लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री भएको सोमबार एक महिना पुग्यो। गठबन्धनका तर्फबाट मुख्यमन्त्री भएका मुख्यमन्त्री केसीले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् भने चालू आर्थिक वर्षका लागि बजेटसमेत ल्याउन सकेका छैनन्। यति मात्र होइन जनप्रतिनिधिमूलक संस्था संसद् पनि गतिहीन छ।
गठबन्धनका तर्फबाट मुख्यमन्त्री भएका केसीलाई अवसरभन्दा चुनौतीका चाङ धेरै छन्। प्रदेश मुकाम बुटवलबाट स्थायी राजधानी राप्ती उपत्यका सार्ने उनका लागि सबैभन्दा ठूलो चुनौती छ। कोभिड–१९ (कोरोना भाइरस) ले थिलोथिलो भएको प्रदेशमा विकास निर्माण गति दिन पनि उनका लागि अर्काे चुनौती छ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत भएका उनलाई जनयुद्धका घाइते, अपांग भएकाको उपचार, मृतकका परिवारलाई राहत, बेपत्ता पारिएका परिवारलाई उचित न्यायसँगै राहत दिन पनि उनका लागि फलामको चुउरा चपाउनु जस्तै छ। आगामी चुनाव नजिकिँदै गर्दा तत्कालीन मुख्यमन्त्री शंखर पोखरेलको भन्दा बढी काम गरेर देखाउन उनका अगाडि पहाड जस्तै उभिएको छ चुनौती। यतिधेरै चुनौतीलाई सामना गर्नुपर्ने मुख्यमन्त्रीको पहिलो महिना भने अपेक्षा गर्न लायक देखिँदैन। नहुने बिरुवाको खस्रो पात भने झै जटिलताले त्यही भनाइप्रति सरकारलाई डोर्याएको छ। काम गर्नलाई प्रदेश सरकारले बजेटसमेत ल्याउन सकेको छैन।
मुख्यमन्त्रीले यो एक महिने कार्यकाल पार्टी कार्यक्रम, उद्घाटन, तालिम, गोष्ठीमै बढी बिताए। सरकार पूर्णताका विषयमा छलफललाई पनि समय दिए पनि उपलब्धिविहीन भयो। एक महिने समीक्षामा राजनीति, अर्थनीति र कुटनीतिमा उनको कार्यकाललाई सफल भन्न कन्जुस्याइ गर्नुपर्ने अवस्था सिर्जना भएको छ। हुने बिरुवाको चिल्लो पात भने झै प्रदेश सरकारमै गतिविहीन बनेको छ। तत्कालीन मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले गरेको भन्दा अब्बल सावित गर्न केसीलाई ठूलो चुनौती छ।
संसद् अवरुद्ध
मुख्यमन्त्री केसीले सरकार गठन भएको हप्ता दिनअर्थात् भदौ ७ गते संसद्बाट विश्वासको मत लिए। तर विश्वासको मत लिँदा उनलाई सहज स्थिति बनेन। प्रमुख प्रतिपक्षी नेकपा एमालेको उपस्थितिबिनै मुख्यमन्त्री केसीले गठबन्धनकातर्फबाट विश्वासको मत पाएका थिए। विपक्षी दलको माग सुनुवाइ नभएको भन्दै एमालेले उक्त बैठक बहिष्कार गरेको थियो। त्यसयता संसद्मा सहमति जुटाउन मुख्यमन्त्री केसीलाई हम्मेहम्मे भएको छ।
नेकपा एमालेले सूर्य चिन्हबाट चुनाव लडेका सांसद विमला केसी र अजय शाहीलाई पदमुक्त गर्न माग राखेको छ। अर्काको दलको चुनाव चिन्हबाट चुनाव जितेका सांसद केसी र शाहीलाई कारबाहीको लागि प्रदेशसभामा नेकपा एमालेले जानकारी गराएको थियो। सभामुख पूर्णबहादुर घर्तीले दलको कार्यकर्ता भएर कार्यसम्पादन गर्दा उनीहरुलाई कारबाही नगरिएको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ। संसद् खुलाउन मुख्यमन्त्री केसीले प्रमुख प्रतिपक्षी दलसँग कुनै संवाद नगरेको एमालेको भनाइ छ।
मन्त्रिमण्डल विस्तार हुन सकेन
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)को समर्थन पाएका मुख्यमन्त्री केसीले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्। आन्तरिक भागबण्डा मिलेको बताए पनि भित्रिरुपमा मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा सरकार गठन ढिलाइ भएको स्रोतको भनाइ छ। भागबण्डा मिलाउन १० बाट १२ मन्त्रालय पुर्याए पनि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन। यसको असर बजेट र प्रदेशको विकास निर्माणमा परेको छ।
बजेट आउन सकेन
तत्कालीन सरकारले विधेयकमार्फत ल्याएको बजेट फिर्ता ल्याउने निर्णय गरेको केसी नेतृत्वको सरकारले चालू आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेको छैन। बजेट नहुँदा प्रदेशमा विकास निर्माणले गति लिन सकेको छैन। नयाँ बजेटको आसमा बसेका योजनाहरु थन्किएका छन्। शंकर पोखरेल नेतृत्वको सरकारले ल्याएको बजेटलाई चुनावी बजेटको संज्ञा दिएको केसी नेतृत्व सरकारले कोभिड–१९ नियन्त्रितसँगै यर्थात बजेट ल्याउने बताएको छ।
विपक्षीसँग संवादविहीन
मुख्यमन्त्री केसीले संसद् खुलाउने वा विकास तथा सम्मृद्धिका विषयमा प्रमुख प्रतिपक्षी दल एमालेसँग कुनै संवाद नै गरेका छैनन्। समाधान खोज्न संवाद महत्वपूर्ण मानिए पनि मुख्यमन्त्री प्रतिपक्षसँग कठोर बनेका छन्। सरकार र प्रमुख प्रतिपक्ष दलबीच संवाद नहुँदा पनि संसद् गतिहीन भएको हो।
नेतृत्व क्षमतामा प्रश्न
पूर्व शिक्षकसमेत भएका मुख्यमन्त्री केसीको नेतृत्वको क्षमतामाथि यतिबेला प्रश्न खडा भएको छ। सरकारले पूर्णता नपाउनु, चालू आर्थिक वर्षका लागि बजेट ल्याउन नसक्नु, संसद् सुचारु नहुँदा मुख्यमन्त्रीको नेतृत्व क्षमतामा प्रश्न उठ्न थालेको हो।
विकास र सम्मृद्धिको बाधकः प्रतिपक्ष
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गठबन्धन सरकार प्रदेशको विकास र समृद्धिको बाधक भएको बताएको छ। प्रदेशले नयाँ सरकार पाएको एक महिना पुग्दा पनि सरकारले पूर्णता नपाएको भन्दै उनले एमालेले यो एक महिना असक्षमताको संकेत भएको बताएको छ। ‘सरकार गठन नै असंवैधानिक थियो । संविधान र कानुनलाई लत्याएर गठन भएको थियो,’ प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक भूमिश्वर ढकालले भने, ‘असक्षमलाई नेतृत्वमा पुर्याउँदा प्रदेशको हालत बिग्रँदो छ।’
प्रदेशको विकास र समृद्धिका विषयमा कसरी अगाडि बढ्ने विषयमा प्रमुख प्रतिपक्ष दलसँग सल्लाह नगरि मुख्यमन्त्री केसी एकोहोरो हिँडिरहेको उनको भनाइ छ। यो सरकारबाट विकास र समृद्धिको आशा गर्न नसकिने भन्दै उनले भने, ‘नखाउन भने दिनभरिको सिकार, खाउ भने कान्छा बाबुको अनुहार भने जस्तै भएको छ।’
गत असोजमा लुम्बिनी प्रदेशको दुईतिहाइ बहुमतले स्थायी राजधानी घोषणा गरेपछि तत्कालीन शंकर पोखरेल नेतृत्वको सरकारले मन्त्रालय स्थानान्तरणको तयारी थाल्यो। प्रदेश राजधानीको डिपिआरका लागि स्थायी राजधानी भालुवाङ क्षेत्रमा प्रदेश पूर्वाधार विकास प्राधिकरण
स्थापना गर्यो, सँगै राजधानीको पूर्वाधार निर्माणसँग सम्बन्धित पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयलाई पनि स्थायी राजधानीमा सारियो।
तत्कालीन सरकारले यो मन्त्रालयलाई स्थायी राजधानीमा स्थानान्तरण गर्नुको अर्को लक्ष्य भनेको अन्य मन्त्रालयको स्थानान्तरण पनि थियो। तर सहरी विकास बाहेकका अन्य मन्त्रालय भने स्थायी राजधानीमा सरेनन्। कारण थियो ‘भेगीय स्वार्थ।’ स्थायी राजधानी घका क्रममा दाङ देउखुरीको विपक्षमा मतदान गरेका मन्त्रीहरूले आफ्नो मन्त्रालयलाई कुनै पनि हालतमा बुटवलबाट सार्न नसकिने अडान लिएका थिए।
तत्कालीन लुम्बिनी सरकार प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले भनेका थिए, ‘स्थायी राजधानीमा मन्त्रालय सार्ने सम्भावना नै छैन, जबसम्म स्थायी संरचना बन्दैनन्, तबसम्म मन्त्रालय सर्दैनन्।’ चौधरीले स्थायी संरचना नहुनुलाई मन्त्रालय सार्न नसकिनुको प्रमुख कारण बताए पनि यसको अन्तर्य भनेको भेगीय स्वार्थको लडाइँ नै थियो। त्यो बेला भने तत्कालीन मुख्यमन्त्री पोखरेलको योजना भने भाडामै भए पनि स्थायी राजधानीमै मन्त्रालय चलाउने भन्ने योजनामा थिए।
पोखरेल नेतृत्वको सरकारको बर्खास्तीपछि गठन भएको वर्तमान कुलप्रसाद केसी नेतृत्वको सरकारले पनि स्थायी राजधानी कार्यान्वयनको विषय प्रमुखमा राख्यो। तर वर्तमान सरकारको यो कदम पनि अहिलेसम्म उपलब्धिमूलक देखिएको छैन। तत्कालीन पोखरेल नेतृत्वको सरकारले स्थायी राजधानीमा सारेको पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय पनि अहिले स्थायी राजधानीमा ‘बोर्ड’ मै सीमित छ। एक घरमा मन्त्रालयको बोर्ड टाँगिएको भए पनि यो मन्त्रालयको कामकाज भने सबै बुटवलदेखि हुँदै आइरहेको छ। पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री अहिले कांग्रेसका डिल्ली बहादुर चौधरी छन्।
यसैगरी, यो प्रदेशको स्वास्थ्य मन्त्रालय पनि अहिले स्थायी राजधानीमा स्थानान्तरण भइसकेको छ। यो मन्त्रालयको कामकाज अहिले स्थायी राजधानी र अस्थायी
राजधानी बुटवल दुवै ठाउँबाट हुँदै आएको स्वास्थ्यमन्त्री इन्द्रजित चौधरी बताउँछन्। साउनदेखि भने यो मन्त्रालयको पुरै काम देउखुरीबाटै गर्ने तयारी मन्त्री चौधरीले गरेका छन्। उनले भने ‘साउन पहिलो सातादेखि मन्त्रालयको अब सबै काम स्थायी राजधानीबाटै गर्नेगरी तयारी गरिएको छ, मैले मन्त्रालयका सबै कर्मचारीलाई स्थायी राजधानीमै केन्द्रित हुनका लागि तयार हुन भनिसकेको छु।’
दाङ देउखुरीकै मन्त्री चौधरीले आफ्नो मन्त्रालयलाई स्थायी राजधानीमै पूर्ण रूपमा केन्द्रीत बनाउने खोजिरहेको भए पनि अन्य मनत्रालयहरूको स्थानान्तरणको प्रकृया भने तत्कालै हुने देखिन्न। तत्कालीन भेगीय स्वार्थको रंग अहिले पनि कायमै छ। पूर्वी भेगका मन्त्रीहरू अहिले पनि सहजै मन्त्रालय स्थानान्तरण गर्ने पक्षमा देखिन्नन्। तर मुख्यमन्त्री र सभामुख स्थायी राजधानी कार्यान्वयनको पक्षधर रहेकाले पहिलाको जस्तो समस्या भने नहुने स्रोत बताउँछ। तर मुख्यमन्त्रीले स्थायी राजधानीमा मन्त्री सार्न निर्देशन दिए पनि सम्बन्धित मन्त्रीहरूले मन्त्रालय स्थानान्तरणको निर्णय सहजै र चाँडै गर्नसक्ने सम्भावना कति भन्ने प्रश्न उब्जने देखिन्छ। ‘मुख्यमन्त्रीले सबै मन्त्रालय सार्न निर्णय गरे पनि सम्बन्धित मन्त्रीहरूले आफ्नो मन्त्रालय सार्नका लागि कति सहज र छिटो निर्णय गर्ने भन्ने कुरा हो,’ स्रोतले भन्यो, ‘अहिले पनि भेगीय स्वार्थका हिसाबले तत्काल मन्त्रालय सार्न हुन्न भन्ने एकाध आवाज नउठ्ने भन्ने त हुन्न।’
भेगीय स्वार्थ मन्त्रालय स्थानान्तरण नहुनुको कारण रहे पनि स्थायी राजधानीमा पूर्वाधारको बहस गतिलो बहाना बनिदिएको छ। यहाँ मन्त्रालय राख्नका लागि भौतिक पूर्वाधारको अभाव हुनु नै मन्त्रालय स्थानान्तरण हुन नसक्नु मानिएको छ। राजधानीमा रहेको राप्ती प्राविधिक शिक्षालयको भौतिक संरचना उपभोगको अधिकार प्रदेश सरकारले पाईसकेको छ। उक्त शिक्षालयलाई गढवा गाउँपालिका स्थित सरस्वती माविको भवनमा स्थानान्तरण गर्ने प्रक्रिया पनि प्रारम्भ भइसकेको छ। प्राविधिक शिक्षालयको भौतिक संरचनाहरू उपभोग हुनासाथ मन्त्रालय स्थानान्तरणका लागि पूर्वाधारको समस्या नरहने स्वास्थ्यमन्त्री चौधरीले बताए।
यो शिक्षालय आगामी भदौभित्रै सार्ने निर्देशन जारी भैसकेको छ। ‘राप्ती प्राविधिक शिक्षालयको व्यवस्थापनको सबै टुंगो लागिसकेर पनि व्यवस्थापनका लागि गढवामा रहेको सरस्वती माविको क्षेत्रमा भवन निर्माणको काम समेत भैरहेको छ,’ मन्त्री चौधरीले भने, ‘अब प्राविधिक शिक्षालय आगामी भदौभित्र सारी सक्ने भन्ने छ, त्यसपछि राप्ती प्राविधिक शिक्षालयको
भवन प्रदेश सरकारले उपभोग गर्ने वातावरण बन्छ, यो संरचना उपभोग हुनासाथ मन्त्रालयका लागि भौतिक संरचनाको अभाव रहने छैन।’
यसैगरी, स्थायी राजधानीमा संसद् नचल्नु पनि मन्त्रालय स्थानान्तरण नहुनुको अर्को कारण मानिएको छ। संसद् बुटवलमा र मन्त्रालय दाङ देउखुरीमा हुँदा असहजता उत्पन्न हुने वातावरण बनेको बताइन्छ। तर अब, प्रदेशसभा स्थायी राजधानीमै चलन सुरु भएपछि मन्त्रालय स्थानान्तरणमा समस्या नहुने मन्त्री चौधरी बताउँछन्।
भालुवाङमा प्रदेशसभा भवन निर्माणाधीन छ। यो भवन पनि भदौ सम्म निर्माण गरिसक्ने सम्झौता छ। ‘प्रदेशसभाको भवन बन्न पनि केही ढिला भयो, प्रदेशसभा भवन बनिसकेको भए मन्त्रालय स्थानान्तरणको काम चाँडै हुने थियो,’ स्वास्थ्यमन्त्री चौधरीले भने, ‘अब भने भदौमा संसद् भवन बपनिसक्छ र संसद् यहीँ चल्न सुरु भयो भने मन्त्रालय स्थानान्तरण पनि थप सहज हुन्छ।’
तथापि भेगीय स्वार्थको पुरानो प्रतिस्पर्धाले सबै मन्त्रालयहरू चाँडै स्थानान्तरण हुने हुन् वा हैनन् भन्नेमा पनि आशंका कायमै छ। हाल मन्त्रिपरिषद्मा रहेका ५ मन्त्रीहरू बुटवल मुकामका पक्षधर मानिन्छन्। यता स्थायी राजधानीको मोडालिटी तयार पार्न स्थापना भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भने मन्त्रालयहरूलाई भाडामै भए पनि सञ्चालन गर्नका लागि स्थानान्तरणको पहल भइरहेको बताउँछ। ‘दुई वटा मन्त्रालय अहिले स्थायी राजधानीमै छन्, बाँकी मन्त्रालयहरूको स्थानान्तरणका लागि पनि भवन व्यवस्थापनको काम गरिरहेका छौं, अहिले भाडामै भएपनि मन्त्रालय सञ्चालनका लागि त्यस्ता भौतिक संरचनाको व्यवस्थापनमा लागेका छौं।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।