संसद्को हिउँदे अधिवेशन मंसिर २८ गतेदेखि सुरु हुनेगरी आह्वान भएसँगै अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउने विषयले प्रवेश पाउन सक्ने अनुमान गरिएको छ।
सरकारले अध्यादेश ल्याएको भोलिपल्टै संसद् अधिवेशन बोलाएकाले यो अधिवेशनमा कानुन निर्माणको काम अघि बढ्ने अवस्था देखिँदैन।
एमसिसी सम्झौतालाई संसद्मा प्रवेश गराएर पारित गर्ने वातावरण बनाउन पनि अधिवेशन बोलाइएको अनुमान गरिएको छ। त्यस्तै सत्तारुढ गठबन्धनले बिहीबार प्रधानन्यायाधीश राणालाई बिदामा बस्न सुझाव दिएको र बिदामा बस्न नमाने उनीविरुद्ध महाभियोग प्रस्ताव संसद्मा ल्याउन सक्ने अनुमान पनि गरिएको छ। तत्काल महाभियोगको विषय अघि बढेन भने पनि एमसिसीको विषयले भने प्राथमिकता पाउने अवस्था देखिएको धेरैको बुझाइ छ।
संसद्लाई बिजनेस दिने विषयमा सरकारले केही जनाएको छैन। गत भदौ २३ गते बोलाइएको संसद्को नवौं अधिवेशनबाटै एमसिसी पारित गर्ने उद्देश्य सरकारले राखेको थियो। तर त्यो अधिवेशनमा एमसिसीको काम अघि बढेन।
चालु आर्थिक वर्षको बजेट पारित गरेर सो अधिवेशन सकिएको थियो। भदौ २३ गतेदेखि कात्तिक ११ गतेसम्म चलेको उक्त अधिवेशन अन्त्य भएको झन्डै डेढ महिनापछि सुरु हुनेगरी हिउँदे अधिवेशन बोलाइएको हो।
नवौं अधिवेशन सुरु भएको भोलिपल्टै भदौ २४ गते एमसिसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएर राजनीतिक भेटघाट गरेको थियो। संसद्को नवौं अधिवेशन सुरु हुनुभन्दा पाँच दिनअघि भदौ १८ गते अर्थ मन्त्रालयले एमसिसी मुख्यालयलाई एमसिसीबारेमा स्पष्ट पार्न भन्दै विभिन्न प्रश्नसहित पत्राचार गरेको थियो।
जबाफमा मुख्यालयले एमसिसी सम्झौता नेपालको संविधान र कानुनभन्दा माथि नभएको लगायत विषयमा जानकारी गराउँदै पत्र पठाएको थियो। त्यसलगत्तै एमसिसी उपाध्यक्ष सुमारसहितको टोली नेपालआएको थियो।
संसद्को नवौं अधिवेशन एमसिसी पारित नगरी अन्त्य भएको थियो। सो अधिवेशन अन्त्य भएको २१ दिनपछि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेका थिए। उनले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए।
उनले मंसिर २ गते प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका थिए भने ३ गते एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेटी एमसिसी नेपालका लागि आवश्यक छैन भने अन्यत्र लैजाने बताएका थिए। उनले एमसिसी आवश्यक भए यही डिसेम्बर १४ (मंसिर २८) भित्र निर्णय गर्न आग्रह गरेका थिए।
नेपाल र अमेरिकाबीच सन् २०१७ मा हस्ताक्षर भएको एमसिसी सम्झौता अमेरिकाको इन्डो प्यासिफिक सैन्य रणनीतिअन्तर्गतको परियोजना भएको भन्दै विवाद भएपछि यसलाई पारित गर्ने वा नगर्ने भन्ने विषयमा राजनीतिक दलहरूबीच सहमति जुटन सकेको छैन।
एमसिसी विद्युत् प्रसारण लाइन र सडक निर्माणमा खर्च गरिने अर्बौं रूपैयाँबराबरको अनुदान सम्झौता भएको भन्दै सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस यसलाई पारित गर्नुपर्ने पक्षमा देखिएको छ। सत्तारुढ दलहरूमध्ये माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने यसलाई जस्ताको तस्तै पारित गर्ने विषयमा असहमति राख्दै आएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावमाथि महाभियोग सिफारिस समितिमा बुधबारदेखि छलफल सुरु हुने भएको छ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठक बुधबार साढे ११ बजेका लागि बोलाइएको छ। महाभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले बुधबारको बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका अजेन्डामा छलफल हुने बताए। उनले बुधबारदेखि तीन महिनासम्मको कार्यवधि सुरु हुने बताए।
महाभियोग सिफारिस समितिको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्यबाट गरिने भएकाले कांग्रेसका रामबहादुर विष्टलाई बैठकको अध्यक्षता गर्ने जिम्मा दिइकोछ। समितिको पहिलो बैठक बसेको ७ दिनभित्र महाभियोग लागेका प्रधानन्याधीश जबराविरुद्ध सफाइ प्रस्तुत गर्न बोलाउनुपर्ने व्यवस्था छ।जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते ९८ सांसदको हस्ताक्षर सहित प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए। महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका छन्। प्रधानन्यायाधीश जबरामाथि सर्वोच्च अदालत र न्यायालयभित्रै अतिशय विकृति-विसंगति तथा भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाइएको छ।
गत साउन २२ गतेको प्रतिनिधिसभा बैठकले जबराविरुद्धको महाभियोगलाई सिफारिस समितिमा पठाएको थियो। महाभियोग सिफारिस समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल गरी चार सदस्य छन्। कांग्रेसबाट मीनबहादुर विक र रामबहादुर विष्ट सदस्य छन्। माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा सदस्य छन्। एकीकृत समाजवादीकी कल्याणी खड्का, लोकतान्त्रिक समाजवादीका एकवाल मियाँ र जनता समाजवादीका प्रमोद साह सदस्य छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।