संसद्का एक वर्षः संसद् जोगाउनु नै उपलब्धि
२९ पौष २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
संसद्का एक वर्षः संसद् जोगाउनु नै उपलब्धि

प्रतिनिधिसभाको र राष्ट्रिसभाको बैठक माघ ३ गतेसम्म स्थगित भएको छ। संसद् अधिवेशनमा पछिल्लोपटक बैठक नै बस्दै नबसी स्थगित हुँदै आएको छ। हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन मानिए पनि यो अधिवेशनमा एउटा पनि विधेयक संसद्मा टेबुल हुने अवस्था नदेखिएको संसद् सचिवालय स्रोतले बतायो।

सरकारले यो अधिवेशनमा अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने योजना बनाए पनि प्रतिपक्षी दल एमालेको सहयोग नपाएपछि संसद् बैठक स्थगित गर्न खोजेको देखिएको एमालेका एक नेताले बताए। ‘सरकारले अन्य विषय अघि बढाउन नखोजेको र एमालेले संसद् अवरुद्ध तत्काल हटाउन नखोजेको देखिन्छ,’ संसद् सचिवालयका एक अधिकारी बताउँछन्।

संसद्मा दुई वर्षदेखि उपसभामुख पद खाली छ। संसद्मा ५७ र्वाौंदेखि अलपत्र छन्, वर्षौंदेखि संसदीय समितिहरू महत्वपूर्ण निर्देशन दिन सकिरहेका छैनन्। संसद् सञ्चालनका लागि विभिन्न दलका सांसदको एकआपसमा गहन छलफलको आवश्यकता पर्दछ तर पाँच दलीय गठबन्धन र एमालेबीचको दूरीका कारण संसदले काम गर्न सकेको छैन।

संसद्को हिउँदे अधिवेशन मंसिर २८ गते बोलाएपछि प्रतिनिधिसभाका तीनवटा र राष्ट्रियसभाका दुईवटा मात्रै बैठक बसेका छन्। पुसको ७ गते बसेको प्रतिनिधिसभाको बैठक अझै बस्न सकेको छैन। पुस १८ बाट २२ हुँदै २८ गते सार्दै लगेको बैठक माघ ३ गतेसम्म स्थगित भएको छ। राष्ट्रियसभा बैठक पुस ५ गते बसेर अनिश्चितकालका लागि स्थगित भएको थियो। त्यसपछि पुस २५ गते बोलाइएकोमा २७ गतेसम्म स्थगित गरियो। त्यसपछि माघको ३ गते बोलाइएको छ।

दुईपटक पुनःस्थापन भएको संसद्ले एउटा पनि विधेयक पारित गरेको छैन। एमाले फुटेपछि एमालेले संसद् अवरुद्ध गर्दै आएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले संसद् नै भंग गरेकाले पहिलो काम संसद् बचाएर यहाँसम्म ल्याउनु रहेको बताउँदै आएका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीका एक नेताले भने, ‘ओली सरकारका पाला संसद् नै विघटन गरेका कारण पहिलो काम संसद् बचाउनु थियो। सनकको आधारमा अब संसद् कसैले भंग गर्न सक्दैन। अहिलेको सन्देश यही मात्र हो।’

२०७७ पुस ५ को संसद् विघटनपछि सर्वोच्च अदालतले फागुन ११ मा पुनःस्थापना गर्दै १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएपछि संसद् बैठक फागुन २३ मा बोलाइएको थियो।

यो अधिवेशन फागुन २३ देखि चैत ३० सम्म चालु रह्यो। यसबीचमा नौ वटा बैठक मात्रै बसेका छन्। तीनदेखि १० दिनसम्मको अन्तरमा बैठक बसेका थिए। अध्यादेशहरू पेस, शोक प्रस्ताव पारित, समितिका वार्षिक प्रतिवेदन पेस गर्ने र सांसदहरूलाई ढ्यापढ्याप गरेको आधारमा बोल्न दिने, शून्य समय र विशेष समयमा बोल्न दिने कार्यक्रमहरू भएका थिए।

त्यसपछि अधिवेशन अन्त्य भएको थियो। वैशाख २७ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने भएपछि अधिवेशन बोलाइएको थियो उनले संसद्बाट विश्वास गुमाएका थिए। त्यसपछि सो दिनमा नै अधिवेशन अन्त्य भएको थियो।

२०७८ जेठ ७ गतेको मध्यराती विघटन भएको संसद् सर्वोच्च अदालतले असार २८ गते पुनःस्थापना गर्दै सात दिनभित्र संसद्को बैठक बोलाउन आदेश दिएको थियो। २०७८ साउन ३ गते बोलाइएको संसदधिवेशन साउन ३२ गते अन्त्य भएको थियो। साउन ३ गते दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेका थिए, उनलाई संसद्को बहुमत सदस्यबाट विश्वास प्राप्त भएको थियो।

यस अवधिमा पनि १० वटा बैठक तीनदेखि ८ दिनको अन्तरमा बसेका थिए। यस अधिवेशनमा अध्यादेशहरू पेस, शोक प्रस्ताव पारित, राष्ट्रियसभाबाट आएका सन्देश सहितका ७ विधेयक टेबुल गर्ने, महालेखा परिक्षकको वार्षिक प्रतिवेदन पेस गर्ने, सांसदहरूलाई ढ्यापढ्याप गरेको आधारमा बोल्न दिने, शून्य समय र विशेष समयमा बोल्न दिने कार्यक्रमहरू भएका थिए।

अर्को अधिवेशन भदौ २३ गतेबाट कात्तिक ११ गतेसम्म चल्यो। यो अवधिमा अधिवेशनभर एमालेले अवरुद्ध गरेको थियो। यस अधिवेशनमा चालु आर्थिक वर्षको वार्षिक बजेट पारित भएको थियो। यस अवधिमा संसद्का १३ वटा बैठक बसेका थिए।

सरकारले ल्याएका ११ अध्यादेश समेत निस्क्रिय बन्न पुगेका थिए। यस अधिवेशनमा राजनीतिक दलसम्बन्धी अध्यादेश मात्र पेस भयो भने अघिल्लो अधिवेशनमा पेस भएका ११ अध्यादेश स्वीकृत हुन नसकी निस्क्रिय भएका थिए।

अर्को समाचार
समितिमा विधेयक नपठाई सकिँदै संसद् अधिवेशन
११ वैशाख २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
समितिमा विधेयक नपठाई सकिँदै संसद् अधिवेशन

संसद् अधिवेशन सकिनै लाग्दा पनि संसदीय समिति गठन नभएकाले केही विधेयक अलपत्र पर्ने भएका छन्। संसद्बाट सैद्धान्तिक छलफल भई संशोधन समेत दर्ता भएका विधेयकलाई समितिमा नपठाईकनै संसद्को अधिवेशन सकिन लागेको छ।

संसद्को विधेयक अधिवेशनसमेत भनिने यो हिउँदे अधिवेशन वैशाख १३ गतेसम्म चल्ने सम्भावना रहेको सरकारी स्रोतले जनााएको छ।

प्रतिनिधिसभाको बैठक १२ गते र राष्ट्रियसभाको बैठक त्यसको भोलिपल्ट बोलाइएको छ। १३ गते सम्भवतः संसद् अधिवेशन सकेर चैत २६ गतेबाट सुरु हुनेगरी अर्को अधिवेशन बोलाउन लागिएको स्रोतले बतायो। आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिन भएकाले अब बर्खे अधिवेशन बोलाउन लागिएको छ।

संसद् अधिवेशन सकिनै लाग्दा पनि संसदीय समिति गठन नभएकाले केही विधेयक अलपत्र पर्ने भएका छन्।

समितिबाट सैद्धान्तिक छलफल सकेर संशोधनको समयसमेत सकिएका विधेयकलाई संसदीय समितिमा पठाउनुपर्ने अवस्था छ। तर समिति गठन नभएकाले अधिवेशन अन्त्य हुँदासम्म ती विधेयक त्यही अवस्थामा रहने भएका छन्।

संसद्मा यतिबेला अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७७, सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७८, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ लगायत विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने विधेयकका रूपमा रहेका छन्। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस