चार किलोमिटर पदमार्ग निर्माण
१० साउन २०८२
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
चार किलोमिटर पदमार्ग निर्माण

पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका योजनामार्फत चार दशमलव ३१ किलोमिटर पदमार्ग निर्माण भएको छ।

गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १० वटा योजनाका लागि रु एक करोड २० लाख विनियोजन भएकोमा रु ९६ लाख २९ हजार ८७६ खर्च भएको छ।

योजनामार्फत पर्यटकीय स्थलमा पक्की र कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल, पर्खाललगायतका पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख अमृत कँडेलले जानकारी दिए।

'सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका हुन,' उनले भने, 'प्रतिकूल भूगोल, मौसम र उपभोक्ताको ढिलासुस्तीका कारण पूरा काम नभएका योजनाको प्राविधिक नापजाँचका क्रममा भएको मूल्याङ्कनअनुसार भुक्तानी गरेका छौँ।' पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, स्थानीयवासी र पर्यटक मजदुरलाई आवतजावतमा सहज भएको छ। 

धौलागिरि गाउँपालिका–५ को मल्कवाङ डाँडाकटेरी रिरावर हुँदै ग्यासखार जोड्ने एक हजार ४६० मिटर पदमार्ग र सिँढी निर्माण भएको छ। रघुगङ्गा गाउँपालिका–७ स्थित कालीबराह मन्दिर हुँदै धौलागिरि आइसफल जोड्ने ८५० मिटर ढुङ्गाको सिँढीको पदमार्ग निर्माण भएको छ।

रघुगङ्गा गाउँपालिका–२ भगवतीको माँझखर्कदेखि ओखरबोट हँुदै साझपानी जोड्ने ४१० मिटर, दग्नामको नागीदेवी मन्दिर जोड्ने २९० मिटर, बिम तल्लोगाउँमा २९० मिटर, अन्नपूर्ण गाउँपालिका–५ खोप्रालेकमा ५५० मिटर र बेनपा–६ को थाकनपोखरी भेटनरी कार्यालय हुँदै एकपाटे मन्दिर जोड्ने ३५० सिँढी र ढलान गरेको पदमार्ग निर्माण भएको छ। 

रघुगङ्गा गाउँपालिका–३ मा रहेको गायत्री मन्दिरमा पर्खाल निर्माण र रङरोगन, बेनी नगरपालिका–७ को बराहपाखोमा उद्यान र बेनी नगरपालिका–२ ज्यामरुककोटमा ध्यानआश्रम निर्माण भएको कार्यालयका इञ्जिनियर सुमन बोगटीले बताए।

नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएको खोप्रा लेकमा पदमार्गको साथै आश्रयस्थल, पदमार्गमा रेलिङ, खानेपानीको पाइप व्यवस्थापन भएको छ। नागीदेवी मन्दिरमा दुई वटा चौतारी र १०० मिटर तारजालीले घेराबार गरिएको छ।

बिम तल्लोगाउँमा ढल व्यवस्थापनका लागि पक्की नाला र त्यसमाथि पदमार्ग बनाइएको छ। बराहपाखोको शान्तिपार्कमा पर्खाल, रेलिङ, ढुङ्गा छपाउन जमिनमा ढलान र फलामको बेञ्च राखिएको छ। रासस

अर्को समाचार
१० हजार पर्यटक भित्र्याउने लक्ष्यसहित इलाममा ‘रेडपाण्डा महोत्सव’ हुने
१२ चैत्र २०८२
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
१० हजार पर्यटक भित्र्याउने लक्ष्यसहित इलाममा ‘रेडपाण्डा महोत्सव’ हुने

इलामको सन्दकपुरमा तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ। रेडपाण्डाको संरक्षण र रेडपाण्डालाई पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलन तथा अन्तर्क्रिया कार्यक्रम गरी जानकारी दिएको हो।

सन्दकपुर गाउँपालिकाको आयोजनामा चैत २० देखि २३ गतेसम्म हुने महोत्सवमा आन्तरिक र विदेशी गरी १० हजारभन्दा बढी पर्यटक आउने आयोजकको अनुमान छ। महोत्सव आयोजक समितिका संयोजक सनम राईले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो रेडपाण्डा महोत्सव गर्न लागिएको बताए। उनले सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्र माईपोखरीबाट ढापपोखरी हुँदै जौबारी जोड्ने पदमार्गको प्रवर्द्धनका लागि पनि महोत्सवका दुई संस्करण आयोजना भइसकेको जानकारी दिए।

४३ किलोमिटर लामो पदमार्गको नाम रेडपाण्डा पदमार्ग रहेको छ। ११ करोडभन्दा बढी खर्चमा ५ वर्षमा निर्माण भएको पदमार्ग क्षेत्रमा लोपोन्मुख रेडपाण्डासहितका वन्यजन्तु र सयौँ प्रजातिका चराको अध्ययन गर्न पाइन्छ। १५ भन्दा बढी पर्यटकीय गन्तव्य रहेको रेडपाण्डा पदमार्गबारे जानकारी दिने र पर्यटन प्रवर्द्धनमा महोत्सव केन्द्रित हुने जनाइएको छ। महोत्सवको प्रचारप्रसारका लागि विराटनगर, झापाको काँकरभिट्टा, पोखरा र काठमाडौंमा अन्तरक्रिया गरिएको छ।

आयोजकले भारतको सिलिगुडीमा पनि अन्तरक्रिया गरिने जनाएको छ। विगतमा भारततर्फबाट मात्र पर्यटकहरू सन्दकपुर आउने गरेको भए पनि पछिल्ला वर्षहरूमा तेस्रो देशका पर्यटकहरूसमेत नेपालतर्फबाट सन्दकपुर आउन थालेको आयोजकले जनाएको छ। दुर्लभ प्रजातिका रेडपाण्डा नेपाल, भारत, चीन र म्यानमारमा मात्र पाइने गरेको आयोजकले जनाएको छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस