ललिता निवास जग्गा प्रकरण: किर्तेसम्बन्धी मुद्दाको हदम्याद टर्ने खतरा
०९ पौष २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
ललिता निवास जग्गा प्रकरण: किर्तेसम्बन्धी मुद्दाको हदम्याद टर्ने खतरा

ललिता निवासको जग्गा बिक्री तथा भोगचलनमा दोषी देखिएका विरुद्ध दुई वर्षदेखि मुद्दा चल्न नसक्दा हदम्याद गुज्रने संकेत देखिएको छ। ललिता निवासको जग्गा बिक्री गर्दा नक्कली कागजात तयार गरेको र त्यसमा मुछिएकाहरूलाई पक्राउ गर्न वर्तमान सरकार सकारात्मक नहुँदा किर्ते मुद्दाको हदम्याद गुज्रिने संकेत देखिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०७६ फागुनदेखि सुरु गरेको अनुसन्धान सकिए पनि त्यसको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउन सकेको छैन। किर्ते मुद्दामा ४ सयभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चल्ने र त्यसमा उच्च राजनीतिक नेतृत्वसमेत तानिन सक्ने भएपछि प्रहरीले गरेको अनुसन्धानलाई सरकारी वकिल कार्यालयमा बुझाउन सहजीकरण नभएको हो। पुस २७ भित्र ललिता निवासको जग्गा हडप्ने, भोगचलन गर्नेविरुद्ध परेको उजुरीमा सरकारी छाप दस्तखत किर्ते गरेकोमा सिआइबीले अनुसन्धान सकेको छ।

अनुसन्धानलाई हदम्यादभित्रै सरकारी वकिलको कार्यालयमा बुझाउने प्रबन्ध मिलाउन नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री र सिआइबी प्रमुख डिआइजी धिरजप्रताप सिंहले गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकराज पाण्डेसँग गत साता भेटघाट गरी मुद्दाबारे ब्रिफिङ गरिसकेका छन्।

उनीहरूको ब्रिफ्रिङ सुनेपछि गृहमन्त्री खाँणले ‘अहिलेको सरकार गठबन्धनको भएको र केही विषय पूर्वप्रधानमन्त्रीसँग पनि जोडिएको हुनाले छलफल गर्नुपर्ने’ भनेर टारेका थिए। गृहमन्त्री खाँणको यस किसिमको आलटालले प्रहरी प्रशासन अलमलमा परेको छ। तर आइजिपी थापा र डिआइजी सिंहले यो विषय ठूलो भएको एवं प्रहरीले मेहनतपूर्वक अनुन्धान गरेकाले र त्यसलाई टुंगोमा पुर्‍याउने दायित्वसमेत रहेकाले हदम्यादभित्रै अभियोगसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने वातावरण बनाउन आग्रह गरेका थिए।

‘समग्रमा भन्ने हो भने ललिता निवास प्रकरणसम्बन्धी मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइए पनि त्यहींबाट फिर्ता गर्ने सम्भावना छ,’ स्रोतले भन्यो। तत्कालीन उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदारसहित ४ सयभन्दा बढी व्यक्ति किर्ते मुद्दामा तानिएको र उनीहरूबाट थप केही विषय खुले तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल तथा डा. बाबुराम भट्टराईसित समेत बयान लिन सक्ने देखिएको छ। नेता नेपालले आफ्नो कुनै गल्ती नभएको र यसबारे जहाँ गएर बोल्न पनि तयार रहेको बताउँदै आएका छन्।

सिआइबीको प्रतिवेदनमा आरोपित पक्राउपछि बयान लिने क्रममा थप तथ्य र प्रमाण खुले तत्कालीन प्रधानमन्त्रीहरू नेपाल र डा. भट्टराईमाथि पनि मुद्दा चल्न सक्ने उल्लेख छ। उनीहरू दुईजनामाथि मुद्दा चल्न सक्ने भनिएपछि गृह मन्त्रालयले सो विषयमा खास चासो नदिएको स्रोतको भनाइ छ।

डा.भट्टराई सरकारी जग्गा नक्कली गुठी र त्यसमा मोही कायम गर्ने मन्त्रिपरिषद्को निर्णयमा र नेपाल प्रधानमन्त्री निवास विस्तार गर्ने नाममा जग्गा सट्टाभर्ना गर्दा नक्कली मोही कायम गर्ने निर्णयमा संलग्न भएको उल्लेख छ। तर अख्तियारको कार्यक्षेत्रमा ‘मन्त्रिपरिषद्को निर्णय’ नपर्ने भएकाले प्रधानमन्त्रीमाथि अनुसन्धान भएको थिएन।

सिआइबीले मुलुकी अपराध संहिता, २०७४ को लिखत (किर्ते) सम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको भए पनि सरकारले त्यो सुन्न नचाहेकै कारण समयमै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन नजाने संकेत देखिएको स्रोतले दाबी गरेको छ।

सिआइबीका प्रमुख डिआइजी सिंहले भने ललिता निवाससम्बन्धी मुद्दाको अनुसन्धान प्रतिवेदन म्यादभित्रै सरकारी वकिलको कार्यालयलाई बुझाइने बताए। ‘अनुसन्धान सकिएको छ। हदम्यादभित्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनेछौं,’ डिआइजी सिंहले नागरिकसँग भने।

उनले मुख्य अभियुक्त शोभाकान्त ढकाल जेलमा रहेको र अर्का अभियुक्त रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेको स्मरण गराउँदै चाँडै नै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइने बताए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणबारे एक वर्षभन्दा बढी समय अनुसन्धान गरेपछि १ सय ७५ जनालाई प्रतिवादी बनाएर २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दाका अभियुक्तहरू ढकालबाहेक सबैजना धरौटीमा रिहा भइसकेका छन्। अख्तियारले दायर गरेको यो मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छ।

गृह मन्त्रालयमातहत रहेको समरजंग कम्पनीका तत्कालीन प्रमुख मोहन पन्तले सिआइबीमा उजुरी दर्ता गरेपछि सरकारले ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धानका लागि पत्रचार गरेको थियो। पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा बनेको छानबिन समितिको प्रतिवेदनका आधारमा २०७५ माघ २८ को मन्त्रिपरिषद् बैठकले जग्गा हडप्नेमाथि थप अनुसन्धान गरी कारबाही अघि बढाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सिआइबीलाई पत्राचार गरेको थियो। त्यसपछि सिआइबीमा कार्यरत चार डिएसपीले त्यसबारे अनुसन्धान गरेका थिए।

लोकप्रिय
अर्को समाचार
कारबाही गर्न सिफारिस गरिएका कर्मचारी अख्तियारमा
१२ वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कारबाही गर्न सिफारिस गरिएका कर्मचारी अख्तियारमा

नक्कली लाइसेन्स वितरण गरेको विषयमा यातायात व्यवस्था विभागले गठन गरेको छानबिन प्रतिवेदनले कारबाही गर्न सिफारिस गरिएका एकजना प्राविधिक कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा काज सरुवा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार सञ्चार मन्त्रालयमा कार्यरत कम्प्युटर इञ्जिनियर सुरज प्रकाश अर्याललाई सञ्चारबाट अख्तियारमा तीन महिने काज सरुवा गरिएको हो। उनले सोमबार नै सरुवाको चिठीसमेत बुझिसकेको मन्त्रालय स्रोतले बताएको छ।

अर्यालले कारागारमा रहेका संशाक बस्नेतलाई उहीँ पुगेर नक्कली लाइसेन्स बुझाएको छानबिन प्रतिवेदनमा उल्लेख छ। बस्नेत हाल जेलबाट रिहा भइसकेका छन्। विभागका आइटी इन्जिनियर मुकेश रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।

समितिले प्रतिवेदन बुझाइसकेपछि अर्याललाई विभागबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएको थियो। सामान्य मन्त्रालयका अर्का एक उच्च कर्मचारीका अनुसार अख्तियारबाटै माग भएपछि अर्यालालई अख्तियार पठाइएको हो। सामान्यतया सामान्यले अख्तियारमा कर्मचारी सरुवा गर्दा अख्तियारले नै माग गरेका कर्मचारी पठाउने गर्छ।

राष्ट्रपति कार्यालय, लोकसेवा आयोग, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान राष्ट्रिय सतर्कता केन्द्रलगायतका कार्यालयमा सम्बन्धित कार्यालयले नै माग गरेका कर्मचारी सरुवा गर्ने गरिएको छ।

नक्कली लाइसेन्स छानबिन प्रकरण अहिले अख्तियारमा पुगेको छ। अनुसन्धानको दायरामा रहेका कर्मचारी आफैं अख्तियारमा सरुवा हुनुले यसबाट छानबिन प्रभावित हुने यातायात व्यवस्था विभागका एक कर्मचारी बताउँछन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस