नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीहरूबीचको ध्रुवीकरण नै नेकपाका संस्थापक महासचिव पुष्पालाल श्रेष्ठप्रतिको सम्मान हुने बताएका छन्। ४७औं स्मृति दिवसका अवसरमा बुधबार (आज) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा दाहालले यसो भनेका हुन्।
'कमरेड पुष्पलाललाई सम्झिँदै गर्दा आजको दिनमा हामी कम्युनिष्ट भन्नेहरूले कम्तीमा पनि सैद्धान्तिक, राजनीतिक र व्यावहारिक रूपमा दलाल नोकरसाही पुँजीवादका विरुद्धमा सङ्घर्ष हो भने त्यसका विरुद्ध खडा हुने सबैका बीचमा मोर्चा, एकता र ध्रुवीकरणका निम्ति पहल गर्नुपर्छ,' दाहालले भने।
उनले यसका लागि सबैलाई अपिलसमेत गरेका छन्। 'साँच्चै हामी नोहरसाही पुँजीवादका विरुद्धमा इमान्दारिताका साथ विश्लेषण गरेको हो भने हामी त्यसमा एकताबद्ध बन्ने आधार खोज्न सक्छौँ, निर्माण गर्न सक्छौँ र एउटा बलियो शक्ति बनाउन सक्दछौँ,' उनले थपे।
उनले पुष्पलाललाई साझा व्यक्तित्वका रूपमा ग्रहण गर्ने गरेकोसमेत बताए। आफूले पुष्पलाल समूहमै कम्युनिष्ट पार्टीको सदस्यता लिएको बताए। 'कम्युनिष्ट आन्दोलनमा पुष्पलाललाई साझा व्यक्तित्वको रूपमा हामी सबैले ग्रहण गर्दै आएका छौँ। अरु कुनै पनि व्यक्तित्व विभाजति हुन्छ,' उनले भने।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा 'ब्रेक' लगाएर गलत रहेको टिप्पणी गरेका छन्। बुधबार (आज) काठमाडौंमा एक कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले यस्तो बताएका हुन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा एमालेले 'ब्रेक' लगाइदियो, के भन्न चाहनुहुन्छ ? भनेर पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा दाहालले भने, 'त्यो ब्रेक लगाउनु गलत हो भन्न चाहन्छु म। किनकि, हामीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको उपाध्यक्ष बनाइसक्यौँ।'
त्यसो त भण्डारीले गत असार १४ गते पार्टीको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन्। एमाले उपाध्यक्ष पद त्यागेर दुई कार्यकाल राष्ट्रपति बनिसकेकी भण्डारीको राजनीतिक पुनरागमनमा एमाले बाधक बनेको छ। एमालेले उनको सङ्गठित सदस्यता नवीकरण नभइसकेको जनाएको छ।
पार्टी अध्यक्ष ताकिरहेकी भण्डारीका लागि एमालेको यो कदम चित्त बुझेको छैन। यसका बारेमा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुरा त गरेकी छन् तर, अध्यक्ष तेहेरिने ध्याउन्नमा रहेका ओलीले भण्डारीलाई विधानमार्फत नै रोक्ने योजना बुनिरहेका छन्। यस्तो अवस्थामा ओली-विद्या निषेधकै राजीतिमा ओर्लिएका छन्। कुनै पनि हालतमा 'ब्याक गियर' नहान्ने सोचमा रहेकी भण्डारीले ओलीलाई गुटको राजनीति नगर्न चेतावनी नै दिएकी छन्।
ठीक यही बेला दाहालले एमालेले गलत गरिरहेको टिप्पणी गरेका हुन्। उता प्रमुख सत्ता साझेदार तथा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि पूर्वराष्ट्रपति सक्रिय पार्टी राजनीतिमा फर्किन नहुने पक्षमै छ। त्यससहितका अन्य दलहरूको कित्ता पनि यही छ। तर, संसद्मा प्रमुख प्रतिपक्षीको भूमिका रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालले भने त्यसलाई गलत अर्थ्याएका छन्।
जसै माओवादीले पार्टी त्यागेर उपराष्ट्रपति बनेका नन्दबहादुर पुनलाई उपाध्यक्ष मनोनीत गरिसकेको छ। यसैले पनि माओवादी भण्डारी पनि सक्रिय राजनीतिमा फर्किऊन् भन्ने चाहन्छ। राष्ट्रपति वा उपराष्ट्रपति पुन: राजनीतिमा फर्किन नहुने कुनै कानूनी अड्चन नरहेको अर्थ्याउँदै माओवादीले यो विषय स्वयम् उनीहरूकै हातमा छोड्नुपर्ने बताउने गरेको छ।
यो पनि पढ्नुहोस्
ओलीलाई गुट नचलाउन भण्डारीको चेतावनी
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।