तराई/मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमसिसी सम्झौता संसद्बाट पास गर्न सकारात्मक देखिएका छन्। जसपा सरकारमा छ भने लोसपा बाहिर छ।
प्रतिनिधिसभामा जसपाका १९ र लोसपाका १३ सांसद छन्। जसपाका दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्। चौधरीले भने जसपा छाडेर नयाँ पार्टी घोषणा गरेका छन्।
जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सार्वजनिकरूपमै एमसिसी पास गराउन लबिङ गरिरहेका छन्। जसपा कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले एमसिसीको पक्षमा औपचारिक रूपमा केही बोलेका छैनन् । तर पनि उनी पास गर्नुपर्ने कित्तामा रहेको स्रोत बताउँछ। यादव निकट मानिने जसपा कार्यकारिणी समितिका सदस्य मृगेन्द्रसिंह यादवले जसपाले एमसिसी पास गर्ने औपचारिक निर्णय नगरे पनि त्यसको पक्षमा रहेको बताए।
‘हाम्रो अध्यक्षज्यू (उपेन्द्र यादव) पनि एमसिसीको विरोधमा हुनुहुन्न, पक्षमा हुनुहुन्छ भन्ने मेरो बुझाइ छ,’ यादवले भने, ‘तर यस विषयमा पार्टीमा औपचारिक छलफल भने भएको छैन।’ आफू व्यक्तिगत रूपमा एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा रहेको यादवले बताए।
जसपा कार्यकारिणी समितिका अर्का सदस्य गंगानारायण श्रेष्ठले पनि आफू एमसिसीको पक्षमा रहेको बताए। ‘यसबारे पार्टीले औपचारिक निर्णय गरेको त छैन तर व्यक्तिगत रूपमा एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा म छु,’ श्रेष्ठले भने। श्रेष्ठ संघीय परिषद्का अध्यक्ष भट्टराइसँग निकट मानिन्छन्।
सरकारमा जसपाका चार मन्त्री छन्। जसमध्ये राजेन्द्र श्रेष्ठबाहेक अन्य ३ जना पार्टी अध्यक्ष यादवसँग निकट मानिन्छन्। उनीहरू सबै एमसिसीको पक्षमा रहेका जसपाका अर्का एक नेताले बताए।
जसपाका नेता तथा पूर्वमन्त्री इस्तियाक राईले जनतामा फैलाइएका भ्रम चिरेर एमसिसी संसद्बाट पास गर्नुपर्ने बताए। उनले भने, ‘अन्योल र भ्रम चिरेर एमसिसी पास गर्नुपर्छ।’
यसैगरी, जसपाबाट अलग भएर बनेको लोसपा पनि एमसिसीको पक्षमा उभिएको छ। बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका थिए। भेटमा एमसिसी, लोसपाका माग, सांसद रेशम चौधरीको रिहाइलगायत विषयमा छलफल भएको ठाकुरका सहयोगी सतेन्द्र मिश्रले बताए। पछिल्लो समय प्रधानमन्त्री देउवा र लोसपाका नेताहरूको निकटता र भेटघाट बढ्दै गएको छ।
लोसपाका नेताहरूले सार्वजनिक रूपमा एमसिसीको विरोध गरेका छैनन्। लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले आफ्नो पार्टी एमसिसी संसद्बाट पास हुनुपर्छ भन्ने पक्षमा रहेको प्रष्ट पारे। ‘सरकारले एमसिसी अनुमोदनका लागि संसद्मा ल्यायो भने हामी पास गराउने पक्षमा उभिन्छौं,’ झाले भने।
जनता समाजवादी पार्टी (जसपा) फुटेपछि बाँकेका कार्यकर्ताहरु अहिले अलमलमा परेका छन्। जसपाबाट अलग भएर अशोक राईको नेतृत्वमा आइतबार एक समुहले निर्वाचन आयोग समक्ष निवेदन पेश गरेको थियो। पुरानो पार्टीबाट अलग भएको उक्त समुहले गठन गरेको नयाँ पार्टीको महासचिव पदमा बाँकेका नेता मोहम्मद ईस्तियाक राईले जिम्मेवारी पाएका छन्। राईसँगै बाँकेबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हसिना खातुन पनि नयाँमा जोडिएकी छन्।
मधेस आन्दोलनबाट तत्कालिन मधेसी जनअधिकार फोरम हुँदै पार्टी राजनीतिमा सक्रिय रहेका राई बाँकेबाट प्रतिनिधित्व गर्दै पटक–पटक संघीय सरकारको मन्त्री तथा सांसद बनिसकेका छन्।
२०७९ सालको निर्वाचनमा भने उनी बाँके क्षेत्र नम्बर २ बाट राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणासँग पराजित भए। त्यसपछि राई राजनीतिमा कम सक्रिय देखिन्थ्ये। यद्यपी, राईको प्रभाव पार्टीभित्रको राजनीतिमा धेरै रहेको उनी निकट नेता तथा कार्यकर्ताको दाबी थियो।
पुरानो पार्टी फुटाएर नेता राई नयाँ पार्टीको जिम्मेवार पदमा बसेपछि बाँकेका नेता तथा कार्यकर्ताहरु अलमलमा परेका हुन्। अधिकांस नेता तथा कार्यकर्ताहरु कतातिर जाने भन्नेमा अहिलेसम्म अन्यौलमा देखिन्छन्। केही नेताहरु भने दुबैतिर खुलेको पाइएको छ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर समेत रहेका जनता समाजवादी पार्टी(जसपा) बाँकेका अध्यक्ष कमरुद्धिन राईले आफु कतातिर जाने भन्नेबारे अहिलेसम्म कुनै सोच नबनाएको प्रतिक्रिया दिए।
‘अहिलेसम्म कुनै सल्लाह भएको छैन, साथीहरुसँग सल्लाह गरेर आवश्यक निर्णय लिनुपर्ला,’ उनले भने। नव गठित पार्टीका महासचिवकै जिल्ला भएकाले बाँकेमा स्वभाविक रुपले केही प्रभाव पर्न सक्ने संकेत गरे।
यस्तै जसपा लुम्बिनी प्रदेशका महासचिव राजन रानामगरले अहिले कार्यकर्ताहरु निर्णय गर्ने अवस्थामा नरहेको बताए। यद्यपी, धेरैजसो कार्यकर्ताहरु पुरानै पार्टीमा रहने उनको दाबी छ। ‘बाँकेमा खासै प्रभाव पर्दैन, किनकी नयाँ पार्टी गएर कसैले पनि आफ्नो राजनीति समाप्त गर्न चाहदैन,’ उनले भने। जसपा बाँकेका पुर्वअध्यक्ष समेत रहेका रानाले आफुले पुरानै पार्टीमा बस्ने सोच बनाएको बताए।
जिल्लामा रहेका केही नेताहरु खुलेपनि तल्लो तहका नेता, कार्यकर्ताहरु भने अन्यौलमै देखिन्छन्। उनीहरुलाई अहिले पार्टी ‘निल्नु र ओकल्नु’ जस्तै भएको छ। कतिपय नेता, कार्यकर्ता सम्पर्क बाहिर छन्। केहीले मोबाईल अफ गरेर बसेका छन्।
जनता समाजवादी पार्टी (जसपा) बाँकेका तत्कालिन संगठन विभाग प्रमुख अहतर हुसेन फारुकी नव गठित पार्टीका महासचिव इस्तियाक राईतिर खुलिसकेका छन्। उनले बाँकेमा सबै नेता तथा कार्यकर्ता नयाँ पार्टीमा जाने दाबी गरे।
यद्यपी, निर्वाचन आयोगले आधिकारिकता नदिदाँसम्म मात्र कार्यकर्ताहरु अलमलमा पर्ने उनले खुलाए। ‘महासचिवको जिल्ला हो, प्रभाव त त्यसैपनि पर्छ नै,’ उनले भने ‘मन्त्री जी(ईस्तियाक)कै सहयोगले बाँकेमा धेरैको राजनीति उचाई बढेको हो, अहिले मन्त्री जीलाई कसैले धोका दिन्छन् जस्तो मलाई लाग्दैन।’
जसपा बाँकेका युवा नेता सर्वणकुमार यादव भने नयाँ पार्टीमा कार्यकर्ताको खासै चासो नदेखिएको जिकिर गरे। ‘पार्टीका जिम्मेवार नेता साथीहरु पुरानै पार्टीमा छन्, बाँकेबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेशका सांसद साथीहरु पनि कतै गएका छैनन,’ राष्ट्रिय भूमी आयोग बाँकेका निर्वतमान अध्यक्ष समेत रहेका नेता यादवले भने ‘हामी पहिचानवादी मुद्दा बोकेर आएको हो, उपेन्द्र यादवसँग मात्र पहिचानको मुद्दालाई नेतृत्व गर्ने क्षमता छ।’ पुर्वमन्त्री ईस्तियाक राईले पार्टी छाड्दा पुरानो पार्टी जसपालाई बाँकेमा ठुलो क्षति भने भएको उनले सुनाए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।