एमालेका पुराना संरचना ब्युँताउने निर्णय
१६ असार २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमालेका पुराना संरचना ब्युँताउने निर्णय

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई नवौं महाधिवेशनपछिको पुरानै संरचनामा फर्काउने निर्णय गराएका छन्। पुराना सबै कमिटी ब्युँताएर माधव नेपाल समूहलाई मिलाउने तयारी गरिरहेका अध्यक्ष ओलीले मंगलबार साँझ आफूनिकट स्थायी कमिटी सदस्यहरूको बैठक राखेर सो निर्णय गराएका हुन्।  

बैठकले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गराउने र नवौं महाधिवेशनपछिका सबै संरचनामा पार्टी फर्काउने निर्णय भएको पार्टीप्रवक्ता प्रदीप ज्ञवालीले बताए। नेपाल समूहले राखेको मागअनुसारै ओलीले बुधबार महाधिवेशन आयोजक कमिटी भंग गर्न र पुराना कमिटी ब्युँताउन आयोजक कमिटीको बैठक बोलाएका छन्। सोहीअनुसार आयोजक कमिटीको बैठक बस्ने भएको छ। ‘नेकपा एमालेलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय भएको छ, यो निर्णयसँगै सबै संरचना पुरानै अवस्थामा आएका छन्,’ पार्टीप्रवक्ता ज्ञवालीले भने।  

बैठकले एमालेका दुई वरिष्ठ नेता, पदाधिकारी तथा स्थायी कमिटी सदस्य यथावत् रहने निर्णय गरेको छ। सो बैठकका अनुसार झलनाथ खनालको वरीयता ओलीपछि र नेपालको वरीयता खनालपछि हुनेछ। अर्थात् एमालेमा नेपालको स्थान अब ओलीपछि तेस्रो हुनेछ। बुधबार बस्ने एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित कारबाही गरिएका ११ जनाबाहेक नेपाल पक्षका नेतालाई पनि बोलाइएको छ।

यद्यपि नेपाल पक्षका नेताले सो बैठकमा सहभागी नहुने बताएका छन्। ‘महाधिवेशन आयोजक कमिटीलाई नवौं महाधिवेशनको विधानले चिन्दैन,’ नेपाल पक्षका नेता ठाकुर गैरेले भने। उनका अनुसार एमालेको केन्द्रीय कमिटी मात्रै एमालेको विधानले चिन्नेछ। उनका अनुसार यो निर्णयसँगै पार्टीको विवाद मिलान गर्ने बिन्दुको सुरुवात भएको छ।  

गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी अलग गरिदिएपछि एमाले अध्यक्ष ओलीले आफूपक्षीय नेताहरूको मात्रै बैठक बोलाएर पदाधिकारी सबै भंग गरी अध्यक्ष र महासचिव मात्रै कायम गरेका थिए। उनले त्यही बेला केन्द्रीय कमिटी विघटन गरेर १०औं महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए।  

वरिष्ठ नेता खनाल र नेपाल पक्षले २०७७ जेठ २ को संगठनात्मक संरचनामा पार्टीलाई लैजानुपर्ने अडान राख्दै आएपछि पार्टीको विवाद चरम उत्कर्षमा पुगेको छ। यसबीच ओलीले खनाल–नेपाललगायत ११ सांसदलाई पार्टीको साधारण सदस्यताबाट समेत निष्कासन गरेका छन्। जेठ २७ गते सर्वोच्चले महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनेपछि केन्द्रीय कमिटी ब्युँताउन ओलीमाथि दबाब परेको छ।

एमालेभित्रको आन्तरिक विवाद सुल्झाउन ओली पक्षले हदैसम्मको लचकता अपनाएको जनाएको छ। तापनि नेपाललगायत केही नेता पार्टीभित्र रहने वा नरहने दोधार रहेको भन्दै उनीहरूले सग्लो एमालेको आवश्यकता रहेकाले पार्टीको सबै संरचना पुरानै अवस्थामा फर्काएको बताएका छन्। बुधबारको बैठकबाट ओली पक्षले गत फागुन २८ गतेका सबै निर्णय बदरभागी हुने गरी १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण भएको घोषणा गर्ने र पदाधिकारी तथा स्थायी कमिटीको बैठकसमेत बोलाउने बताएको छ।  

नेपाल समूहका नेताहरूसँगको अनौपचारिक छलफलपछि नै १८ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाउन लागिएको हो। २०७५ जेठ ३ गतेसम्म जो जुन पदमा थिए, सोही पदीय हैसियतमा बैठकमा सहभागी हुने गरी कार्यतालिका तय गरिएको छ।  

एमालेको केन्द्रीय कमिटी भने २ सय ६४ सदस्यीय नै कायम हुने भएको छ। २०७५ जेठ ३ गते बसेको एमालेको अन्तिम केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकीकरण गर्नुपूर्व ४१ जना केन्द्रीय सदस्य मनोनीत गरेको थियो। ती केन्द्रीय सदस्यसहित एमालेका २ सय ४१ सदस्य र माओवादीका दुई सदस्य गरेर नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो।  

अहिले एमालेमा एकताको भावनाअनुसार एमालेमै आएका २३ जनासहितको केन्द्रीय सदस्यहरूलाई मनोनयन गरेर केन्द्रीय कमिटीको बैठक राख्न लागिएको हो। नेपाल समूहले जेठ २ अघिकै केन्द्रीय कमिटी बैठक बसेर त्यसपछि अरूलाई थप्न सकिने बताउँदै आएको छ।

लोकप्रिय
अर्को समाचार
प्याकेजमा सहमति खोज्दै नेपाल समूह
१७ असार २०७८
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्याकेजमा सहमति खोज्दै नेपाल समूह

नेकपा एमालेको आन्तरिक विवाद निरुपण गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले तयारी अगाडि बढाए पनि वरिष्ठ नेता माधवकुमार नेपालले स्थिति परिवर्तन नभएकाले बैठकमा सहभागी हुन नसकिने प्रारम्भिक संकेत गरेका छन्। नेपाल आफैंले कुनै धारणा सार्वजनिक नगरे पनि उनी निकटका नेताले ओली पक्षबाट फेरि पनि अलमल्याउने गरी प्रस्ताव आएको र त्यसमा छलफल पनि नभएकाले यही अवस्थामा असार १८ गतेको बैठकमा सहभागी हुन नसकिने संकेत गरेका हुन्।  

ओलीले नेपालसँग सल्लाह नै नगरी बैठक बोलाउने, स्थायी कमिटीमा मनोनयन गर्ने काम भएकाले अझै पनि अलमल्याउने दाउ भएको आशंका नेपाल पक्षको छ। ‘यति धेरै विवाद बढेको छ कि विश्वास गर्ने आधार देखिँदैन तर पनि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउँदा माधव नेपालसँग छलफल हुन्थ्यो होला नि। उहाँसँग कुनै पनि प्रकारको सल्लाह नगरी जेठ २ अघिको समितिको बैठक नबोलाई, मनोनयन गर्ने काम सुल्टो होइन’, पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्।  

नेपाल पक्षले प्याकेजमा सहमति गर्न खोजिरहेको छ। यो पक्षले आगामी निर्वाचन र महाधिवेशनलाई समेत समेटेर प्याकेजमा सहमति चाहेको छ। उपाध्यक्ष शाक्यका अनुसार अहिलेको अवस्थामा अवैधानिक कमिटीको बैठक बसेर विभिन्न निर्णय गर्नु नै बेठीक हो। यस विषयमा औपचारिक धारणा बिहीबार सार्वजनिक हुने उनले बताइन्। नेपाल पक्षका नेताहरूको बैठक बिहीबार बसेर ओलीले असार १८ गते बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने/नहुने तयका साथै आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी छ।  

ओली पक्षले बुधबार दिउँसो प्रस्तावित महाधिवेशन आयोजक कमिटी भंग गर्दै आठ नेतालाई स्थायी कमिटीमा मनोनयन गरेको थियो। महाधिवेशन आयोजक कमिटीको नाममा भएगरेका कामकारबाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने गरी एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने र माओवादीबाट आएका नेतासहित आठजनालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय बुधबार भएको थियो। बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई एमाले स्थायी कमिटीमा थप गरेको हो। तिनमा ओली र नेपाल पक्षका दुईदुईजना तथा माओवादीबाट एमालेका आएका चारजना छन्। मनोनीत स्थायी कमिटी सदस्यमा रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीबाट एमालेमा समाहित भएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा छन्।  

महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारबाहीसमेत फिर्ता भएको छ। यो निर्णयसँगै एमाले विभाजनको खतरा टरेको पार्टीका सचिव प्रदीप ज्ञवालीले बताएका छन्। ‘अब पार्टी विभाजनको खतरा टरेको छ। पार्टीका सबै संरचना पूर्ववत् अवस्थामा फर्केका छन्। नेताहरूमाथि भएको कारबाही निष्कृय भएको छ’, उनले भने।  दोस्रो पुस्ताका नेताहरूमध्ये पार्टीलाई एकताबद्ध बनाउन खटिएका उपमहासचिव विष्णु पौडेल असार १८ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा आउन कसैले पनि अप्ठेरो मान्नुनपर्ने बताउँछन्।  

‘अब हामी सबै पुरानो अवस्थामा फर्केका छौं। यहाँ कोही तल वा माथि छैन। उहाँहरूलाई बैठकमा आउन अप्ठेरो छैन। मलाई विश्वास छ, उहाँहरू सबैजना बैठकमा सहभागी हुनुहुनेछ र पार्टी एक भएको सन्देश प्रवाह हुनेछ’, उनले भने। ओली पक्षको यो निर्णयबारे नेपाल समूहभित्र पनि दुईथरी मत आएका छन्। केहीले यसलाई आधार मानेर अब धेरै कुरा पार्टीभित्रै सुल्झाउन सकिने बताएका छन् भने केहीले ओलीको अलमल्याउने चालबाजी भएको बताएका छन्। नेता वेदुराम भुसालले त बुधबारको निर्णयले एमाले विभाजनलाई वैधानिकता दिएको समेत बताए। ‘ओलीजीहरूले अवैधानिक कमिटीको बैठक राखेर पार्टी विभाजनलाई अझ वैधानिकता दिनुभएको छ। हाम्रा साथीहरूको अनौपचारिक बैठक र छलफल पनि निरर्थक रहेको छ’, भुसालले भने।  

ओली पक्षले महाधिवेशन आयोजक कमिटी भंग गरेसँगै दुवै पक्षका दोस्रो तहका नेताले थप सहमति खोज्ने प्रयास गरेका छन्। संस्थापन पक्ष र वरिष्ठ नेता नेपाल पक्षका दोस्रो तहका नेताले ललितपुरको कुपण्डोलस्थित समिट होटेलमा सहमति खोज्ने निर्णायक छलफल थालेका हुन्। दुवैतर्फबाट आठ नेता सहभागी बैठकमा उपप्रधानमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको तीनबुँदे मस्यौदालाई अन्तिम रूप दिनेगरी सहमति खोज्ने प्रयास भएको छ।  

पार्टीका सबै सांगठनिक संरचनालाई २ जेठ ०७५ अघिको संरचनामा फर्काएर एकताबद्ध रूपमा अगाडि बढाउने, सर्वाेच्च अदालतमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेश माग गर्दै दायर भएको रिटमा पार्टीका केही सांसदका तर्फबाट भएको हस्ताक्षर र प्रतिनिधिसभा विघटन दुवै अन्तर्विरोधको परिणाम भएकाले अदालतबाट आउने जुनसुकै फैसलालाई मानेर अगाडि बढ्ने र ओली नेतृत्वको वर्तमान सरकारलाई नै अगाडि बढाउने बुँदा मस्यौदामा समेटिएको स्रोतले जनाएको छ। छलफलमा संस्थापन पक्षबाट उपप्रधानमन्त्री पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य सहभागी छन्। उनीहरूले सबै विषयमा प्याकेजमा सहमति खोज्ने प्रस्ताव गरेका छन्। दुवै पक्षका नेताले ओली–नेपालकै सहमतिमा तीन बुँदामा छलफल गरेका हुन्।  

दोस्रो तहको नेताबीच छलफल चलिररहेका बेला तेस्रो तहका नेताले पार्टीभित्र देखिएको विवाद समाधान उन्मुख भएको बताएका छन्। नेपाल पक्षका केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टीलाई विभाजन गर्ने दिशामा लैजान नहुने बताए। ‘पार्टी विभाजन गर्ने दिशामा कोही पनि उन्मुख हुनुहुँदैन। त्यस विषयमा हामी सबैजना सचेत रहनुपर्छ’, उनले भने।

उता नेपाल समूह छाडेर ओली समूहमा पुगेका केन्द्रीय सदस्य विष्णु रिजालले पनि पार्टी पुरानै अवस्थामा फर्केकाले अब नेताहरूले इगो त्यागेर पार्टीभित्रै बसेर विवाद समाधान गर्नुपर्ने बताउँछन्। ‘नेकपा एमालेमा नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी पुनस्र्थापित भएका छन्, केन्द्रीय कमिटी पुनस्र्थापित भएको छ, सबै कमिटीहरू पुनस्र्थापित भएका छन् र नेताहरूमाथिको कारबाही खारेज भएको छ। आशा छ– अब नेताहरूको ‘इगो’ पनि खारेज हुनेछ र सिंगो एमाले एकीकृत रूपमा पुनस्र्थापित हुनेछ’, उनले भने।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस