रामकुमारी झाँक्रीलाई आन्दोलनरत शिक्षकको प्रश्न : रमिता तपाईंले देखाएको कि हामीले ?
०६ वैशाख २०८२
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
रामकुमारी झाँक्रीलाई आन्दोलनरत शिक्षकको प्रश्न : रमिता तपाईंले देखाएको कि हामीले ?

पूर्वमन्त्री रामकुमारी झाँक्रीले रमिता बढी भएको भन्ने टिप्पणीप्रति आन्दोलनरत शिक्षकहरुले आपत्ति जनाएका छन् । नेकपा (एकीकृत समाजवादी)की नेता झाँक्रीलाई विगतका तीन वटा उदाहरण प्रस्तुत गर्दै आन्दोलनका एक सक्रिय शिक्षक बिश्वर सिंह मेवाहाङले रमिताको सही अर्थ खोज्न आग्रह गरेका हुन् ।  

उनले लेखेका छन्, 'शिक्षकहरुले बढी नै रमिता देखाए भन्ने तपाईंको टिप्पणी सुनेर "रमिता" भन्ने शब्दको परिभाषा नै के हो भन्नेमा म कन्फ्युज्ड भएको छु । मेरा केही कन्फ्युजन निम्न बमोजिम छन् ।' 

आफूहरुले गरेका हरेक आन्दोलन महत्त्वपूर्ण हुने चर्चा गर्दै मेवाहाङले भनेका छन्, 'आन्दोलनबाट उदाएको तपाईं जस्तो नेताले हाम्रो आन्दोलनलाई रमिता भन्नू मानसिक स्खलन बाहेक केही होइन ।'

शिक्षक बिश्वर सिंह मेवाहाङको सामाजिक सञ्जालबाट

आदरणीय रामकुमारी झाँक्री दिदी

सादर नमस्कार ।

शिक्षकहरुले बढी नै रमिता देखाए भन्ने तपाईंको टिप्पणी सुनेर "रमिता" भन्ने शब्दको परिभाषा नै के हो भन्नेमा म कन्फ्युज्ड भएको छु । मेरा केही कन्फ्युजन निम्न बमोजिम छन् ।

१. तपाईले २०६० को दशकमा टाउकोमा फेटा बाँधेर सडक पेटीको रेलिङ भाँच्दै राज्यसत्ता विरुद्ध ढुंगा हानिरहदा त्यो बेलाको शासकहरुले पनि तपाईंलाई " के  रमिता देखाएको" भन्थे । त्यो साच्चै रमिता थियो कि आन्दोलन ?

२. २०७७ सालमा आफ्नै पार्टीको अध्यक्षको विरुद्धमा मुखमा टेप बाँधेर हिन्दी फिल्मी शैलीमा मञ्चमा इन्ट्री गर्दा तपाईलाई तपाईकै अध्यक्षले "रमिता देखाउने केटी" भनेका थिए । त्यो साच्चै रमिता थियो कि बिद्रोह ?

३. २०७८ सालमा मन्त्री पदबाट चिप्लिदाँ पत्रकार सम्मेलन मै क्वाक्वा रुनुभएको थियो । धेरैले "के रमिता देखाएको होला" भनेर टिप्पणी गरेका थिए । त्यो साच्चै रमिता थियो कि देशप्रतिको जिम्मेवारीबोध ?

अब हाम्रो आन्दोलनको रमिताको बारेमा केही बोलौ है त । हामीले १८ औ दिनसम्म निरन्तर आन्दोलन गरिरहेका छौँ । आन्दोलनमा कोहि गीत गाइरहेका छन् , कोहि नाचिरहेका छन् , कोहि जादु देखाइरहेका छन्, कोहि टिकटक बनाइरहेका छन् । यी साना तिना क्रियाकलापलाई रमिता भन्नुहुन्छ भने त्यो पनि स्वीकार छ । तर हामीले त जम्मा १८ दिन भो रमिता देखाएको , तपाईंहरुले कति वर्ष भो रमिता देखाएको यो देशमा ? तपाईंहरुको रमिता हेर्न नसकेर प्रत्येक दिन ३ हजार बढी युवाले देश छाड्ने गरेको देख्नु भएको छ ?

हाम्रो रमिता के को लागि हो भनेर तपाई जत्तिको राजनीतिज्ञले बुझ्न सक्नु भएन भने अरु नेताले के बुझ्लान । तपाईंहरु आफैले लेखेको संबिधानमा तीन वर्ष भित्र आवस्यक सम्पुर्ण कानुन निर्माण गरिसक्ने भन्ने बाध्यकारी प्रावधान उल्लेख गरिएको छ । दस वर्ष बितिसक्दा पनि एउटा शिक्षा ऐन बनाउन नसक्नुमा आत्मग्लानी हुदैन ? तपाई आफू एक चोटी सांसद हुँदा र एक चोटि मन्त्री हुँदा शिक्षा ऐन निर्माणको लागि के  के भुमिका खेल्नु भयो भन्ने हेक्का छ ?

मलाई लाग्थ्यो तपाईं  विद्यार्थी राजनीतिबाट आएको हुनाले नेपाली शिक्षा क्षेत्रको सम्पूर्ण समस्या, विकृती, बिसंगती राम्ररी बुझ्नु हुन्छ । यसको निराकरणको लागि कस्तो कानुन बनाउने भन्ने बारे तपाईंबाट गम्भीर सुझाबहरु आउनु पर्थ्यो । तर तपाईं पनि शासक भइसक्नु भएछ । आदेश दिन थाल्नु भयो । आदेश दिनु शासकहरुको विश्वव्यापी विषेशता हो । शासकहरुले समस्या सुल्झाउदैन, बल्झाउछ मात्र ।

र अन्त्यमा दिदी,

आफूले गरेका हरेक आन्दोलन आफ्नो लागि गौरवपुर्ण हुन्छ । तपाई आफूले २०५० सालदेखी अहिलेसम्म गरेका आन्दोलनहरु सम्झेर ल्याउनुस त, के ती आन्दोलनहरु तपाईंको लागि गौरवपुर्ण छैनन् ? कि तपाईंलाई आफुले गरेको आन्दोलनप्रती घृणा र पश्चताप छ ? हामी शिक्षकहरुले २०३६ सालदेखी निरन्तर आन्दोलन गरिरहेका छौ । आन्दोलनबाटै प्राप्त  उपलब्धिको कारण हामी नेपाली शिक्षलहरु यतिको हैसियमा छौँ । हाम्रो आन्दोलनलाई तपाईं रमिता भन्नुस या तमासा, हाम्रो आन्दोलन हाम्रो लागि गौरवपुर्ण छ । आन्दोलनबाट उदाएको तपाईं जस्तो नेताले हाम्रो आन्दोलनलाई रमिता भन्नू मानसिक स्खलन बाहेक केही होइन । आगे उप्रान्त तपाईंको जय होस ।

यो पनि पढ्नुहोस्

नेतृ झाँक्री भन्छिन् : अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो

अर्को समाचार
शिक्षा विधेयक पारित गर्न सरकारलाई शिक्षकहरूको अल्टिमेटम
०२ साउन २०८२
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
शिक्षा विधेयक पारित गर्न सरकारलाई शिक्षकहरूको अल्टिमेटम

नेपाल शिक्षक महासंघले साउन २१ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई अल्टिमेटम दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले साउन २१ गतेभित्र विधेयक पारित नभए विगतको भन्दा कडा आन्दोलनमा जाने चेतावनी दिएको हो । उसले आन्दोलनको स्वरुप र कार्यक्रमहरु पछि सार्वजनिक गर्ने बताएको छ ।  

गत वैशाख १७ गते भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै महासंघले विधेयक पारितका लागि अल्टिमेटम दिएको हो । पत्रकार सम्मेलनमा शिक्षक प्रतिनिधिहरुले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने प्रतिवद्धताबाट सरकार आफैं पछि हटेको र समयसीमा सकिएको दुई सातासम्म पनि शिक्षकहरुलाई नै दोषी देखाएर सरकार उम्कन खोजेको दाबी गरेका हुन् । 

साउन २१ गतेभित्र विधेयक पारित नभए पुनः आन्दोलनमा जानुको विकल्प नहुने उनीहरुको भनाइ छ ।  सहमति कार्यान्वयनमा सरकार इमान्दार नभएको बताउँदै उनीहरुले शिक्षकहरुलाई बाधक देखाउँदै शिक्षा समितिमा विधेयक अल्झाउनु गलत भएको तर्क गरे ।  

सहमतिअनुसार, अस्थायी शिक्षकलाई स्थायी गर्ने प्रक्रिया। स्थायी शिक्षकको बढुवा, विभागीय कारबाही, विद्यालय कर्मचारीको व्यवस्थापन, इसीडीका शिक्षकहरुको व्यवस्थापन, ट्रेड युनियन अधिकारलगायतका विषयमा अहिले षडयन्त्र भइरहेको उनीहरुको दाबी छ । लिखित सहमति कार्यान्वयनमा पनि गम्भीर नदेखिनु सरकारको लाचारीपन भएको बताउँदै शिक्षक महासंघले आन्दोलन गर्नुको विकल्प नहुने बताएको हो ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस