संग्रह
कोरोना संक्रमण झन् भयावह: एकैदिन ३ सय २२ संक्रमित फेला, थप दुईको मृत्यु
बाँकेमा कोरोना संक्रमण झन् भयावह बन्दै गएको छ। दिनहुँ संक्रमितको संख्या अत्यधिक रुपले बढिरहेको छ। वितेको २४ घण्टाभित्र नेपालगन्जका विभिन्न प्रयोगशालाबाट ३ सय २२ जना संक्रमित फेला परेका हुन्। कुल ६ सय ३२ जनाको स्वाब परिक्षण गर्दा १ सय ९४ जना पुरुष र १ सय २८ महिला गरी ३ सय २२ जना संक्रमित फेला परेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जनाएको छ।
कोभिड वार्ड खचाखच, लकडाउन गर्न चिकित्सकको सुझाव
सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। ‘अब कम्तीमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजक डा.पाण्डेले भने।