चिकित्सा शिक्षा आयोगको टोली जुम्लामा
२८ चैत्र २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
चिकित्सा शिक्षा आयोगको टोली जुम्लामा

चिकित्सा शिक्षा आयोगको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेको छ। कर्णाली प्रतिष्ठानमा एमबीबीएस अध्ययनको लागि आवश्यक तयारी बारे अनुगमन गर्न डा. सतिसकुमार देवको टोली जुम्लामा पुगेको हो।  

टोली डा. कालुसिंह खत्री, डा.पवन हमाल, डा. प्रकाश थापा, डा.प्रतिक ज्ञावली र नेपालगञ्ज नर्सिङ क्याम्पसका एक प्रतिनिधिसहितको टोली जुम्ला पुगेको हो।

टोलीले जुम्लामा एमबीबीएस पठनपाठनका लागि चाहिने बिरामी संख्या, अस्पतालको अवस्था, अस्पतालले गर्ने सेवा प्रवाहको अवस्था, शिक्षक, कक्षाकोठा, बेसिक साइन्सका लागि आवश्यक भौतिक संरचना र ल्याव तथा उपकरणहरुको अनुगमन गर्नेछ।  

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्ले एमबीबीएस पठनपाठनका लागि आवश्यक तयारी पूरा भइसकेको बताए। उनले भने,‘पाँच महिनादेखि चिकित्सा शिक्षा आयोगको टोलीको प्रतिक्षामा थियौँ। कोरोनाका कारण ढिलो भयो।’

टोलीले कर्णाली प्रतिष्ठानको स्थलगत अनुगमनपछि प्रतिबेदन तयार पारेर आयोगमा पेस गरेपछि सिट निर्धारण गर्नेछ। रजिष्ट्रार काफ्लेले भने,‘ यही शैक्षिक सत्रबाट पठनपाठन सुरु हुने तयारीका साथ काम भएको छ।’

प्रतिष्ठानका रेक्टर डा. निरेश थापाले एमबीबीएस पढाइ सुरु गर्नको लागि आवश्यक तयारी भइरहेको बताए। उनले भने,‘सके जतिको सबै तयारी भइरहेको छ। आशा छ यही शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनको लागि आयोगले अनुमति दिनेछ।’

एमबीबीएस अध्ययनको लागि चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगेपछि कर्णालीवासी उत्साहित छन्। यहाँ अध्ययन गरेको डाक्टरले स्वास्थ्य शिक्षा लिएर स्वास्थ्य सेवा दिन पाउने भएकोमा कर्णालीवासी खुसी छन्। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत कर्णालीमा एमबीबीएस पठनपाठन सुरु हुनु निकै खुसीको विषय भएको बताए।  

उनले भने,‘एक त कर्णालीमा डक्टर पढ्न सुगमका विद्यार्थी आउने भए। कर्णालीका युवाले डक्टर पढ्न जिल्ला बाहिर महंगो खर्चेर जानु परेन। कर्णालीबाट स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा फैलाउने कार्य हुनु दुर्गमताको पहिचान हटाएर सुगमता तीर फर्किएको आभाष दिलाएको छ।  

चिकित्सा शिक्षा ऐन अनुसार यहाँ पढ्ने विद्यार्थीले अनिवार्य दुई वर्ष प्रतिष्ठानले खटाएको क्षेत्रमा सेवा गर्नुपर्छ। रजिष्ट्रार काफ्लेले थपे,‘स्वास्थ्य सेवा, जनशक्ति र समग्र विकासका लागि फाइदाजनक नै हुनेछ। यो क्षेत्र स्वास्थ्य पर्यटनको हब बन्न सक्नेछ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावल चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगिसकेकोले कर्णालीमा एमबीबीएस अध्ययनको लागि आशा जागेको बताए। उनले भने,‘टोली जुम्ला पुगेको छ। हामीले जति सकेका छौँ, कुनै कसुर बाँकी नराखेर काम गरेका छौँ। आइतबार नौ बजेदेखि अनुगमन हुनेछ। यो कर्णालीका लागि शुभ संकेत हो।’

स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानलाई टेवा पुर्‍याउनको लागि एमबीबीएस पठनपाठनले निकै मद्दत पुग्नेछ। एमबीबीएस मेडिकल कलेजको आधार हो। एमबीबीएस पठनपाठनले मेडिकल कलेज भएको प्रमाणित गर्छ। अब निकट भविष्यमै कर्णालीमा एमबीबीएस पठनपाठन सुरु हुने अपेक्षा गरिएको उपकुलपति रावलले बताए।

लोकप्रिय
अर्को समाचार
गुणस्तरीय जनशक्ति उत्पादनमा प्रधानमन्त्रीको जोड
०९ चैत्र २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
गुणस्तरीय जनशक्ति उत्पादनमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।

चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।

उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट पारे।

‘गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनैपर्दछ’, प्रधानमन्त्रीले भने, ‘दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्वपूर्ण छ।’

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बाहिरी मुलुकबाट नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालको चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रका रूपमा स्थापित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आयोगबाट प्रस्तुत प्रतिवेदनमा विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जानुले चिकित्सा क्षेत्रमा आकर्षण बढ्दै गएको देखिएको बताए। रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस