संग्रह
एमालेमा मुठभेडको अवस्थाः नेपाल समूह जिम्मेवारीविहीन
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र माधवकुमार नेपाल समूहलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेका छन् । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरूलाई मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर केन्द्रीय कमिटी बैठक राखेका छन् । बैठकले नेपाल समूहका नेताहरूलाई जिम्मेवारीविहीन बनाउँदै विभिन्न विभागमा हेरफेर गरेको छ ।
बैठकमा नेपाल समूहलाई ओलीकाे निम्ता
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई चैत ७ गते बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा आउन आग्रह गरेका छन्। एमालेको महिला संगठन अखिल नेपाल महिला संघद्वारा शनिबार राजधानीमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले नेपाल समूहलाई पार्टीमा सहयोग गर्न आउन पनि आग्रह गरे।
एमालेका पुराना संरचना ब्युँताउने निर्णय
नेपाल समूहका नेताहरूसँगको अनौपचारिक छलफलपछि नै १८ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाउन लागिएको हो। २०७५ जेठ ३ गतेसम्म जो जुन पदमा थिए, सोही पदीय हैसियतमा बैठकमा सहभागी हुने गरी कार्यतालिका तय गरिएको छ।
प्याकेजमा सहमति खोज्दै नेपाल समूह
ओली समूहको बुधबारको बैठकले नेपाल समूहका केही मागलाई सम्बोधन गरेको भए पनि सल्लाहबिना नै आठजनालाई स्थायी समिति सदस्यमा मनोनयन गरेपछि नेपाल पक्ष झनै सशंकित भएको छ।