भारतमा कोरोना भाइरसबाट थप झण्डै १६ हजार नयाँ सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ सङ्क्रमित भएका हुन्।
मन्त्रालयका अधिकारीहरूले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमण मुक्त भएकाहरूको सङ्ख्या २० हजार १८ रहेको जानकारी दिएका छन्। एउटै समयमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमण मुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको छ।
संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले पनि एक लाख १९ हजार २६४ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ। त्यसैगरी कोरोना भाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख २६ हजार ९९६ पुगेको मन्त्रालयको भनाइ छ।
पछिल्लो एक दिनमा तीन लाख ६२ हजार ८०२ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।
भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को सङ्क्रमित संख्या तीन लाख १४ हजार ८ सय ३५ जना थपिएपछि कुल सङ्क्रमितको संख्या एक करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ।
सोही अवधीमा भारतमा कोरोनाबाट २ हजार १ सय ४ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या १ लाख ८४ हजार ६ सय ५७ जना पुगेको छ। भारतमा कोरोना भाइरस सङ्क्रमण सुरु भएयता एकै दिनमा ३ लाख भन्दा बढी व्यक्ति सङ्क्रमित भएका यो पहिलो पटक हो।
कोरोना माहामारी सुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ। यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए।
भारतमा बुधबारुसम्म सक्रिय सङ्क्रमितको संख्या २२ लाख ९१ हजार ४ सय २८ रहेको छ। यहाँ हालसमम एक करोड ३४ लाख ५४ हजार ८ सय ८० व्यक्ति कोरोना मुक्त भएका छन्।भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड २३ लाख ३० हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन्। कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ।
भारतमा अहिले कोभिसिल्ड,कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन्। रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन्।
भारतमा बुधबार मात्रै १६ लाख ३९ हजार ३ सय ५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ। अप्रिल २१ सम्म कूल २७ करोड २० लाख भन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ।
भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ। दिल्लीमा मङ्गलबार एकै दिनमा २८ हजार ३९५ जना कोरोना भाइरस सङ्क्रमित भएका २७७ जनाको मृत्यु भएको छ। भारतको दिल्लीमा कोरोना सुरु भएपछि हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार ६३८ जनाको मृत्यु भइसकेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।