आवश्यक जनशक्तिको अभावमा तेह्रथुम जिल्ला अस्पतालमा शल्यक्रियामार्फत गराइने प्रसूति (सिजेरियन) सेवा असार मसान्तदेखि पूर्ण रूपमा ठप्प भएको छ।
सेवा रोकिएपछि जटिल प्रकृतिका गर्भवतीहरू ५ देखि ६ घण्टाको जोखिमपूर्ण यात्रा गरी धरान र विराटनगरका अस्पताल धाउन बाध्य भएका छन्।
जिल्लामै पाइने सेवा रोकिएपछि सेवाग्राहीले ठूलो सास्ती र आर्थिक भार खेप्नुपरेको छ। म्याङलुङ नगरपालिका–४ पिप्लेकी निर्मला श्रेष्ठलाई प्रसूति व्यथा लागेपछि जिल्ला अस्पताल पुर्याइए पनि शल्यक्रिया सम्भव नभएपछि १० हजार रुपैयाँमा गाडी रिजर्भ गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
यस्तै, फेदाप गाउँपालिका–१ सिम्लेकी फूलमाया कार्कीले पनि स्थानीयस्तरमा सुविधा नहुँदा तराईका गर्मी ठाउँमा महँगो खर्च गरेर उपचार गराउनुपरेको गुनासो गरिन्।
अस्पताल प्रशासनका अनुसार विगत १० वर्षदेखि ‘निक साइमन’ नामक गैरसरकारी संस्थाको सहयोगमा एमडिजिपी चिकित्सक, मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन र एनेस्थेसिया असिस्टेन्ट गरी छ जना जनशक्ति व्यवस्थापन हुँदै आएको थियो।
उक्त संस्थाको परियोजना असार मसान्तमा समाप्त भएपछि अस्पताल जनशक्तिविहीन बनेको सूचना अधिकारी महेन्द्रकुमारी खड्काले बताइन्।
सामान्य अवस्थामा महिनामा ३० देखि ३५ जनाले प्रसूति सेवा लिने गरेकोमा सेवा ठप्प भएपछि चालु महिनामा हालसम्म ६ जनाले मात्रै प्रसूति सेवा लिएका छन्।
आर्थिक वर्ष २०८२/८३ मा ४४ जनाको शल्यक्रियामार्फत प्रसूति गराएको अस्पतालले हाल प्राकृतिक रूपमा सम्भव नहुने र विगतमा शल्यक्रिया भइसकेका गर्भवतीलाई बाहिर रेफर गरिरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. खड्गलाल पयाङ्गु लिम्बूले जानकारी दिए।
सिजेरियन सेवा पुनः सञ्चालनका लागि एमडिजिपी चिकित्सक उपलब्ध गराउन प्रदेश स्वास्थ्य मन्त्रालयसँग माग गरिएको र एनेस्थेसिया जनशक्ति अस्पताल विकास कोषबाटै व्यवस्थापन गर्ने तयारी भइरहेको डा. लिम्बूले बताए।
यस अस्पतालबाट तेह्रथुमका साथै छिमेकी जिल्ला सङ्खुवासभाको मादी र मूलखर्क लगायत क्षेत्रका सेवाग्राहीसमेत लाभान्वित हुँदै आएका थिए।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) र वीर अस्पताल चार महिनादेखि पदाधिकारीविहीन हुँदा अस्पताल सेवामा समस्या परेको छ।
अस्पतालका अनुसार दुई साताअघि न्याम्सको उपकुलपतिको रूपमा अस्पतालकै रेडियोलोजिस्ट डा. विवेककुमार आचार्य नियुक्त भएका छन्। बाँकी अन्य पदहरू भने रिक्त रहेका छन्। गत वैशाखमा पूर्वपदाधिकारीहरूको कार्यकाल सकिएपछि न्याम्स तथा वीर अस्पताल पदाधिकारीविहीन बनेको हो।
अन्य पदाधिकारी रिक्त हुँदा अस्पतालका खरिद तथा टेन्डर प्रक्रियाको काम अघि बढ्न नसक्दा आवश्यक उपचार उपकरण तथा सामग्री खरिद हुन नसकेको अस्पतालका डा. प्रकाश बुढाथोकीले बताए।
उनका अनुसार अस्पतालको ल्याब तथा अन्य सेवामा आवश्यक रिएजेन्ट खरिद गर्न, अपरेसन थिएटरको ओटी टेबल र भेन्टिलेटरलगायतका उपकरण खरिद गर्न सकिएको छैन। यी उपकरण जुनसुकै बेला खरिद गर्नुपर्ने हुँदा समस्या पर्ने गरेको छ।
हाल अस्पतालमा निमित्त निर्देशकको रूपमा डा. प्रभा कोइरालालाई तोकिएको भए पनि निमित्त निर्देशकलाई यी उपकरण खरिद गर्ने अधिकार हुँदैन। प्राप्त अधिकार पनि छोटो अवधिका लागि आउने निर्देशकले जोखिम मोलेर काम गर्न चाहँदैनन्।
जसका कारण कतिपय सामग्री खरिद हुनै सकेका छैनन् भने भएका सामग्री पनि सीमित मात्रामा खरिद गर्दा अति महँगोमा खरिद गर्नुपरेको छ। “थोरै मूल्यका सामानहरू किने पनि खरिद प्रक्रियाबाट आउँदा सस्तो पर्छ,” डा. बुढाथोकीले भने।
यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले हालै न्याम्समा उपकुलपति नियुक्ति भएको र अन्य पदाधिकारी सिनेटको बैठकले नियुक्त गर्ने भएकाले रिक्त पदाधिकारी छिट्टै पूर्ति हुने सम्भावना रहेको जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।