प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साथ छाडेर हिँडेको छ। माओवादी केन्द्रले संसद् खुलाउनेबारे सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दैछ।
यससँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘अब रास्वपा आफ्नै ढङ्गले जान्छ’ भनेर प्रतिक्रिया दिएका छन्। ‘रास्वपासँग मूलभूत रूपमा केही फरक छैन। तर, उहाँहरूका केही अडानका कारणले सायद केही समय उहाँहरू आफ्नै ढङ्गले जानुहुन्छ। तर, हाम्रो बीचमा विमति र आरोप-प्रत्यारोप केही छैन,’ उनले भनेका छन्।
यसपछि रास्वपाले दाहालका प्रति रोष पोखेको छ। रास्वपा केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले दाहाललाई ‘भ्रष्टसँग मिलेको’ आरोप लगाएकी छन्। ‘माओवादीले केही समय रास्वपा सभापतिको पक्षमा बोल्दै गर्दा प्रचण्डलाई जनताले निकै विस्वास गर्दै थिए। तर, आज आएर तिनै भ्रष्टसँग मिलेर रास्वपालाई एक्लो बनाएको छ माओवादीले,’ उनले फेसबूकमा लेखेकी छन्।
उनी थप्छिन्, ‘ठिक छ, रास्वपा एक्लै लड्छ, एक्लै काफी छ। जनताको नजरबाट सबै पुराना दलहरू यसरी नै गिर्दै गएपछि बल्ल रास्वपाले देखेको यो देशको सपना पूरा हुनेछ। हामी मान्छे बेच्नेहरूसँग आज एक्लै लड्दैछौँ साथीहरू। भ्रष्ट नेताहरूले साथ छोडेर केही हुन्न, जनताको साथ छ रास्वपालाई। जनताको शक्तिभभन्दा ठूलो तिम्रो कुर्सी होइन।’
त्यसो त सुरुमा संसद्को जारी समस्याका बारेमा दाहाल आफैँले रास्वपासहित राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरूलाई बोलाएर छलफल गरेका थिए। त्यसयता यी दलहरू संसद्मा सँगै उभिन्थे। तर, आजबाट भने माओवादी केन्द्र सदन खुलाउने पक्षमा गएको छ। यससँगै रास्वपा नेताहरू रिसाएका हुन्।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा 'ब्रेक' लगाएर गलत रहेको टिप्पणी गरेका छन्। बुधबार (आज) काठमाडौंमा एक कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले यस्तो बताएका हुन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा एमालेले 'ब्रेक' लगाइदियो, के भन्न चाहनुहुन्छ ? भनेर पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा दाहालले भने, 'त्यो ब्रेक लगाउनु गलत हो भन्न चाहन्छु म। किनकि, हामीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको उपाध्यक्ष बनाइसक्यौँ।'
त्यसो त भण्डारीले गत असार १४ गते पार्टीको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन्। एमाले उपाध्यक्ष पद त्यागेर दुई कार्यकाल राष्ट्रपति बनिसकेकी भण्डारीको राजनीतिक पुनरागमनमा एमाले बाधक बनेको छ। एमालेले उनको सङ्गठित सदस्यता नवीकरण नभइसकेको जनाएको छ।
पार्टी अध्यक्ष ताकिरहेकी भण्डारीका लागि एमालेको यो कदम चित्त बुझेको छैन। यसका बारेमा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुरा त गरेकी छन् तर, अध्यक्ष तेहेरिने ध्याउन्नमा रहेका ओलीले भण्डारीलाई विधानमार्फत नै रोक्ने योजना बुनिरहेका छन्। यस्तो अवस्थामा ओली-विद्या निषेधकै राजीतिमा ओर्लिएका छन्। कुनै पनि हालतमा 'ब्याक गियर' नहान्ने सोचमा रहेकी भण्डारीले ओलीलाई गुटको राजनीति नगर्न चेतावनी नै दिएकी छन्।
ठीक यही बेला दाहालले एमालेले गलत गरिरहेको टिप्पणी गरेका हुन्। उता प्रमुख सत्ता साझेदार तथा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि पूर्वराष्ट्रपति सक्रिय पार्टी राजनीतिमा फर्किन नहुने पक्षमै छ। त्यससहितका अन्य दलहरूको कित्ता पनि यही छ। तर, संसद्मा प्रमुख प्रतिपक्षीको भूमिका रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालले भने त्यसलाई गलत अर्थ्याएका छन्।
जसै माओवादीले पार्टी त्यागेर उपराष्ट्रपति बनेका नन्दबहादुर पुनलाई उपाध्यक्ष मनोनीत गरिसकेको छ। यसैले पनि माओवादी भण्डारी पनि सक्रिय राजनीतिमा फर्किऊन् भन्ने चाहन्छ। राष्ट्रपति वा उपराष्ट्रपति पुन: राजनीतिमा फर्किन नहुने कुनै कानूनी अड्चन नरहेको अर्थ्याउँदै माओवादीले यो विषय स्वयम् उनीहरूकै हातमा छोड्नुपर्ने बताउने गरेको छ।
यो पनि पढ्नुहोस्
ओलीलाई गुट नचलाउन भण्डारीको चेतावनी
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।