तिलोत्तमाका मेयरको पहिलो निर्णयः बालबालिकाको दिवा खाजामा १० रुपैयाँ थप गर्ने
१३ जेष्ठ २०७९
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
तिलोत्तमाका मेयरको पहिलो निर्णयः बालबालिकाको दिवा खाजामा १० रुपैयाँ थप गर्ने
पद तथा गोपनीयताका शपथ लिँदै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण। तस्बिरः नागरिक

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। मुख्य निर्वाचन अधिकृत धनसिंह महराले नवनिर्वाचित मेयर खाँणलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। सोही अवसरमा कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले पनि मुख्य निर्वाचन अधिकृत धनसिंह महराबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत महरा, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बधाइ तथा शुभकामना दिँदै जनचाहाना अनुरुप काम गरेर अब्बल भूमिका निर्वाह गर्न आग्रह गरे।  

शासक होइन, सेवक भएर काम गर्छुः खाँण

शुक्रबारै पदभार ग्रहण गर्दै तिलोत्तमाका मेयर खाँणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता गरेका छन्। तिलोत्तमालाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त नगर बनाउने प्रतिबद्धता गर्दै उनले शासकको रुपमा नभइ जनताको सेवक बनेर नगरको विकासमा लाग्ने बताएका हुन्। नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधालाई छिटो छरितो र पारदर्शी बनाउँदै सुशासन कायम गर्ने बताए। सहमति, सहकार्य र एकतालाई मुल मन्त्र बनाउने र सबै दलहरुलाई समेटेर अगाडि बढ्ने खाँणले बताए।

नगरका सबै वडा, टोल/बस्तीको समानुपातिक विकासका लागि अध्ययन गरी विज्ञ समूह, राजनीतिक दल तथा आम नगरबासीको सुझाव सहयोग र सहकार्यबाटै अगाडि बढ्ने उनले बताए। शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, फोहोर व्यवस्थापन, सिँचाइ, मल, विउविजन जस्ता विकासका आधारभूत पक्षलाई जोड दिइने बताए। नगरबासीको हितमा संचालित योजनाहरुको निरन्तरता संगै नगरका जनताको हित र आवश्यकता अनुरुपका नयाँ र महत्वपूर्ण योजना ल्याउने बताए।

तिलोत्तमा कृषि, औधोगिक र पर्यटकीय सम्भावना बोकेको नगर भएकाले सहमति सहकार्य र एकताबाटै विकास र समृद्धिको यात्रामा यसलाई रुपान्तरण गरिनेमा जोड दिए। मेयर खाँणले उपमेयर जगेश्वरदेवी चौधरी र नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरुलाई शपथ खुवाएका थिए। पदभार ग्रहणका क्रममा खाँणले नगरपालिका कार्यालय परिषरमा रुद्राक्ष र तराइमा फल्ने स्याउको बिरुवा रोपेर नगरलाई हरियाली नगर बनाउने पनि बताए। सोही कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खाँणले निर्वाचित सबै जनप्रतिनिधिहरुलाई जनताको सेवक भएर नगरको विकासमा लाग्न आग्रह गरे।

कार्यक्रममा निर्वतमान नगरप्रमुख बासुदेव घिमिरेले बधाइ सुभकामना दिँदै नगर र नगरबासीको हितकालागि आफ्नो रचनात्मक सहयोग रहने प्रतिवद्धता गरे।  

बालबालिकाको खाजा खर्चमा नगरपालिकाले  १० रुपैयाँ दिने

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शुक्रबार पदभार ग्रहण गर्दै देशको भविष्यसंग जोडिएका बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा विशेष ध्यान दिँदै दिवा खाजा वापतको रकम वृद्धि गर्ने निर्णय गरेका छन्। बालबालिकाको स्वास्थ्य र पोषणको स्थितिमा सुधार ल्याइ शिक्षाको गुणस्तर वृद्धिका लागि ८ कक्षासम्म अध्ययन गर्ने बालबालिकाको लागि दिवा खाजामा १० रुपैयाँ नगरपालिकाले प्रदान गर्ने निर्णयमा हस्ताक्षर गर्दै नगरप्रमुख खाँणले कार्यकाल सुरु गरेका हुन्। सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई दिवा खाजा वापत सरकारले हालप्रति विद्यार्थी १५ रुपैयाँ प्रदान गर्दछ।

तिलोत्तमा नगरपालिकाले थप १० रुपैयाँ उपलब्ध गराउने भएपछि ८ कक्षासम्म अध्ययन गर्ने बालबालिकाले अब दैनिक २५ रुपैयाँ बराबरको दिवा खाजा प्राप्त गर्नेछन्। यो निर्णयले सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाको संख्या बढ्नुका साथै ती बालबालिकाको स्वास्थ्य र पोषणको स्थितीमा पनि सुधार आउने विश्वास नगरप्रमुख खाँणले व्यक्त गरे।  

‘हाम्रा बालबालिकाको आजसंग देशको भविष्य जोडिएको छ। उनीहरुलाई गुणस्तरीय शिक्षा संगै कुपोषणबाट बचाउँदै स्वस्थ राख्नु हाम्रो दायित्व हो। त्यसैले ८ कक्षासम्म अध्ययन गर्ने बालबालिकाको खाजा खर्चका लागि सरकारले हाल दिँदै आएको १५ रुपैयाँमा नगरपालिकाले १० रुपैयाँ थपेर २५ रुपैयाँ पुर्याउने निर्णय गरेका छौं,’ नगरप्रमुख खाँणले भने।

अर्को समाचार
हाम्रो पेन्सनको माग सम्बोधन होला?
२५ साउन २०८३
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
हाम्रो पेन्सनको माग सम्बोधन होला?

पेन्सनको माग राखेर त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा धर्ना बसेको ११९ दिन भइसक्दा पनि सम्बन्धित निकायले मागको सुनुवाइमा कुनै चासो नदेखाएको भन्दै त्रिविका शिक्षक तथा कर्मचारी आक्रोशित बनेका छन्।

समान तहमा काम गर्ने विश्वविद्यालयभित्रका प्राध्यापक तथा कर्मचारीमध्ये कसैलाई पेन्सन दिने र कसैलाई नदिने गर्दा आफूहरूलाई विभेद भएको धर्नारत उप्रा डा. नन्दकिशोर सिंहले बताए। ‘त्रिविमा कार्यरत शिक्षक कर्मचारीमध्ये ७० प्रतिशतले पेन्सन पाउँदैनन्’, उपप्रा. सिंहले नागरिकसँग भने, ‘सरकारले पेन्सनका लागि त्रिविलाई रकम दिँदैन। त्रिविले सरकारबाट एकमुष्ट रकम पाउँछ।’

आफूहरूको वृद्धवस्था असुरक्षित बनेको भन्दै शिक्षक कर्मचारीले चिन्ता व्यक्त गरेका छन्।

त्रिविले २०६८ सालअघि स्थायी भएकाहरूलाई भने पेन्सनको व्यवस्था गर्दै आएको छ। २०६४ सालमा त्रिवि सेवामा स्थायी भएका सहप्राध्यापक प्रदिपकुमार साहले आफू अवकाश भएदेखि निरन्तर पेन्सन पाइरहेको बताए। ‘एउटै प्रक्रियाबाट स्थायी भएका शिक्षक कर्मचारी २०६८ अघिकाले पेन्सन पाउने र त्यसपछिकाले पेन्सन नपाउने व्यवस्था आफैंमा गलत हो’, सहप्राध्यापक साहले नागरिकसँग भने, ‘समाजलाई शिक्षत बनाउने शिक्षकको अवकाशपछि पेन्सन नपाउँदा सामाजिक प्रतिष्ठामा आँच आउँछ नै, तर सामाजिक असुरक्षा पनि बढ्छ।’

त्रिवि र राज्य दुवै पक्षले त्रिविका शिक्षक र कर्मचारीलाई पेन्सन व्यवस्था अनिवार्य गर्नुपर्छ।’ २०६६ साल भदौ २६ मा बसेको त्रिवि सभा र २०६६ फागुन २३ को त्रिवि कार्यकारी परिषद्को निर्णयले २०६६ भदौ २६ पछि स्थायी नियुक्ति पाएका प्राध्यापक तथा कर्मचारीलाई योगदानमा आधारित उपदानको व्यवस्था गरी पेन्सन व्यवस्था हटाएको थियो।

जबकि यो व्यवस्था सरकारले निजामतीलगायत अन्य क्षेत्रमा २०७५ साउन १ पछि स्थायी भएकाहरूको हकमा मात्र लागु गरेको छ। नेपाल संस्कृत विश्वविद्यालयमा पनि त्रिविमा जस्तै पहिल्यै पेन्सनको व्यवस्था हटाइएकोमा २०७५ असार मसान्तसम्म स्थायी हुनेका लागि पुनः पेन्सनको व्यवस्था गरेर सरकारको निर्णयअनुरूप एकरूपता गरेको थियो। ‘त्रिविमा पेन्सन पाउने पदाधिकारीले अरूलाई पेन्सन नदिने निर्णय गर्दा आफूहरूलाई अप्ठ्यारो पर्छ भनेर २०६६ भदौ २६ को निर्णयलाई दुई वर्षसम्म गोप्य राखी २०६८ कात्तिक २८ मा मात्र सार्वजनिक गरेका थिए’, आन्दोलनरत शिक्षक सिंहले विगतका घटना सुनाए, ‘आफ्नो निर्णयलाई थप मजबुत बनाउन त्रिवि पदाधिकारीले सरोकारवालालाई थाहै नदिई २०७१ वैशाख २ मा अर्थ मन्त्रालयबाट पत्र लेखाएको समेत भेटिएको छ।’

पेन्सनका लागि भनेर अर्थ मन्त्रालयले त्रिविलाई सुरुदेखि नै कहिल्यै रकम नपठाउने गरेको उपप्राध्यापक डा. नन्दकिशोर सिंहले बताए। २०६६ भदौ २६ पछि स्थायी भएका प्राध्यापक तथा कर्मचारीले थाहा पाएदेखि नै त्रिविमा पेन्सन हटाउने निर्णयको विरोध गर्दै आएका छन्। आफ्ना माग बुँदागत राख्दा सर्वप्रथम पेन्सनको माग २०७६ सालमा तात्कालीन उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटासमक्ष उठाइएको समेत उनले जनाए।

कोरोनाकालमा आफ्ना मागलाई सशक्त उठाउन नसकेपछि थन्किएको मागलाई उपकुलपति प्रा.डा. केशरजंग बरालसमक्ष पुनः राख्दा तत्कालीन त्रिवि कार्यकारी परिषद्ले प्रा.डा .विनोद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरी पेन्सनको सम्भाव्यता अध्ययन गरिएको थियो। त्यस समितिले स्रोतसमेत देखाई विश्वविद्यालयमा प्राध्यापक तथा कर्मचारीलाई पेन्सन दिन सकिने सुझाव दिएको धेरै समय भइसक्दा पनि त्रिवि कार्यकारी परिषद्ले पेन्सन दिने निर्णय गरेको छैन। यसकारण त्रिविमा दबाब दिन बाध्य भएर आफूहरूले आन्दोलनको बाटो अपनाउनुपरेको आन्दोलनरत शिक्षक कर्मचारी बताउँछन्।

प्राध्यापक तथा कर्मचारीहरू दैनिक एक घन्टा अनिश्चितकालीन धर्ना बस्नुपरेको उपप्राध्यापक डा. सन्तबहादुर थापाको गुनासो छ। ‘जेनजी आन्दोलनको जगमा खडा भएको वर्तमान सरकार बनेपछि नियुक्त उपकुलपति प्रा.डा. भोला थापासमक्ष पद बहाली भएको पहिलो दिनमै आफ्ना माग राखी धर्नालाई निरन्तरता दिएको पनि धेरै दिन गुज्रिसक्यो’, आन्दोलनस्थलबाटै उपप्रा.डा. थापाले नागरिकसँग भने, ‘विगतमा विश्वविद्यालयले आफैं व्यवस्था गर्दै आएको र कार्यदलले सुझाव दिएअनुसार थोरै आर्थिक व्यावस्थापन गर्दा बाँकीका लागि पनि पेन्सनको व्यवस्था हुन्छ।’

विश्वविद्यालयले आफैं आर्थिक व्यवस्थापन गर्न सक्ने हुँदा पेन्सनका कारण सरकारले थप आर्थिक भार व्यहोर्नु नपर्ने उपप्राध्यापक डा. तिलकबहादुर खत्रीको भनाइ छ तर पनि मिटरब्याज पीडितलगायत आन्दोलनरत थुप्रै समूहका मागलाई तत्काल सम्बोधन गर्दै आएको यो सरकारले त्रिविका शिक्षक र कर्मचारीको मागप्रति ध्यान नदिएको उपप्रा खत्रीको गुनासो छ। धर्नारत त्रिविका प्राध्यापक तथा कर्मचारीको सरकार र त्रिवि पदाधिकारीलाई एउटै प्रश्न छ– हाम्रो न्यायोचित पेन्सनको माग कहिलेसम्म सम्बोधन होला?

कार्यवाहक रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले त्रिवि शिक्षक कर्मचारीको पेन्सन आन्दोलनबारे जानकार रहेको र सकेसम्म छिटो समस्या समाधान गर्न लागिपरेको बताए। उनले त्रिविका पदाधिकारीहरू शिक्षक र कर्मचारी पेन्सन समस्याबारे संवेदनशील रहेको र समाधानको मोडेलबारे छलफलसमेत गरिरहेको जनाए। ‘सरकारको पनि समय र परिस्थितिअनुसार नीतिगत व्यवस्था हुँदै आएको छ। विशेष परिस्थितिमा नीति फरक हुन्छ’, रजिस्ट्रार चालिसेले नागरिकसँग भने, ‘हामी छिटै आन्दोलनरत शिक्षक र कर्मचारीसँग छलफल गरी समस्या कुन मोडेलबाट समाधान गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गर्ने छौं।’

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १० घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस