नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आत्मविश्वास नहुने मान्छेले आफ्ना पार्टीका बारेमा नकारात्मक टिप्पणी गरिरहेको बताएका छन्। शुक्रवार अनेरास्ववियुको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
‘हाम्रो पार्टीका बारेमा केही मान्छेहरूले नकारात्मक टिप्पणी गर्छन्। कसै कसैले यो पार्टीको भविष्य छैन भन्छन्। कसै कसैले यो पार्टी चल्दैन भन्छन्,’ नेपालले भने, ‘यस्ता भन्नेहरू विभिन्न कालखण्डमा देखा पर्ने गर्छन्। सबै मान्छेमा उत्तिकै विश्वास हुँदैन। सबै मान्छेमा त्यत्तिकै आत्मविश्वास पनि हुँदैन।’ उनको यो भनाई कसलाई भनेको हो ? भन्ने प्रस्ट नभने नि पार्टी नेतृ रामकुमारी झाँक्रीलक्षित थियो।
यसै विषयमा अध्यक्ष नेपालले पुरानो प्रसङ्ग पनि स्मरण गरे। ‘तपार्ईहरूलाई थाहा होला २०६२ सालमा नेकपा एमालेले राजतन्त्रलाई ढाल्ने निर्णय ग¥यो। गणतन्त्रको नीतिमा अगाडि बढ्नुपर्छ भन्ने निर्णय गर्दै थियो,’ उनले भने, ‘त्यही भित्र बसेका केही मान्छेहरूले यो असम्भव छ भनिरहेका थिए। यो पार लाग्दैन भनिरहेका थिए।’
बाहिर पनि त्यस्ता मान्छेले भाषण गर्दै हिँडेको उनले बताए। ‘र, बाहिर गएर भाषण पनि गरे–जसरी बयलगाडा चढेर वासिंगटन पुगिँदैन, त्यसै गरेर आन्दोलन गरेर राजालाई ढाल्न सकिदैन्’, नेपालले भने।
यो प्रसङ्गमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गर्न खोजेका छन्। उनले अगाडि भने, ‘हामीले त्यो चुनौती स्वीकार ग¥यौँ। र हामीले भन्यौँ–हेर्दै जानुस् तपाई विरोध गर्दै जानुस् हामी राजतन्त्रलाई ढाली छाड्छौँ।’
प्रधानमन्त्री ओलीले त्यति बेला एमालेले गणतन्त्रको नीति लिँदा ‘बयलगाडा चढेर वासिंगटन पुग्नु र राजतन्त्र ढाल्नु एकै भएको’भनेर अभिव्यक्ति दिएको चर्चा हुने गर्छ।
नेकपा एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले नेतृ रामकुमारी झाँक्रीले ‘सुध्रिन्छु’ भने पार्टीले माफी मिनाहा दिने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पाण्डेले झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको कुराले स्वयं झाँक्रीलाई नै नोक्सानी गरेको तर्क गर्दै अब सुध्रिने प्रतिबद्धता व्यक्त गरे माफी मिल्ने बताएका हुन्।
‘उहाँले जे बोल्नुभयो, त्यसले उहाँलाई नोक्सान गरेको छ । सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन,’ नेता पाण्डेले भने।
नेपाल अहिले पनि देशको अग्रणी नेता भएको र उनलाई भ्रष्टाचारी भनेको धेरै मान्छेले नरुचाउने पनि उनले बताए। ‘तर, उहाँ(झाँक्री)ले अध्यक्षविरुद्ध मरेको सिनो भनेर समेत भन्नुभयो, मानवीय हिसाबले पनि त्यस्तो शब्द प्रयोग गरिँदैन,’ उनले भने।
यस सम्बन्धमा पार्टीको सचिवालय बैठक बसेर छलफल गरेको पनि सचिव पाण्डेले बताए। उनले भने, ‘यदि उहाँ सुध्रिने हो भने लिखित रूपमा यो कुरा नदोहो¥याउने गरी र अब यस्ता शब्दहरू निस्किँदैनन् भन्नुभयो भने स्पष्टीकरणबाट माफी मिनाहा गर्ने सोचमा छौँ ।’ झाँक्रीमाथि कारबाही हुने÷नहुने कुरा उनले दिने जबाफमा भर पर्ने पनि उनले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।