पर्यटकीय क्षेत्र ‘कौडे लेक’मा पुग्न पदमार्ग
१० वैशाख २०८०
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
पर्यटकीय क्षेत्र ‘कौडे लेक’मा पुग्न पदमार्ग

सिग्दी गाउँको शिरमा छ कौडे लेक। प्राकृतिक सुन्दरताले भरिपूर्ण सो लेक ओझेलमा थियो। बरेङ बजारबाट पदमार्ग हुँदै पुग्न सकिने यस लेक दुई हजार छ सय मिटरको उचाइमा छ।

बागलुङको बरेङ गाउँपालिका-२ मा पर्ने कौडे लेक बरेङ बजारबाट सिग्दी गाउँ हुँदै वनजंगल र भिरपहरा छिचोल्दै यहाँ पुग्न सकिन्छ। यस लेकमा दैनिकजसो सिग्दी गाउँका स्थानीय घाँसदाउरा गर्न पुग्ने गर्छन्।

पछिल्लो समय पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटक समेत सो लेकमा पुग्न थालेका छन्। गाउँपालिकाले सिग्दी गाउँबाट करिब तीन किलोमिटर पदमार्ग निर्माण गरेको छ। पदमार्गले पर्यटक आकर्षित गर्नुका साथै स्थानीयलाई समेत सहज बनाइदिएको छ। सूर्योदय र अनेकौं दृश्यावलोन गर्न पर्यटक यहाँ पुग्ने गरेका छन्

सिग्दी गाउँको शिरमा छ कौडे लेक। प्राकृतिक सुन्दरताले भरिपूर्ण सो लेक ओझेलमा थियो। बरेङ बजारबाट पदमार्ग हुँदै पुग्न सकिने यस लेक दुई हजार छ सय मिटरको उचाइमा छ।

बागलुङ र गुल्मी जिल्लाको संगमस्थलसमेत रहेको कौडेलाई प्रवद्र्धनका लागि बरेङ गाउँपालिकाले प्राथमिकता दिएको छ। गाउँपालिकाले पदमार्गको छेउछाउमा पर्यटक विश्रामका लागि चौपारीसमेत निर्माण गरेको छ भने वन्यजन्तुलाई खानेपानीका लागि पोखरीसमेत बनाइदिएको छ। बाइसे–चौबिसे राज्यका बेला यहाँ भुरेटाकुरे राजाले राज गरेको इतिहास छ।

अहिले पनि यहाँ दरबारका भग्नावशेष भेटिने गरेको स्थानीयको भनाइ छ। जिल्लाकै अग्लो पहाडमध्येमा पर्ने कौडे लेकलाई पर्यटकीय गन्तव्य बनाउनका लागि सुरुका वर्षदेखि बजेट विनियोजन गरेर पूर्वाधार निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

उनले अघिल्लो कार्यकालदेखि सुरु गरेको पदमार्ग निर्माणका काम सकिएको र  यसको प्रचारप्रसारलाई जोड दिने बताए। बरेङ बजारबाट साढे दुई घन्टाको पैदलयात्रामा यहाँ पुग्न सकिन्छ।

अहिले पनि यहाँ दरबारका भग्नावशेष भेटिने गरेको स्थानीयको भनाइ छ।

अध्यक्ष शर्मा भन्छन्, ‘कौडे लेक ऐतिहासिक ठाउँ हो, यो क्षेत्रकै सबैभन्दा अग्लो पहाड भएको र पर्यटकीय हिसाबले निकै उत्कृष्ट भएको हुँदा गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेर यसको विकासमा लागिरहेका छौं, अहिलेसम्म पदमार्ग, पाखरी, बगैचा र चौपारी लगायतका संरचना बनाएका छौं, अझै पूर्वाधार बनाउनुपर्ने छ, रहेक वर्ष बजेट विनियोजन गरेर काम भएको छ, यस वर्ष पनि केही काम भएका छन् भने पदमार्गले गर्दा केही पर्यटक पनि आउने गरेको पाइएको छ।’

उनले अहिलेसम्म पदमार्ग लगायतका संरचना निर्माण गर्दा ८० लाख रुपैयाँभन्दा बढी खर्च भएको जनाउँदै थप संरचना क्रमागत रूपमा बन्ने बताए।

पर्यटक भित्र्याउन प्रचारप्रसारसँगै सिग्दीमा पुनः घरबास (होमस्टे) सञ्चालनका लागि स्थानीयसँग सहकार्य गर्ने अध्यक्ष शर्माको भनाइ छ। सिग्दीबाट करिब तीन किलोमिटरको दूरीमा सो लेक रहेको छ।

बरेङ गाउँपालिका-२ का स्थानीय हीरा पुन मगरले पदमार्गले पर्यटकलाई आकर्षण गरेको बताए। पहिले कौडे लेक स्थानीयको घाँसदाउरा गर्ने थलो भए पनि अहिले पर्यटक घुम्न आउने गरेको उनको भनाइ छ। पदमार्ग नहुँदा यस लेकमा बाहिरी मान्छे नपुग्ने गरेको भन्दै अहिले आन्तरिक पर्यटकको आगमन हुन थालेको उनी बताउँछन्।

पर्यटक भित्र्याउन प्रचारप्रसारसँगै सिग्दीमा पुनः घरबास (होमस्टे) सञ्चालनका लागि स्थानीयसँग सहकार्य गर्ने अध्यक्ष शर्माको भनाइ छ। सिग्दीबाट करिब तीन किलोमिटरको दूरीमा सो लेक रहेको छ।

‘पदमार्गले कौडे लेकको प्रवद्र्धन हुँदै गएको छ, पहिले स्थानीयलाई मात्रै थाहा थियो कौडे लेकको विशेषता, अहिले घुम्न आउने सबैले थाहा पाउन थाले, अग्लो पहाड यति धेरै सुन्दरताले भरिएको छ, यसले गर्दा यहाँ एकपटक घुम्न आएकाहरू पुनः अर्कोपटक आउने गरेका छन्’, उनले भने,‘सिग्दी गाउँ हुँदै कौडे पुग्ने हुँदा यहाँको आयआर्जनमा पनि केही परिवर्तन आउँछ कि भन्ने अपेक्षा गरेका छौं, अहिले बिदाको समयमा पर्यटक बढी आउने गरेका छन्, सम्बन्धित निकायले पर्यटक बढाउने खालका कार्यक्रम ल्यायो भने दैनिक यहाँ आउने बढ्नेछन्।’

कौडे लेकबाट धवलागिरि, माछापुछ«े, अन्नपूर्ण लगायत पूर्वदेखि पश्चिमसम्मका अनगिन्ती हिमशृङ्खलासँगै बागलुङको अधिकांश भूभाग तथा गुल्मी, पर्वत, पाल्पा लगायतका ठाउँ र भञ्ज्याङ सहज रूपमा अवलोकन गर्न सकिन्छन्। सूर्योदय र सूर्यास्तसमेत यहाँबाट देख्न सकिन्छ।

भैंसेखोला झरनाको प्रवर्द्धन

गाउँपालिकाले वडा नं ४ मा रहेका छहरेखोला झरना र भैँसेखोला झरनालाई व्यवस्थित बनाउन थालेको छ। यहाँसम्म पुग्ने पदमार्ग, मन्दिर र प्रतिक्षालय निर्माण गर्न थालिएको भन्दै यी दुई झरनाको विकासका लागि यस वर्ष गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेर काम अगाडि बढाएको अध्यक्ष कृष्णप्रसाद शर्मा बताउँछन्।

गत वर्ष पनि झरना प्रवर्द्धनका लागि १० लाख रुपैयाँ विनियोजन गरेर कामको सुरुआत गरेको अध्यक्ष शर्माको भनाइ छ।

पर्यटनमार्फत बरेङमा समृद्धि हासिल गर्न सकिने हुँदा यस क्षेत्रको विकासलाई जोड दिएको अध्यक्ष शर्माको भनाइ छ। गाउँपालिकाभित्रका सत्यवती मन्दिर, कालिलेक, सद्धिथान मन्दिर, छहरेखोला, भैंसीखोला झरना, भित्रीवन, भातेपोखरा लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेक वर्ष बजेट विनियोजन गरेर पूर्वाधार विकास गर्दै आएको उनको भनाइ छ।

गाउँपालिकाले वडा नं ४ मा रहेका छहरेखोला झरना र भैँसेखोला झरनालाई व्यवस्थित बनाउन थालेको छ।

‘यहाँका पर्यटन प्रवद्र्धनका लागि पहिलो कार्यकालदेखि नै काम गर्दै आएका थियौं, अघिल्लो कार्यकालमा केही बजेट विनियोजन गरेर कामको थालनी गरेका थियौं, अहिले धेरै संरचना बनेका छन्’, उनले भने।

गाउँपालिकाले धार्मिक पर्यटकीयस्थलको विकाससँगै कला, संस्कृतिको समेत संरक्षणमा जुटेको अध्यक्ष शर्माको भनाइ छ।

उनले बरेङ गाउँपालिका विभिन्न जातजातिको सङ्गमस्थल भएको भन्दै उनीहरूको रीतिरिवाज, परम्परा र संस्कृतिको संरक्षणका लागि आफूहरू लागेको बताए। गाउँपालिकाले मौलिक कला संस्कृति, वेषभूषा र परम्परालाई संरक्षणका लागि यस वर्ष दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरेको उनको भनाइ छ। रासस

अर्को समाचार
जङ्गलको बीचमा कुपिन्डे ताल, गर्मी छल्न उपयुक्त गन्तव्य
०३ वैशाख २०८१
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
जङ्गलको बीचमा कुपिन्डे ताल, गर्मी छल्न उपयुक्त गन्तव्य

सल्यान जिल्लाको बनगाँड कुपिन्डे नगरपालिका-८ मा अवस्थित कुपिन्डे तालमा गर्मी छल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै छ। यस याममा गर्मी छल्न तथा मनमोहक तालको अवलोकन गर्न दाङ, सल्यानका पर्यटक बढ्न थालेका हुन्। 

स्थानीयहरुका अनुसार अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ पर्यटक पुग्ने गरेका छन्। पछिल्लो समयमा सामाजिक सञ्जाल तथा अन्य विभिन्न सञ्चारका माध्यमबाट यस तालको प्रचार पनि भइरहेकाले यसको अवलोकन गर्नुको साथै डुङ्गा सयरका लागि आन्तरिक पर्यटक जाने गरेको स्थानीय बताउँ‌छन्।

चारैतिर वनजङ्गल र ती जङ्गलको बीचमा अवस्थित छ, कुपिन्डे ताल। हरियाली जङ्गल र मिलेका डाँडाका बीचमा रहेको पो तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ। हुन त अरु याममा पनि पर्यटक त्यहाँ पुग्ने गरेका छन्। यतिखेर झन् गर्मी सुरु भएकाले शीतलताको अनुभूति लिन र तालको अवलोकन गर्न पर्यटकहरु त्यहाँ जाने गर्छन्। 

त्यहाँ पुगेपछि तालको कञ्चन पानीले पर्यटकलाई लोभ्याउने गर्छ। साथै पर्यटकहरु डुङ्गामा सयर गर्ने, तस्बिर खिच्ने र तालको अवलोकन गरी रमाउने गर्छन्। पर्यटकीय तथा धार्मिक, सांस्कृतिक महत्वको स्थलका रुपमा समेत चिनिने कुपिन्डे ताल अवलोकनका लागि तुलसीपुर उपमहानगरपालिका-६ बाट यहाँ पुगेका २३ वर्षीय नवीन अधिकारी तालको अवलोकनबाट आनन्दको अनुभूति गरेको बताए।

‘यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा नलोभिने कोही हुँदैन। हामी पनि समय समयमा यहाँ परिवारकै साथमा आउने गर्दछौँ। यस ताललाई सबै मिलेर संरक्षण गरी अझ राम्रो बनाउनुपर्छ, यसबाट थप पर्यटक आकर्षित हुनेछन्।’ उनले भने।

अधिकारीले चार घण्टा समय ताल क्षेत्रमा बिताएको सुनाए। तालको सुन्दरताबाट उनी लोभिएको बताउँछन्।

प्राकृतिक रुपमा मनोरम ताललाई स्वदेश तथा विदेशमा चिनाउन प्रचारप्रसार गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिका– ६ का ४७ वर्षीय राधा रजौरेले बताए। 

उनले यस दहको संरक्षण र पर्यटकीय संरचनाको निर्माण गर्न सके विदेशी पर्यटक पनि आकर्षित हुनसक्ने धारणा राखे। उनले भने, ‘यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सके सल्यानको मात्र नभई छिमेकी जिल्लाका मुहार फेरिन पनि सक्छ। मनमोहक दह र यस वरपरको प्राकृतिक सौन्दर्यले सबैलाई आकर्षित गर्न सक्दछ।’ 

सल्यान जिल्लाका विभिन्न धार्मिक मठ मन्दिरमा दर्शन तथा पूजाआरधना गर्न गएका भक्तजनहरु कुपिन्डे दह र यहाँको बराह मन्दिरसम्म पुग्ने गरेका छन्। त्यसैले यस ताललाई धार्मिक तथा पर्यटकीय पर्यटनसँग जोड्न सकिने यहाँ आउने पर्यटकको भनाइ छ।

बाँकेको कोहलपुरबाट सो दह घुम्न साथीहरुसँग पुगेका ४८ वर्षीय भीमप्रसाद रेग्मी तालमा रमाइरहेका थिए। उनी तालमा डुङ्गा चढेर जलविहार गर्ने र तस्बिर लिने काममा व्यस्त थिए।

ताल हेर्न पुगेकी तुलसीपुर उपमहानगरपालिका-५ की ४८ वर्षीया राधा योगीले तालको संरक्षण तथा विकासका लागि ध्यान दिन स्थानीय सरकार र कर्णाली प्रदेश सरकारलाई आग्रह गरिन्।

उनी भन्छिन्,‘ताल हाम्रो अद्वितीय सम्पत्ति हो, यसको संरक्षण र सम्बद्र्धनका लागि सरकारको ध्यान पुग्नु जरुरी छ।’ तालसम्म पुग्ने मोटरबाटो कच्ची रहेकाले त्यस बाटोलाई कालोपत्र गर्न र ताल वरपर होटल तथा चमेना गृह सञ्चालन गर्न सकिएमा ताल घुम्न जाने पर्यटकलाई सुविधा पुग्ने उनले बताइन्।

कुपिन्डे ताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले विसं २०६७ मा मात्रै यो तालको चर्चा सुरु भएको बताए। उनका अनुसार यस तालको आफ्नै विशेषता छ। वरिपरि घना जङ्गल भए पनि यसमा एउटा पनि पात खसेको भेटिँदैन। पात खस्नासाथ आफैँ किनारमा पुग्छन् या यहाँका चराले छेउसम्म धकेल्दै लैजाने गरेको पनि देखिन्छ। यो ताल चखेवा, पानी हाँस र स्थानीय जातका माछाको बासस्थान पनि हो।

कुपिन्डे तालको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार दुई सय मिटर र चौडाइ सरदर साढे तीन सय मिटर छ। तालको क्षेत्रफल भने यकिन छैन। तालमा पानी कहाँबाट आउँछ र कहाँबाट बाहिरिन्छ भन्ने स्पष्ट रुपमा देखिँदैन। स्थलगत रुपमा हेर्दा यसको मुहान देखिँदैन र निकास पनि भेटिँदैन। देखिने गरी तालको निकास नभए पनि पश्चिमतर्फको भागबाट जङ्गलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान छ।

बनगाँड कुपिन्डे नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकीले तालको विकासका लागि आफू लागिपरेको बताउँछन्। ताल जङगलको बीचमा रहेको, यहाँ जलचर जीवजन्तु समेत रहेका तथा जमिन वनको भागमा पर्ने भएकाले वातावरणीय प्रतिवेदन तयार गरेर तालको संरक्षण तथा विकासको योजना बनाइने बताए।

प्रतिवेदन स्वीकृत भएर आएपछि गुरुयोजना तयार गरी भौतिक पूर्वाधार निर्माणका काम थालिने जानकारी पनि उनले दिए। साथै यस वर्ष बाटो मर्मतका लागि नगरपालिकाबाट बजेट विनियोजन गरिएको र आगामी दिनमा आधारभूत विकासका लागि बजेट विनियोजन गरिने उनको भनाई थियो। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस