सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड
२३ साउन २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
सामाजिक सञ्जाल व्यवस्थापनका लागि सचेतना बढाउन जोड

प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ।

मिडियामा सामाजिक सञ्जालको भूमिका, व्यवस्थापन र प्रभावबारे मङ्गलबार कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल विज्ञ डा राजिव सुब्बाले सामाजिक सञ्जालको नियमनबारे राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्यासका सम्बन्धमा जानकारी गराएका थिए।

सामाजिक सञ्जालमा आउने नकारात्मक र द्वेषपूर्ण प्रचारलाई सञ्जालकै माध्यमबाट सुसूचीत गर्नुपर्ने बताउँदै डा सुब्बाले सामाजिक सञ्जाललाई नजर अन्दाज गर्नुभन्दा आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। सामाजिक सञ्जालको प्रयोग गरेर नै सेवा प्रवाहमा उल्लेख्य योगदान पुर्‍याउन सकिने उनको भनाइ थियो।

काउन्सलिका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको रचनात्मक प्रयोग बढाउन आवश्यक रहेको बताए। उनले पत्रकारिता र सामाजिक सञ्जालको प्रयोगलाई जोडेर काउन्सलिलले सचेतनामूलक कार्य गर्न र स्वनियमनका लागि आवश्यक काम गरी रहेको जानकारी दिए। ‘हामी निष्क्रिय बसेका छैनौँ। यस कार्यक्रममा आएका सुझावबाट कसरी अगाडि बढ्न सकिन्छ सोहीअनुसार अगाडि बढ्नेछौँ’, उनले भने।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले सामाजिक सञ्जालको प्रभाव मुलधारका सञ्जाल माध्यमभन्दा प्रभावशाली देखिन थालेकाले सामाजिक सञ्जाललाई जिम्मेवार र परिपक्क बनाउनुपर्ने बताइन।

सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालले दर्ता नभएका सञ्चार माध्यम र सामाजिक सञ्जाललाई कार्यविधि बनाएरै भए पनि तत्कालको समस्या सम्बोधनका लागि गृहकार्य गरीरहेको जानकारी दिए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्र सुवेदीले स्वनियमनलाई पहिलो प्राथमिकतामा राखी कानुनी व्यवस्थाका लागि मन्त्रालयले कार्यदल बनाइ काम गरेको उल्लेख गरे। प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलले विगतदेखि हालसम्म गरेका कार्यक्रमका सुझावका आधारमा नै काम गरी रहेको बताउँँदै यस सम्वादले थप कार्ययोजना बनाउन मार्गदर्शन गरेको उल्लेख गरे।

यसअघि सोमबार ‘न्यू मिडिया’ र पत्रकार आचारसंहिताका चुनौती विषयक सम्पादक सम्वाद कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा सम्पादकहरूले छलफल गरेका थिए। सोमबार र मङ्गलबार सञ्चालित कार्यक्रममा ५० भन्दा बढी सम्पादकको सहभागिता रहेको थियो। सम्पादकहरुले न्यू मिडियाका चुनौतीहरुका बारेमा आफ्ना भनाइ राखेका थिए।  

अर्को समाचार
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि आवेदन माग
१६ वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि आवेदन माग
क्याप्शन

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि आवेदन माग गरेको हो।

मन्त्रालयले सूचना प्रकाशन भएको मितिले सात दिन भित्र आवेदन पेश गर्न भनेको छ।  

मन्त्रालयले ३० वर्ष कटेको ६५ वर्ष ननाघेको नेपाली नागरिकलाई आवेदन दिन भनेको हो।

यस्तो छ मन्त्रालयले आह्वान गरेको आवेदनः

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस