्याबिन वाल’ लगाइँदै छ।

-रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस