प्रेस काउन्सिलले निर्णय नसच्याए अवज्ञा गर्ने चेतावनी
१६ कार्तिक २०७९
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रेस काउन्सिलले निर्णय नसच्याए अवज्ञा गर्ने चेतावनी

प्रेस काउन्सिल नेपालले नागरिक दैनिकमा कात्तिक ३ गते प्रकाशित ‘कल केपीबा !’ कार्टुनलाई लिएर प्रधानसम्पादक गुणराज लुइँटेललाई सोधिएको २४ घण्टे स्पष्टीकरणको अवज्ञा गर्ने निर्णय नेपाल पत्रकार महासंघसहितका संस्थाले गरेका छन्।  

प्रेस काउन्सिल नेपालको २४ घण्टे स्पष्टीकरण पत्र सोमबार नागरिक दैनिकका प्रधानसम्पादक लुइँटेललाई प्राप्त भएको थियो। काउन्सिलको यो कदमप्रति मंगलबार नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश, नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशका साथै कार्टुनिस्ट क्लब अफ नेपाल, फ्रिडम फोरम नेपाल र नागरिक दैनिकले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै अंकुश लगाउनेगरी काउन्सिलले सम्पादकलाई २४ घण्टे स्पष्टीकरण सोधेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।  

सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंगठनले प्रेस काउन्सिल नेपाललाई आफ्नो निर्णय तत्काल सच्याउन आग्रह गर्दै नसच्याए अवज्ञा गर्ने चेतावनी दिएका छन्। नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीसहित विभिन्न संघसंस्थाका टोलीले मंगलबार प्रेस काउन्सिल नेपालको कार्यालयमै पुगेर अध्यक्ष बालकृष्ण बस्नेतलाई भेटी निर्णय फिर्ता लिन आग्रह गरेका छन्। प्रेस काउन्सिलले निर्णय नसच्याए त्यसको अवज्ञा गर्ने जानकारी पनि उनीहरूले गराएका छन्।  

पत्रकार महासंघसहितको संलग्नतामा निर्माण भएको पत्रकार आचारसंहिताको पूर्णपालना गर्न यससँग सम्बद्ध संघसंगठन प्रतिबद्ध रहे पनि काउन्सिलको पछिल्लो स्पष्टीकरण पूर्वाग्रहपूर्ण रहेको भेटमा सहभागीले बताएका छन्। पटकपटक प्रधानमन्त्रीसहित विभिन्न सार्वजनिक पद धारण गरेका व्यक्ति र नेताहरूले व्यक्त गरेका धारणालाई समाचार बनाउँदा सधैँ जवाफ दिइरहनुपर्ने भन्दै भेटमा सहभागीहरूले नागरिक दैनिकमा प्रकाशित कार्टुन विगतमा केपी ओलीले व्यक्त गरेको सार्वजनिक अभिव्यक्तिको एकीकृत रूप मात्र भएको बताएका थिए। केपी ओलीसहित सार्वजनिक पदमा रहेका व्यक्तिहरूप्रति प्रश्न र खबरदारी गर्ने सञ्चारमाध्यमको धर्म भएको सहभागीले बताएका थिए। नागरिक दैनिकमा प्रकाशित कार्टुनलाई लिएर प्रेस काउन्सिल नेपालले सोधेको स्पष्टीकरण कुनै व्यक्तिको लहड र पूर्वाग्रहको उपज भएको ठहर सञ्चारकर्मी र सञ्चारमाध्यमले गरेका छन्।

काउन्सिलका अध्यक्ष बस्नेतसँगको भेटमा महासंघका महासचिव पुरीले कार्टुन विधाको काम नै विकृति, विसंगतिविरुद्ध खबरदारी गर्ने भएको धारणा राख्दै नागरिक दैनिकमा छापिएको उक्त कार्टुनबाट आचारसंहिता उल्लघन नभएको बताए। काउन्सिललाई आफ्नो निर्णय फिर्ता लिन तत्काल आग्रह गर्दै महासचिव पुरीले सामान्य विषयलाई लिएर स्पष्टीकरण सोध्ने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने धारणा राखे।  

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशका महासचिव रोयल आर्चायले विगतमा नागरिक दैनिकसहित विभिन्न सञ्चारमाध्यममा त्योभन्दा कडा कार्टुनहरू प्रकाशित भएको भन्दै अहिले पूर्वाग्रहका आधारमा स्पष्टीकरण सोधिएको बताएका थिए। उनले तत्काल निर्णय फिर्ता लिन काउन्सिलका अध्यक्ष बस्नेतलाई आग्रह गरे।

कार्टुनिस्ट क्लब अफ नेपाल महासचिव रवि मिश्रले समान्य कार्टुनलाई लिएर काउन्सिलले स्पष्टीकरण सोधेर यो विधामाथि नै धावा बोल्न लागेको धारणा राखेका थिए। काउन्सिलले निर्णय फिर्ता नलिए त्यसको अवज्ञा गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरू उभिन बाध्य हुने चेतावनी उनले दिए।  

कार्टुनिस्ट वासु क्षितिजले कार्टुनका माध्यमबाट व्यंग्य गर्नेक्रममा विभिन्न अवरोध आफूहरूले भोग्नुपरेको बताए। उनले लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा पनि प्रेस काउन्सिलले पुरानै रबैया देखाएको धारणा राखे। काउन्सिलको पछिल्लो स्पष्टीकरण पत्रले यो सबैको संस्था हो भन्ने विश्वासलाई कमजोर बनाएको भन्दै उनले पनि निर्णय सच्याउन आग्रह गरे।  

अर्का कार्टुनिस्ट अभिनले पछिल्लो स्पष्टीकरणलाई लिएर विदेशमा रहेका कार्टुनिस्टको पनि ध्यानाकर्षण भएको भन्दै काउन्सिलले रचनात्मक क्षेत्रलाई निरुत्साहित गर्न खोजेको आरोप लगाए। काउन्सिलको यस किसिमको कार्यले अन्ततः सञ्चार क्षेत्र, लोकतान्त्रिक संस्था र निकायलाई कमजोर बनाउने धारणा उनले राखे।  

आफूले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको सबैभन्दा धेरै कार्टुन बनाएको तर उनैले आफूलाई चिया पिउन बोलाउने गरेको स्मरण अर्का कार्टुनिस्ट रविन सायमिले गरे। अहिले सामान्य कार्टुनलाई लिएर काउन्सिलले स्पष्टीकरण सोधेको भन्दै उनले असन्तुष्टि जनाए। 

नागरिकको आवाजलाई प्रेसले जहिले पनि उठान गर्ने धारणा राख्दै नागरिक दैनिकका प्रधानसम्पादक लुइँटेलले सार्वजनिक पद धारणा गरेका व्यक्ति सधैं जनताप्रति जवाफदेही हुनुपर्ने बताए। विगतमा कुनै व्यक्तिले व्यक्त गरेका प्रतिबद्धता पूरा नगरेकोेमा प्रश्न गर्नु सञ्चारमाध्यमको दायित्व भएको भन्दै लुइँटेलले ‘कल केपीबा !’ कार्टुन छाप्दा कसरी आचारसंहिता उल्लंघन भयो भन्ने आफूले बुझ्न नसकेको धारणा राख। राजनीतिक दल, तिनका नेतालाई प्रश्न गर्ने दायित्वबाट आफूहरू नरोकिने भन्दै उनले काउन्सिलले निर्णय नसच्याए स्पष्टीकरणलाई अवज्ञा गर्ने बताए।

काउन्सिलका अध्यक्ष बस्नेतले कार्टुन एक महत्वपूर्ण विधा भएको भन्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले यो विषयलाई काउन्सिलको बोर्ड मिटिङमा राख्ने पनि बताए।

काउन्सिलको स्पष्टीकरण सोध्ने निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका महासचिव रोयल आचार्य, कार्टुनिस्ट क्लब अफ नेपालका महासचिव रवि मिश्र र नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा कार्टुन प्रकाशन भएको विषयलाई लिएर काउन्सिलले नागरिक दैनिकका सम्पादकलाई २४ घण्टे स्पष्टीकरण सोध्नु संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको उल्लेख छ। पत्रकार आचारसंहिता पालनामा आफूहरू गम्भीर रहेको प्रष्ट पार्दै विज्ञप्तिमा आगामी दिनमा यस्ता घटना नदोहो¥याउन काउन्सिललाई आग्रह गरिएको छ। यसै विषयमा फ्रिडम फोरमले पनि छुट्टै विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाएको छ ।

अर्को समाचार
लोककल्याणकारी विज्ञापन रकम दोब्बर गर्न सुझाव
१० माघ २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
लोककल्याणकारी विज्ञापन रकम दोब्बर गर्न सुझाव

पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर गर्न प्रेस काउन्सिल नेपालले सरकारलाई सुझाव दिएको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले लामो समयसम्म लोककल्याणकारी विज्ञापनको वृद्धि नभएको भन्दै दोब्बर गर्न सुझाव दिएको हो। काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनालद्वारा जारी विज्ञप्तिमा उक्त सुझाव दिने निर्णय बोर्ड बैठकबाट भएको जनाएको छ।

विज्ञप्तिमा छापा माध्यमलाई टिकाइराख्न समस्या आइरहेको सन्दर्भमा प्रादेशिक र स्थानीय निकायका विज्ञापन-सूचना स्थानीय पत्रपत्रिकाले नपाएको विषयमा समेत काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

यस्तै बैठकले स्थानीय र प्रदेश स्तरका सरकारी विज्ञापन÷सूचना प्रकाशनका लागि स्थानीय र प्रदेशस्तरका पत्रपत्रिकालाई प्राथमिकताका साथ उपलब्ध गराउन सम्बन्धित निकायमा लेखी पठाउने निर्णय गरेको गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै खरिदसम्बन्धी सूचना विद्युतीय खरिदसहित प्रेस काउन्सिल नेपालबाट वर्गीकरणमा परेका पत्रपत्रिकामा प्रकाशन गर्न मिल्ने गरी आवश्यक व्यवस्था गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सुझाव दिने निर्णय समेत भएको विज्ञप्तिमा उल्लेख छ।

‘सूचना प्रविधिमा दिनानुदिन बढ्दो विकासक्रम, सामाजिक सञ्जालको प्रभाव र विभिन्न प्राकृतिक प्रकोप, महामारी आदिका कारण नेपालको पत्रकारिता क्षेत्र प्रभावित हुँदै आएको र यसको प्रत्यक्ष प्रभाव छापा माध्यममा बढी परेकाले यस्तो निर्णय गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सबै छापा माध्यम चरम संकटमा भएको बताउँदै स्थानीय र प्रदेशस्तरका छापामाध्यम झन् अस्तित्व रक्षाको चरणमा रहेकाले सूचना प्रविधिको पछिल्लो विकासक्रमसँग जोड्दै सुधार हुन जरुरी रहेको बताए। उनले भने, ‘राज्यस्तरबाट पनि छापा माध्यमलाई बचाउन विशेष ध्यान दिनुपर्ने अवस्था आएकाले यो निर्णय गरिएको हो।’

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस