नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले सो खोप हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य सचिव डा पोखरेलले स्वीट्जरल्याण्ड सरकारले उपलब्ध गराएको खोप नेपालका सर्वसाधारणलाई लगाइने जानकारी दिए। उनले आगामी चैत मसान्तभित्रमा सबै नेपालीलाई खोप उपलब्ध गराउने बताए।
नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत क्यापलरले कोरोना भाइरसविरुद्धको रोकथाम र नियन्त्रणमा नेपाललाई सहयोग गर्दै आइरहेको बताए। स्वीट्जरल्याण्ड सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई खोप उपलब्ध गराएको हो।
कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो।
नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ। आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्। हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।