अस्पतालका प्रध्यापकहरु आन्दोलित, सेवा बन्द गर्ने चेतावनी
१७ असार २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
अस्पतालका प्रध्यापकहरु आन्दोलित, सेवा बन्द गर्ने चेतावनी
प्रतिष्ठानका प्रध्यापकहरु आन्दोलित। तस्बिर: नागरिक।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रध्यापकहरु आन्दोलित भएका छन्।

प्रध्यापकहरुले विभिन्न समयमा स्थायित्वका लागि ज्ञापन पत्र दिएता पनि बेवास्ता गरिएको भन्दै हातमा कालो पट्टी बाधेर उनीहरु आन्देलमा उत्रिएका हुन्।

बिहानै देखी आन्दोलन बसेका उनीहरुले आफ्नो माग सम्बोधन नभए आकस्मिक बाहेक अन्य सबै सेवाहरु बन्द गर्ने चेतावनी दिएका छन्। 

उनीहरुले पहिलो चरणमा असार १७ गते देखि २३ गते सम्म कालो पट्टी बाँधेर सेवा सुचारु गर्ने, साउन ६ गते सम्म तालाबन्दी सहित रिले अनशन बस्ने, र ६ गते देखि अनिश्चित कालिन आकस्मिक सेवा बाहेक अन्य सेवाहरु बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।

प्रतिष्ठानका चिकित्सकले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, 'यस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल करारमा कार्यरत सम्पूर्ण संकायका अध्यापक, प्रध्यापकहरुले संस्थाको स्थायित्वका लागि प्रशासनमा २०८० जेठ १५ गते ज्ञापन पत्र बुझाइएको, नेपाल सरकारकाका प्रधानमन्त्री समक्ष २०८० जेठ ३ गते दर्ता गरिएको साथै सहकुलपतिलाई समेत ज्ञापन पत्र बुझाएका छौ। यसका साथै विभिन्न समयमा उपकुलपति, रजिष्ट्रारको कार्यालय, निर्देशक तथा डिनको कार्यालयमा माग बुझाइएको र जिल्ला स्थित स्थानीय प्रशासन, जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिकामा समेत ध्यानाकर्षण गरिएको छ।'

चिकित्सहरुले प्रध्यापकहरुको स्थायित्व नभएका कारण प्रतिष्ठानकै स्थायित्वमा चुनौती थपिएको भन्दै स्थायित्वका लागि आन्दोलन थालेका हुन्। प्रध्यापकहरुको आन्दोलनका विषयमा प्राध्यापक डाक्टर शेषानन्द संजेलले यहाँको जनशक्ति स्थायी भएमा मात्र कर्णालीले न्याय पाउने बताए।

प्रध्यापकहरु आन्दोलित भएको विषयमा प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले यो विषय निरन्तर सरकारलाई पहल गरे पनि हाल सम्म पहल नभएको गुनासो गरे।

उनले भने, 'पटक बजेटमा चरम अन्यायमा कर्णाली प्रतिष्ठान परेकोमा सहयोग गर्न नेपाल सरकारलाई अपिल गरे। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापक र प्राध्यापक मात्रै ८८ जना जना रहेका छन्।'

यो पनि पढ्नुहोस्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रेक्टरमा डाक्टर धामी

लोकप्रिय
अर्को समाचार
जाजरकोटमा मनोपरामर्श शिक्षा दिंदै कर्णाली प्रतिष्ठान
२७ कार्तिक २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
जाजरकोटमा मनोपरामर्श शिक्षा दिंदै कर्णाली प्रतिष्ठान

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले मनोपरामर्श र जनस्वास्थ्य शिक्षा दिन थालेको छ।

कर्णाली प्रतिष्ठानका जनस्वास्थ्य डीन प्राध्यापक डाक्टर मुनिराज क्षेत्री, जनस्वास्थ्य लेक्चर डाक्टर ओम प्रकाश काफ्ले, मनोपरामर्शकर्ता  नन्दराज आचार्य सहितको ६ जनाको टोलीले जाजरकोटमा मनोपरामर्श र जनस्वास्थ्य शिक्षा दिन थालेको हो।

जाजरकोटमा भूकम्प प्रभावितलाई सामाजिक मनोपरामर्श मार्फत सान्तोना दिन, जनस्वास्थ्य शिक्षा दिन प्रभावित क्षेत्रमा जुम्लाबाट टिम त्यहाँ पुगेर खटिएको प्रतिष्ठानका जनस्वास्थ्य डीन क्षेत्रीले बताए। उनका अनुसार टोली गाउँमा गएर, स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, स्वास्थ्य सामग्री वितरण गर्न थालेको हो।

कर्णाली प्रतिष्ठानका मनोसामाजिक परामर्शकर्ता नन्दराज आचार्यले भूकम्प प्रभावित क्षेत्रका व्यक्तिहरुमा मनोवल घट्ने हुँदा धेरै परामर्श गर्न आवश्यक रहेको बताए।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस