म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलाइसिस सेवा विस्तार गरेपछि म्याग्दीका मृगौलाका बिरामीहरूलाई सहज भएको छ । डायलाइसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौँका अस्पताल जाँदा हुने झन्झट, समय र खर्चको बचत भएको धवलागिरी गाउँपालिका–४ बाँसबोटका सन्तोषकुमार पुर्जाले बताए।
‘डायलाइसिस गराउन कुश्मा अस्पताल जान आउन भनेको समयमा गाडी नपाउने, समय र पैसाको खर्च हुने समस्या थियो”, उनले भने, “गत हप्तादेखि बेनीमा डायलाइसिस गराउन थालेपछि कुश्मा जाँदा हुने समय र खर्चको बचत भएको तथा झन्झट हटेको छ ।’
विसं २०७७ साउन २५ गते पाँच वटा उपकरणबाट सुरु भएको बेनी अस्पताललाई प्रदेश सरकारले हालै थप तीन वटा डायलाइसिस उपकरण उपलब्ध गराएको थियो। चालु रहेका नौ वटा मेसिनको सहायताले दैनिक ४५ जनालाई डायलाइसिस सेवा उपलब्ध गराउन सकिने अस्पतालका प्रमुख डा हेमन्त बाँस्तोलाले बताए।
‘यसअघि ३७ जनाले डायलाइसिस सेवा लिइरहेको बेनी अस्पतालमा हाल ४० जना पुगेका छन्”, उनले भने, “प्रतीक्षा सूचीमा रहेका १० जना मृगौलाका बिरामीलाई बेनीमै डायलाइसिस सेवा उपलब्ध गराउन सम्पर्क गरेका छौँ ।’
एक जना अमेरिकामा रहेका म्याग्दीका मृगौला रोगीले बेनीमै डायलाइसिस गराउन सम्पर्कमा आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँले बताए। सङ्घीय सरकारले उपलब्ध गराएको दुई वटा मध्ये एक वटा डायलाइसिस मेसिन बिग्रिएको छ।
दुई वटा मेसिनलाई जगेडामा राखिएको छ। यसअघि प्रादेशिक जनस्वास्थ्य कार्यालयको भवनको भुइँतलाको साँघुरो कोठामा डायलाइसिस सेवा सञ्चालन भएको थियो। अस्पतालको यसअघि भण्डारण कक्ष रहेको भवनमा डायलाइसिस कक्ष स्थानान्तरण गरिएको हो।
बेनीका योगनाथ शर्माले फराकिलो भवनमा डायलाइसिस गराउन सहज भएको बताए। थप स्वास्थ्यकर्मीलाई डायलाइसिस सेवा सञ्चालनसम्बन्धी तालिम, निर्माणाधीन भवनलाई पूर्णता दिएर त्यहीँबाट सेवा सञ्चालन गर्न र मृगौला रोगीहरूले एक पटक बिमा गरेर जीवनभर सेवा पाउने व्यवस्था मिलाउन आवश्यक रहेको शर्माले बताए।
म्याग्दीको प्रादेशिक अस्पताल बेनीले मिर्गौलाका बिरामीको डायलाइसिस सेवाको अवधि बढाएको छ। यसअघि दैनिक दुई चरण (सिफ्ट) मा डायलाइसिस सञ्चालन गर्दै आएको अस्पतालले तीन घण्टा समय बढाएर तीन सिफ्ट बनाएको हो।
अस्पतालका प्रमुख चिकित्सक डा रविरञ्जन प्रधानले बिहान ७ बजेदेखि राति १० बजेसम्म डायलाइसिस सेवा दिन थालिएको जानकारी दिए। ‘यसअघि बिहान १० देखि राति १० बजेसम्म डायलाइसिस सेवा सञ्चालन गर्दा ३० जनाले सेवा लिने गरेका थिए,’ उनले भने, ‘सिफ्ट बढाएपछि हाल ३५ देखि ३७ जनाले डायलाइसिस गर्न पाएका छन्।’
थप जनशक्ति र उपकरण व्यवस्थापन गरेर प्रतीक्षामा रहेका थप पाँच जना मिर्गौलाका बिरामीलाई जिल्लामै डायलाइसिस सेवा उपलब्ध गराउने प्रयासमा रहेको डा प्रधानले बताए। उनीहरू हाल डायलाइसिसका लागि बागलुङ, कुश्मा र पोखरा जाने गरेका छन्। डायलाइसिसका लागि पालो कुरेर बस्ने मिर्गौला रोगसम्बन्धी बिरामीको सङ्ख्या शून्यमा झार्ने लक्ष्य रहेको अस्पतालका प्रमुख डा प्रधानले बताए।
विसं २०७७ देखि बेनी अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सञ्चालन भएको थियो। अस्पतालमा पाँच डायलाइसिस मेसिन छन्। बेनी अस्पतालले डायलाइसिस सेवा अवधि थप गरेपछि डायलाइसिसका लागि पोखरा, बागलुङ र कुश्माको अस्पतालमा जाँदा हुने समय र खर्चको बचत भएको छ। मिर्गौलाका बिरामीले हप्तामा कम्तीमा दुईदेखि बढीमा चार पटक डायलाइसिस गर्नुपर्छ।
निजी अस्पतालमा एकपटक डायलाइसिस गराउँदा यातायात, खानाबस्नसहित गरी एक पटकमा रु आठ हजारभन्दा बढी खर्च हुन्छ। गण्डकी प्रदेशमा म्याग्दी धेरै मिर्गौला पीडित भएको जिल्लाको रूपमा समेत चिनिन्छ। अस्पतालको सम्पर्कमा करिब ४० मिर्गौलाका बिरामी छन्। रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।