रामकुमारी झाँक्रीले केही दिनअघि लुम्बिनी प्रदेशको कार्यक्रममा दिएको अभिव्यक्तिले नेकपा एकीकृत समाजवादीभित्र हलचल चलिरहेको छ। पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि झाँक्रीले नेपाललाई पद छाड्नुपर्ने बताएकी थिइन्।
तर, त्यसअघि नै नेकपा एसले अध्यक्ष नेपालमाथिको मुद्दा राजनीतिक प्रतिशोध रहेको व्याख्या गर्दै पदबाट अलग हुनु नपर्ने निष्कर्ष निकालेको थियो।
यद्यपि त्यो कार्यक्रममा झाँक्री त्यत्तिमा रोकिएकी थिइनन्, उनले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन्।
यसै विषयलाई लिएर अध्यक्ष नेपालले पहिलो पटक शुक्रवार मुख खोलेका छन्। पार्टी निकट अनेरास्ववियूको कार्यक्रममा बोल्दै नेपालले झाँक्रीको नाम नलिएर निकै खरो अभिव्यक्ति दिए।
‘हाम्रो पार्टीका बारेमा केही मान्छेहरूले नकारात्मक टिप्पणी गर्छन्। कसै कसैले यो पार्टीको भविष्य छैन भन्छन्। कसै कसैले यो पार्टी चल्दैन भन्छन्,’ नेपालले भने, ‘यस्ता भन्नेहरू विभिन्न कालखण्डमा देखा पर्ने गर्छन्। सबै मान्छेमा उत्तिकै विश्वास हुँदैन। सबै मान्छेमा त्यत्तिकै आत्मविश्वास पनि हुँदैन।’
झाँक्री लक्षित गरेर भनेको यो प्रसङ्गलाई नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो प्रसंगसँग पनि जोड्न भ्याए। ‘तपार्ईहरूलाई थाहा होला २०६२ सालमा नेकपा एमालेले राजतन्त्रलाई ढाल्ने निर्णय ग¥यो। गणतन्त्रको नीतिमा अगाडि बढ्नुपर्छ भन्ने निर्णय गर्दै थियो । त्यही भित्र बसेका केही मान्छेहरूले यो असम्भव छ भनिरहेका थिए। यो पार लाग्दैन भनिरहेका थिए’, उनले भने।
त्यो बेला ओलीले भनेको भनिएको ‘बयलगाडा’को प्रसंग पनि नेपालले उल्लेख गरे। उनले भने, ‘बाहिर गएर भाषण पनि गरे–जसरी बयलगाडा चढेर वासिंगटन पुगिँदैन, त्यसै गरेर आन्दोलन गरेर राजालाई ढाल्न सकिदैन्।तर हामीले त्यो चुनौती स्वीकार ग¥यौँ। र हामीले भन्यौँ–हेर्दै जानुस् तपाई विरोध गर्दै जानुस् हामी राजतन्त्रलाई ढाली छाड्छौँ।’
त्यसपछि नेपालले पार्टीभित्र ‘हिम्मत नभएका काँतरले बाटो छाड्नुपर्ने’ पनि भने। ‘हिम्मत नभएकाहरूले बाटो छोड्नुपर्छ। आँट नभएकाहरूले मैदान खाली गर्नुपर्छ। काँतर मान्छेको कुनै काम छैन,’ अध्यक्ष नेपालले भने, ‘हिम्मतहारा मान्छेको कुनै काम छैन। यो पार्टी हिम्मत भएका मान्छेको पार्टी हो।’ काँतर र पार्टीलाई बरबाद पार्नेहरूलाई, पार्टीभित्र अन्तर्घात गर्नेहरूलाई सबैले चिन्नुपर्ने नेपालले अगाडि भने।
‘र, त्यस्तालाई साथ दिनेहरू, त्यस्तालाई प्रोत्साहन दिनेहरू, त्यस्ताको पुच्छर समातेर हिँड्नेहरू कोको छन् त्यो पनि पत्ता लगाउनुपर्छ,’ नेपालले भने।
झाँक्रीको अभिव्यक्तिलाई उनले ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार’ भनेर पनि टिप्पणी गरे। नेपालले अगाडि भने, ‘फुलको आँखा हुनेले सबैतिर मगमग फुलको बास्ना महसुस गर्छन्, काँडाको आँखा हुनेले थुक्न र बान्ता गर्न मात्रै आउँछ। कुरा बुझ्नुभयो कि भएन, संकेतले मात्रै भनेको।’
आफूलाई अदालतमाथि विश्वास रहेकाले त्यो विषयमा धेरै चिन्ता नरहेको पनि बताए। तर चेतावनी दिनेसँग सहजै लड्ने उनले बताए।
नेकपा एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले नेतृ रामकुमारी झाँक्रीले ‘सुध्रिन्छु’ भने पार्टीले माफी मिनाहा दिने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पाण्डेले झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको कुराले स्वयं झाँक्रीलाई नै नोक्सानी गरेको तर्क गर्दै अब सुध्रिने प्रतिबद्धता व्यक्त गरे माफी मिल्ने बताएका हुन्।
‘उहाँले जे बोल्नुभयो, त्यसले उहाँलाई नोक्सान गरेको छ । सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन,’ नेता पाण्डेले भने।
नेपाल अहिले पनि देशको अग्रणी नेता भएको र उनलाई भ्रष्टाचारी भनेको धेरै मान्छेले नरुचाउने पनि उनले बताए। ‘तर, उहाँ(झाँक्री)ले अध्यक्षविरुद्ध मरेको सिनो भनेर समेत भन्नुभयो, मानवीय हिसाबले पनि त्यस्तो शब्द प्रयोग गरिँदैन,’ उनले भने।
यस सम्बन्धमा पार्टीको सचिवालय बैठक बसेर छलफल गरेको पनि सचिव पाण्डेले बताए। उनले भने, ‘यदि उहाँ सुध्रिने हो भने लिखित रूपमा यो कुरा नदोहो¥याउने गरी र अब यस्ता शब्दहरू निस्किँदैनन् भन्नुभयो भने स्पष्टीकरणबाट माफी मिनाहा गर्ने सोचमा छौँ ।’ झाँक्रीमाथि कारबाही हुने÷नहुने कुरा उनले दिने जबाफमा भर पर्ने पनि उनले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।