अध्यादेशले निम्त्याउने संकट
०१ पौष २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
अध्यादेशले निम्त्याउने संकट

संसद् अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्छन्। संसद्को हिउँदे अधिवेशन बोलाउनुपर्ने चौतर्फी आवाज उठिरहेका बेला अधिवेशन नबोलाई अध्यादेश जारी गरिएपछि संसदीय मूल्य मान्यताको अपमान मात्र हैन आफ्नै दलभित्र सहमति नभई आएको अध्यादेशले राजनीतिक संकट चरम बिन्दुमा पुग्ने संकेत देखिएको छ। पार्टीभित्रको आन्तरिक विवाद बढ्दै जाँदा अविश्वासको प्रस्ताव आउने डरले संसद्को बर्खे अधिवेशन गत असार १८ गते एकाएक अन्त्य गरिएको थियो। अहिले पनि पार्टीभित्रको विवाद कायमै रहेकाले र प्रतिपक्ष नेपाली कांग्रेस पनि सडकमा उत्रिन थालेपछि प्रधानमन्त्री केपी ओलीमाथि अविश्वासको प्रस्ताव आउने प्रवल सम्भावना देखिन थालेको छ। विवादको पछिल्लो अवस्थाले पार्टी फुटाउन मिल्नेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश पनि जारी हुने खतरा देखाइरहेको छ।

अहिले पनि अधिवेशन नबोलाई विवादमा परेर राष्ट्रपतिबाट खारेजीमा परेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ आठ महिनापछि पुनः जारी भएको छ। संविधानको धारा ११४ ले अध्यादेशसम्बन्धी व्यवस्था गरेको छ। अधिवेशन जारी भएपछि संघीय संसद्को दुवै सदनमा अध्यादेश पेस गर्नुपर्छ। र, दुवै सदनले स्वीकार नगरेमा यो स्वतः निष्क्रियसमेत हुने संवैधानिक व्यवस्था छ। संविधानले राष्ट्रपतिबाट जुनसुकै बेला यस्तो अध्यादेश खारेज हुनसक्ने व्यवस्था पनि गरेको छ। संसद्बाट निष्क्रिय वा राष्ट्रपतिबाट खारेज भएन भने पनि यस्तो अध्यादेश दुवै सदनको बैठक बसेको ६० दिनपछि स्वतः खारेज हुन्छ। प्रतिनिधिसभाकै सभामुख अग्निप्रसाद सापकोटाको नै अनुपस्थित भएको संवैधानिक परिषद् बैठक कोरम नपुगेपछि अध्यादेश नै जारी गरी तीनजनाले कोरम पुग्ने व्यवस्था राखेपछि यस विवादले प्रधानमन्त्री अप्ठेरोमा पर्न गएमा संसद् भंगसमेत गराउने खतराको आशंका उब्जिन पनि थालेको स्रोतले बतायो।

संवैधानिक परिषद्का अध्यक्षको निर्देशन अनुसार सचिवले परिषद्को बैठक बस्ने मिति, समय र स्थान तथा छलफलको विषयसूची सहितको सूचना बैठक बस्नुभन्दा कम्तीमा ४८ घण्टा अगावै सदस्यहरूलाई पठाउनुपर्ने बाध्यकारी व्यवस्था छ। तर छलफलको विषयसूची पनि लुकाउने र परिषद्का सदस्यको कामको अवस्था नहेरी बैठक बोलाउनुले गम्भीर आशंका उब्जाएको भन्दै बैठकमा सभामुख सापकोटा अनुपस्थित भएको स्रोतले बतायो। सभामुख नगएपछि कोरम नपुगेर बैठक स्थगित भयो। अहिलेको अवस्थामा अध्यक्षसहित ५ जना नै बैठकमा उपस्थित भए मात्र गणपूरक संख्या पूर्ण भएको मानिन्छ। यस्ता विषयमा नियुक्ति गर्नुपर्दा छलफल र सहमतिबाट गर्ने भनेर यसअघि गत भदौ २६ को नेकपाको स्थायी समिति बैठकले निर्णय नै गरिसकेको छ। 

त्यसको समेत बेवास्ता, पर्याप्त गृहकार्य र समन्वयको अभाव देखिएको नेकपाका एक नेताले बताए। स्रोतका अनुसार मुख्यगरी नेकपाका दुई अध्यक्षको प्रमुख लडाइँ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रहेको देखिन्छ। गत चैतमा ल्याएका संवैधानिक परिषद् काम कर्तव्य र अधिकारसम्बन्धी ऐन संशाधन अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेशले नै नेकपामा विवाद सुरु भएको थियो र प्रधानमन्त्रीको राजीनामा माग भएको थियो। अहिलेसम्म आइपुग्दा पनि त्यही प्रवृत्ति दोहोरिएपछि अबको राजनीतिक लडाइँ अझै सशक्त रूपमा अघि आउने खतरा देखिएको छ।

अर्को समाचार
समितिमा विधेयक नपठाई सकिँदै संसद् अधिवेशन
११ वैशाख २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
समितिमा विधेयक नपठाई सकिँदै संसद् अधिवेशन

संसद् अधिवेशन सकिनै लाग्दा पनि संसदीय समिति गठन नभएकाले केही विधेयक अलपत्र पर्ने भएका छन्। संसद्बाट सैद्धान्तिक छलफल भई संशोधन समेत दर्ता भएका विधेयकलाई समितिमा नपठाईकनै संसद्को अधिवेशन सकिन लागेको छ।

संसद्को विधेयक अधिवेशनसमेत भनिने यो हिउँदे अधिवेशन वैशाख १३ गतेसम्म चल्ने सम्भावना रहेको सरकारी स्रोतले जनााएको छ।

प्रतिनिधिसभाको बैठक १२ गते र राष्ट्रियसभाको बैठक त्यसको भोलिपल्ट बोलाइएको छ। १३ गते सम्भवतः संसद् अधिवेशन सकेर चैत २६ गतेबाट सुरु हुनेगरी अर्को अधिवेशन बोलाउन लागिएको स्रोतले बतायो। आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिन भएकाले अब बर्खे अधिवेशन बोलाउन लागिएको छ।

संसद् अधिवेशन सकिनै लाग्दा पनि संसदीय समिति गठन नभएकाले केही विधेयक अलपत्र पर्ने भएका छन्।

समितिबाट सैद्धान्तिक छलफल सकेर संशोधनको समयसमेत सकिएका विधेयकलाई संसदीय समितिमा पठाउनुपर्ने अवस्था छ। तर समिति गठन नभएकाले अधिवेशन अन्त्य हुँदासम्म ती विधेयक त्यही अवस्थामा रहने भएका छन्।

संसद्मा यतिबेला अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७७, सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७८, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ लगायत विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने विधेयकका रूपमा रहेका छन्। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस