बाँकेमा कोरोना संक्रमण झन् भयावह बन्दै गएको छ। दिनहुँ संक्रमितको संख्या अत्यधिक रुपले बढिरहेको छ। वितेको २४ घण्टाभित्र नेपालगन्जका विभिन्न प्रयोगशालाबाट ३ सय २२ जना संक्रमित फेला परेका हुन्। कुल ६ सय ३२ जनाको स्वाब परिक्षण गर्दा १ सय ९४ जना पुरुष र १ सय २८ महिला गरी ३ सय २२ जना संक्रमित फेला परेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जनाएको छ। फेला परेका संक्रमित मध्ये बाँकेका मात्रै २ सय ६४ जना रहेको केन्द्रका फोकल पर्सन तेज ओलीले बताए । ‘बाँकेका मात्रै १ सय ५५ जना पुरुष र १ सय ९ जना महिला छन्,’ उनले भने।
भेरी अस्पतालको कोभिड वार्ड, आईसियु र भेन्टिलेटर सबै संक्रमितले भरिएका छन्। केन्द्रका अनुसार भेरी अस्पतालमा ८६, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २३, होटल ह्वाइट हाउस मनिकापुरमा ७, कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा ५ र होम आइसोलेशनमा ८ सय १२ जना संक्रमित रहेका छन्।
संक्रमण नियन्त्रण बाहिर गएपछि सर्बसाधारणले लकडाउन गर्न स्थानीय प्रशासनसँग माग गरिरहेका छन्। सामाजिक सञ्जालमार्फत यहाँका नागरिक समाज, बुद्धिजिवी, सर्बसाधारणले बजारमा भिडभाड कायमै रहेको हुँदा तत्काल लकडाउन गर्न माग गरेका हुन्। बजारमा किनमेल गर्ने सर्बसाधारणको भिड कायमै छ । ‘बाँकेमा कोरोना संक्रमणको अवस्था भयावह भन्दै गएको छ, तरपनि स्थानीय प्रशासन मौन छ, अब तत्काल लकडाउन गरियोस्,’ सामाजिक सञ्जालमा अधिकांसले लेखेका छन्।
थप दुई जनाको मृत्यु
तीव्ररुपमा फैलिएको कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३५ बर्षिया महिला र ७७ बर्षिय पुरुषको मृत्यु भएको हो। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दवा निवासी ३५ बर्षिया महिलाको मृत्यु भएको हो।
उनको स्वास्थ्यमा समस्या आएपछि सोमबार पिसिआर जाँच गरेर अस्पताल भर्ना गरिएको थियो। सोमबार बिहान भर्ना भएकी उनको दिउँसो मृत्यु भएको हो । महिलाको मृत्यु भएपछि बेलुका आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको केन्द्रका फोकल पर्सन तेज ओलीले बताए । यस्तै शिक्षण अस्पतालमै कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी ७७ बर्षिय पुरुषको मृत्यु भएको हो । उनको सोमबार मात्र कोरोना पोजेटिभ आएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि बिहान अस्पतालमा स्वाब दिएर घर गएका थिए। साँझ रिपोर्ट पोजेटिभ आएपछि अस्पताल जादै गर्दा ती पुरुषको सोमबार राती ९ बजेतिर शिक्षण अस्पतालको प्राङगनमै मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। यो सँगै कोरोना पोजेटिभबाट बाँकेका मृतकको संख्या ६३ पुगेको छ।
नेपालमा कोरोना भाइरसबाट एकैदिन पाँच जनाको मृत्यु भएको छ । यो मृत्यु अहिलेसम्मको धेरै हो । आजमात्र मोरङ र पर्सामा दुई/दुई जना र काठमाडाैंमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् ।
कोसी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर–९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई ज्वरो र जण्डिसको समस्या थियो । मृत्यु भइसकेपछि मात्रै कोरोना पोजेटिभ रिपोर्ट आयो र मृत्युको कारण त्यही नै देखियो, अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर चुमनलाल दासले बताए । मृत्यु भएका विराटनगरका पुरुषकी ३५ वर्षीया श्रीमतीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
रंगेली नगरपालिका–८ का ४५ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । बिरामी भएपछि उपचारका लागि कोसी अस्पताल ल्याउँदै गर्दा रंगेलीका एक पुरुषको बाटोमै मृत्यु भइसकेको, डाक्टर दासले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको बताएको थियो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षीय पुरुष रहेका छन्।
साउन १९ गते झाडापाखालाबाट ग्रस्त किरोशीलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनको स्वाव संकलन गरी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको उनले बताए । यस्तै वीरगञ्ज ५ का ४६ का पुरुषको साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
केही वर्षदेखि मधुमेहका रोगी ती पुरुष ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । १९ गते स्वाव संकलन गरिएकोमा त्यही दिन कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपनि उनको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।