नेकपा (एकीकृत समाजवादी) की नेता तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले मानवीय श्रम बिना कुनै वस्तुको मूल्य नहुने बताएकी छन्।
मे दिवसको सन्दर्भलाई सम्झिँदै झाँक्रीले फेसबूकमा लेखेकी छन्, 'मानवीय श्रम बिना कुनै पनि बस्तुको मूल्य हुँदैन। श्रम र श्रमिक बिना कुनै पनि वस्तु र सेवा उपलब्ध हुँदैन। यिनै महान् श्रमिकप्रति समर्पित छ आजको दिन 'मे फस्ट। श्रम र श्रमिकप्रति हार्दिक सम्मान।'
उनी अगाडि लेख्छिन्, 'नेपालमा हामीले भोगेको ऐतिहासिक रूपमा रहेको समस्या पुँजीको निर्माण, उत्पादन र रोजगारीको हो। जसले गर्दा श्रम बजार औपचारिक रूपमा विकास भएकै छैन। हरेक राजनिती परिवर्तनपछि हामी वितरण कुरा गर्यौँ तर, पूँजीको विकास र उत्पादनको नीति राम्रो भएन। पुँजी र उत्पादन बिना के बाँड्ने ? यही समस्याबाट हामी गुज्रिरह्यौँ।'
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस हो। नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेकपा एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले नेतृ रामकुमारी झाँक्रीले ‘सुध्रिन्छु’ भने पार्टीले माफी मिनाहा दिने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पाण्डेले झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको कुराले स्वयं झाँक्रीलाई नै नोक्सानी गरेको तर्क गर्दै अब सुध्रिने प्रतिबद्धता व्यक्त गरे माफी मिल्ने बताएका हुन्।
‘उहाँले जे बोल्नुभयो, त्यसले उहाँलाई नोक्सान गरेको छ । सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन,’ नेता पाण्डेले भने।
नेपाल अहिले पनि देशको अग्रणी नेता भएको र उनलाई भ्रष्टाचारी भनेको धेरै मान्छेले नरुचाउने पनि उनले बताए। ‘तर, उहाँ(झाँक्री)ले अध्यक्षविरुद्ध मरेको सिनो भनेर समेत भन्नुभयो, मानवीय हिसाबले पनि त्यस्तो शब्द प्रयोग गरिँदैन,’ उनले भने।
यस सम्बन्धमा पार्टीको सचिवालय बैठक बसेर छलफल गरेको पनि सचिव पाण्डेले बताए। उनले भने, ‘यदि उहाँ सुध्रिने हो भने लिखित रूपमा यो कुरा नदोहो¥याउने गरी र अब यस्ता शब्दहरू निस्किँदैनन् भन्नुभयो भने स्पष्टीकरणबाट माफी मिनाहा गर्ने सोचमा छौँ ।’ झाँक्रीमाथि कारबाही हुने÷नहुने कुरा उनले दिने जबाफमा भर पर्ने पनि उनले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।