नेकपा (एमाले)ले पार्टीको स्थायी कमिटीको बैठक आजै बस्ने भएको छ। एमालेले आज साँझ ४ बजे बस्ने गरी बैठक बोलाएको हो।
एमालेको आन्तरिक विवाद मिलाउनका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहेकै बेला एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी समितिको बैठक बोलाएको हो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ। प्रतिनिधिसभा विघटनविरूद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्न बैठक बस्न लागेको हो। बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको छ।
प्रचण्ड–नेपाल पक्षले बैठकपछि आज अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ। संसद पुनःस्थापनाको माग गरिरहेको प्रचण्ड–नेपाल पक्षले आगामी आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेको छ।
मंगलबार मात्र उसले देशकाल विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।