राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) र वीर अस्पताल चार महिनादेखि पदाधिकारीविहीन हुँदा अस्पताल सेवामा समस्या परेको छ।
अस्पतालका अनुसार दुई साताअघि न्याम्सको उपकुलपतिको रूपमा अस्पतालकै रेडियोलोजिस्ट डा. विवेककुमार आचार्य नियुक्त भएका छन्। बाँकी अन्य पदहरू भने रिक्त रहेका छन्। गत वैशाखमा पूर्वपदाधिकारीहरूको कार्यकाल सकिएपछि न्याम्स तथा वीर अस्पताल पदाधिकारीविहीन बनेको हो।
अन्य पदाधिकारी रिक्त हुँदा अस्पतालका खरिद तथा टेन्डर प्रक्रियाको काम अघि बढ्न नसक्दा आवश्यक उपचार उपकरण तथा सामग्री खरिद हुन नसकेको अस्पतालका डा. प्रकाश बुढाथोकीले बताए।
उनका अनुसार अस्पतालको ल्याब तथा अन्य सेवामा आवश्यक रिएजेन्ट खरिद गर्न, अपरेसन थिएटरको ओटी टेबल र भेन्टिलेटरलगायतका उपकरण खरिद गर्न सकिएको छैन। यी उपकरण जुनसुकै बेला खरिद गर्नुपर्ने हुँदा समस्या पर्ने गरेको छ।
हाल अस्पतालमा निमित्त निर्देशकको रूपमा डा. प्रभा कोइरालालाई तोकिएको भए पनि निमित्त निर्देशकलाई यी उपकरण खरिद गर्ने अधिकार हुँदैन। प्राप्त अधिकार पनि छोटो अवधिका लागि आउने निर्देशकले जोखिम मोलेर काम गर्न चाहँदैनन्।
जसका कारण कतिपय सामग्री खरिद हुनै सकेका छैनन् भने भएका सामग्री पनि सीमित मात्रामा खरिद गर्दा अति महँगोमा खरिद गर्नुपरेको छ। “थोरै मूल्यका सामानहरू किने पनि खरिद प्रक्रियाबाट आउँदा सस्तो पर्छ,” डा. बुढाथोकीले भने।
यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले हालै न्याम्समा उपकुलपति नियुक्ति भएको र अन्य पदाधिकारी सिनेटको बैठकले नियुक्त गर्ने भएकाले रिक्त पदाधिकारी छिट्टै पूर्ति हुने सम्भावना रहेको जानकारी दिए।
कालीकोटको पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालको सेवा बन्द भएको छ । सेवा बन्द भएसँगै अस्पतालमा मेडिकल अफिसर डा. अली हैदर राईन काममा नफर्कने भएका छन् । अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएपछि अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको हो ।
आफ्नो ड्युटीमा खटिएका चिकित्सक र नर्सहरू माथि गत साउन २२ गते शुक्रबार दिउँसो र त्यही दिन बेलुकी क्वाटरमा नै गएर दोहोर्याएर कुटपिट तथा तोडफोड गरेको घटना बाहिर आएको थियो ।
स्थानीय मैना बमका छोरासहित केही व्यक्ति अस्पतालको ओपीडी अगाडि बसेर अस्पतालको वाइफाइ प्रयोग गरी मोबाइलमा भिडियो गेम खेलिरहेका थिए । स्वास्थ्य सेवा प्रभावित हुने भन्दै मेडिकल अफिसर डा. अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीले उनीहरूलाई अस्पतालबाहिर गएर मोबाइल चलाउन आग्रह गरे ।
यो पनि पढ्नुहोस्त्यसपछि विवाद सुरु भएको थियो । सुरक्षा गार्डले उनीहरूलाई अस्पताल परिसरबाट बाहिर निकाल्न खोज्दा चिकित्सक तथा नर्समाथि हातपात भएको अस्पताल प्रशासनले जनाएको छ ।
डाक्टर, नर्स कुटिएको पलाँता अस्पतालमा फेरि तोडफोड
ओपीडीमा रहेको भिडियो स्क्यान मेसिन, भ्याक्सिन राख्ने फ्रिज, पंखा, अस्पतालका झ्याल लगायतमा तोफफोड गरेको डा.अलीले जानकारी दिए ।
फार्मेसी पूरै तोडफोड भएको उनले बताए । ढोका फोरेर फार्मेसीभित्र छिरेर औषधि राखिएका दराज, र्याक पूरै लडाइदिएको सीसीटीभी भिडियोमा देखिन्छ ।
कुटपिट र तोडफोडमा संलग्न पलाता–९ थिर्पूकी ३२ वर्षीया मैना बम, स्थानीय तपेन्द्र बम, मैनाका पति सुशीलकुमार बम र उनका १३ वर्षीय छोरालाई प्रहरीले राति नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।