घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ७ वटा टोल बिकास संस्थाले घोराहीको मुख्य सडकमा पर्ने एक चोकलाई ‘स्वर्गद्धारी घण्टाघर चोक’ नामाकरण गर्ने निर्णय गरे। घण्टा घर निर्माण सहितको चोक निर्माण गर्ने योजना मुताबिक टोल बिकास संस्थाहरुले उक्त नामाकरणका लागि गत असोजमा वडा कार्यालयबाट अनुमती पनि लिए।
चोक निर्माण समिति निर्माण गरेरै अगाडी बढेका टोल बिकास संस्थाहरुले ‘स्वर्गद्धारी घण्टाघर चोक’ निर्माणास्थल भनेर त्यहाँ बनाउने भनिएको घण्टाघरको फोटोसहित बोर्ड गाडे। तर घोराही उपमहानगरपालिका शुक्रबार उक्त बोर्ड फालिदियो। ‘हामीहरु सात वटा टोल बिकास संस्थाले निर्णय गरेर चोक निर्माण गर्ने भनेका थियौँ, र वडाबाट अनुमती पनि लियौँ,’ निर्माण समितिका अध्यक्ष नरेश श्रेष्ठले भने ‘तर घोराही उपमहानगरपालिका आएर हामीहरुले गाडेको बोर्ड फालिदियो।’ उपमहानगरपालिकाले प्रहरीको सहयोग लिएर चोकको नामाकरण गरिएको बोर्ड उखेलेर फालिएपछि स्थानीयहरु आक्रोशित बने।
शनिबार उक्त चोकमै स्थानीयहरुले उपमहानगरपालिकाविरुद्ध विरोध सभानै गरे। साथै उनिहरुले उक्त स्थानमा कालो झण्डा गाडे। स्थानीयहरुले वडाकै अनुमती लिएर चोकको नामाकरण गर्न खोज्दा पनि उपमहानगरले नमान्नुमा उसको राजनीति प्रष्टै देखिन्छ। टोल बिकास संस्थाहरुको निर्णय लत्याउँदै उसले कम्युनिष्ट नेता नेत्रलाल अभागी चोक नामाकरण गर्न चाहेको छ। ‘उपमहानगरपालिकाले गरेको यो बिशुद्ध राजनीति हो,’ टोल बिकास संस्थाहरुले बनाएको निर्माण समितिका अध्यक्ष श्रेष्ठले भने ‘हामीहरुले अनुमती लिएर काम गर्न थाल्दा समेत उपमहानगरले तानाशाही शैली प्रस्तुत गर्यो।’
यता घोराही उपमहानगरपालिकाले भने नगर कार्यपालिकाको बैठकले नै नेत्रलाल अभागी चोक नामाकरण गर्ने निर्णय गरेकाले उक्त स्थानमा अरु कुनै नामाकरण नहुने बताउँछ। ‘घोराही उपहानगरको नगर कार्यपालिका बैठकले उक्त चोक नेत्रलाल अभागी नामाकरण गर्ने भनेर निर्णय गरिसकेको हो,’ उपमहानगरका मेयर नरुलाल चौधरीले भने ‘त्यसैले उक्त चोकको नाम अरु केही रहन्न।’ तर स्थानीय टोलबासीहरुले गत असोजमा निर्णय गरिसकेपछि गत माघमा उपमहानगरले बल्ल चोकको नामबारे निर्णय गरेको टोलबासीहरु बताउँछन्।
उक्त चोकमा नेत्रलाल अभागीको शालिक राख्नका लागि उपमहानगरले काम गरिरहेको छ। यो चोक देखि पूर्वमा बिपी चोक रहेको र नारायणपुरमा कांग्रेस नेता खुमबहादुर खड्काको नाममा चोक नामाकरण गरिएको प्रति उपमहानगरले कुनै असहमती नराखेको मेयर बताउँछन्। ‘घोराहीमै बिपी चोकको नाम राखियो, उपमहानगरले केही बजेट पनि विनियोजन गर्यो, नारायणपुरमा खुमवहादुर खड्काको नामबाट नामाकरण गरियो, त्यहाँ पनि उपमहानगर केही बोलेन,’ उनले भने ‘त्यसैले बिगतमा समाजमा केही राम्रो काम गरेका ब्यक्तिहरुको नामबाट चोकको नामाकरण गर्नका लागि यो चोकमा नेत्रलाल अभागीको नाम राख्न खोजिएको हो।’
यो चोकमा मात्रै हैन, यो उपमहानगरपालिका घोराहीका बिभिन्न चोकमा ‘नामको राजनीति’ गर्न खप्पिसै छ। सार्वजनिक चोकमा आफूले भनेकै नाम रहनु पर्ने अडानमा रहने यो उपमहानगरले स्थानीयले जुराएको नामलाई कदापी स्वीकार्नै सक्दैन। घोराहीको मुख्य चोकमा पनि यो उपमहानगरपालिका टोल बिकास संस्था तथा अन्य साहित्यिक संस्थाहरुलाई पेलेरै अगाडी बढ्यो। टोलबासीहरुले आदीकबि भानुभक्त आचार्यको शालिक राख्न खोजेको यो चोकमा उपमहानगरले घोँडाको प्रतिमा राख्ने निर्णय गरेको छ। त्यसोत, यो चोकको पुरानो नाम भानु चोकनै हो। टोल बिकास संस्थाहरुले यो चोकको पुरानै नाम कायम गर्दै भानुभक्तको शालिक राख्ने निर्णय गरेका थिए। तर भानुभक्तको स्थानमा घोँडाको शालिक राख्न चाहेको उपमहानगरले घोराही चोक नामाकरण गर्ने निर्णय गरेको छ।
‘हामीहरुले यो चोकको पुरानै नाम कायम गरौँ र भानुभक्तको शालिक राखौँ भनेर प्रस्ताव गर्यौँ,’ यो अभियानमा रहेका किशोर चन्द्र गौतमले भने ‘तर पुरानो नाम परिवर्तन गरेर घोराही चोक नाम राख्ने र त्यहाँ घोँडाको प्रतिमा राख्ने भनेर उपमहानगरले निर्णय गरेछ।’ मेयर चौधरीले पनि उक्त चोकमा घोँडाको प्रतिमा राख्ने र सेतो घोँडाको प्रतिमा तयार भैरहेको बताए। ‘सेतो घोँडाको शालिक राख्ने निर्णय भैसकेको छ,’ उनले भने।
घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त छन्। करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आउनुभएको हो। घरको काम सकेर बचेको समय यहीँ व्यवसायमा उनीहरुको दैनिकी बित्ने गरेको छ।
यस सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० महिलाले पनि नियमित रुपमा काम गर्दै आएका छन्। ‘उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्छिन्’,उनले भनिन्, ‘अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ।’ बजारीकरणका लागि त्यति समस्या नहुने गरेको उनले बताइन्।
‘पहिले घरको चुलोचौकोमा आफूसँगै अरू दिदीबहिनीहरुको दिन बित्थ्यो, अहिले भने उद्यागेले सीपसँगै आम्दानी पनि राम्रो दिएको छ’, उनले भनिन्,‘अहिले घरको सबै काम सकेर श्रीमानले पनि सहयोग गर्ने भएको हुँदा झनै सहज हुने गरेको छ।’ उनको दम्पतीले मासिक १५ हजार आम्दानी गर्दै आएका छन्।
दुनाटपरी व्यवसायमा जोडिएका अन्य महिलाले पनि मासिक रु १०/१२ हजार आम्दानी गरिरहेका छन्। चाडपर्वको समयमा मागअनुसारको बजार पु¥याउन समस्या हुने उनको भनाइ छ। मेहनत र दुःखअनुसारको मूल्य पाउन नसक्दा समस्या हुने गरेको उनले सुनाइन्। उत्पादित ठूलो बौत्तालाई साढे दुई र एक सय वटा भएको प्याकेटलाई साढे दुई सयमा बिक्री गरिएको छ।
यसैगरी,टपरी पाँचका दरले बिक्री हुने गर्दछ। दुनाटपरी उद्योगमा दुई मेसिनमार्फत उत्पादन गरिन्छ। उद्योगमा मेसिन चलाउन, वनबाट पात टिपेर ल्याउन श्रीमतीलाई सहयोग गर्दै आएको शान्तिका श्रीमान् खुशीराम बताउछन्। घरमा दुवै जना मिलेर काम गर्दा सहज हुने गरेको उनको अनुभव छ।
मेसिन बिग्रेमा कुनै सामान लिनु परेमा भारतसम्म खुशीराम नै जान्छन्। उत्पादन गरेका दुनाटपरी घोराहीका विभिन्न होटल तथा मःमः पसलमा पठाउने गरिएको उनले बताए। कतिपय घरमै पनि लिने आउने गर्दछन्। जिल्लामा सञ्चालित मेला महोत्सवमा बढी बिक्री हुने गरेको छ।
प्लास्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै सालका पातबाट बनाइने दुनाटपरीले वातावरणलाई पनि स्वस्थ्य बनाउन यस दुनाटपरी उद्योगले सहयोग पु¥याउँदै आएको छ। विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा दुनाटपरी अहिले पनि प्रयोग हुँदै आएको छ।
उद्योगमा आवश्यक कच्चापदार्थ सङ्कलनदेखि अन्य कार्यका लागि फुर्सदको समयलाई उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएको दुनाटपरी उद्योगका सदस्य ४० वर्षीया कमला चौधरीले जानकारी दिइन्। समयको सदुपयोग, सीप र आम्दानी पनि आफूले काम गरे अनुसारको प्राप्त हुने उनी बताउछिन्।
सहारा दुनाटपरी लघु उद्योगका अध्यक्ष शान्तिको प्रयासबाट सञ्चालित उद्योगले स्वरोजगार प्रदान गर्नाका साथै परम्परागत दुनाटपरीको संरक्षण भएको उनको भनाइ छ। खेर जाने सालको पातलाई प्रयोगमा ल्याएर आम्दानीको पाटोलाई बढाउन पाउँदा खुशी व्यक्त गर्छिन्।-रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।