उदयपुरका पर्यटकीयस्थल भरिभराउ
०२ वैशाख २०८१
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
उदयपुरका पर्यटकीयस्थल भरिभराउ
रौतापोखरीमा नयाँ वर्ष मेलामा सहभागी। तस्बिर : महेश्वर

नयाँ वर्ष २०८१ लाई स्वागत गर्न उदयपुरका पर्यटकीयस्थल आन्तरिक पर्यटकले भरिभराउ भएका छन्। वैशाख १ लाई स्वागत गर्न अघिल्लो दिनदेखि नै स्थानीय पर्यटकीय तथा धार्मिकस्थल आन्तरिक पर्यटकले खचाखच भरिएका हुन्।

जिल्लाको रौतामाई गाउँपालिका–६ मा पर्ने पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा अघिल्लो दिनदेखि नै पर्यटकको घुइँचो लागेको थियो। शनिबार पनि बिहानैदेखि पर्यटक तथा भक्तजन आगन्तुकको धुइरो लागेको स्थानीयले बताएका छन्।

आगन्तुकको ओइरो लाग्दा रौतापाखेरी बजारमा खानेबस्ने होटल र लजहरू अघिल्लो दिनदेखि भरिएको रौता दर्शन भ्यु होटलकी सञ्चालक समीक्षा मगरले बताइन्। उनका अनुसार अरू बेला सामान्य रूपमा मात्र पर्यटक आउने भएकाले प्रसस्त होटल लजहरू नभएको रौतापोखरीमा नयाँ वर्ष मनाउन आउनेहरू आफैं चौरमा खाना पकाएर खान बाध्य भएका छन्।

दशकयता नयाँ वर्षको अवसरमा मेला लगाउने गरेको भए पनि स्थानीय तह पुनर्संरचनापछि व्यवस्थित रूपमा मेला लगाउन थालिएको हो। तीन दिनसम्म लाग्ने रौतापाखेरी मेलामा यसपटक अघिल्ला वर्षको तुलनामा झण्डै पाँच गुणा बढी आगन्तुक सहभागी भएको आयोजक ‘रौता धार्मिक संस्था रौतामाई’ले जनाएको छ। संस्थाका अध्यक्ष नन्द विकका अनुसार यसअघिका नयाँ वर्षभन्दा धेरै बढी आगन्तुक आएको बताए। यसवर्षजस्तो धेरै मान्छे यसअघि कहिल्यै नदेखेको उनले बताए।

स्थानीय होमस्टे सञ्चालक प्रेमिका राईले यति धेरै आगन्तक रौता पोखरीमा पहिलो पटक देखेको बताइन्। ‘बिगतमा पनि नयाँ वर्षमा मेला लाग्ने गरेकै हो र अरूबेलाभन्दा धेरै मान्छेको जमघट हुने गर्थ्याे,’ राईले भनिन्, ‘तर, यसपटक त अचाक्ली बढी भेला भए।’

उनका अनुसार यसवर्ष सदरमुकाम गाईघाटदेखि छिमेकी जिल्ला र टाढाटाढाबाट पनि भक्तजन र पर्यटक आएका छन्।

नयाँ वर्ष मेलालाई व्यवस्थापन गर्न गाउँपालिका र वडाले धार्मिक संस्था र स्थानीय युवालाई जिम्मा दिएको छ। पर्यटक र भक्तजनलाई सुरक्षित तरिकाले पुजापाठ गर्न तथा बजारमा व्यवस्थित घुमफिर गर्न संस्थामा आबद्ध युवाहरूलाई परिचालन गरिएको रौतामाई–६ का वडाध्यक्ष पृथ्वी राईले बताए।

वडाध्यक्ष राईका अनुसार यसपटक अपेक्षाभन्दा धेरै बढी पर्यटक आएका छन्। भक्तजन र घुमफिर गर्ने आगन्तुकको संख्या यकिन नभए पनि ५० हजार हाराहारी सहभागी भएको वडाध्यक्ष राईले बताए।

अघिल्लो दिनदेखि नै जम्म हुन थालेका भक्तजन र आगन्तुकको चापले बजारका सबै होमस्टे, होटल तथा लजहरू भरिएका छन्। रौता पोखरीमा हालसम्म ठूलो लगानीमा ‘रौता दरवार माउण्टेन भ्यु रिसोर्ट’ सञ्चालनमा आएको छ भने मध्यम लगानीमा ‘रौता दर्शन भ्यु होटल’ भर्खरै सञ्चालनमा आएको छ।

अन्य दुई दर्जन हाराहारी साना होटल तथा होमस्टेहरू सञ्चालनमा छन्। तर, ती होटल तथा होमस्टेहरू यस वर्षको नयाँ वर्षमा धेरै कम हुन पुगेको गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले बताए।

अध्यक्ष मगरले रौतापोखरी क्षेत्रलाई गाउँपालिकाको अग्रणी पर्यटकीयस्थलको रूपमा विकास गर्दै लगिएको तर अहिलेसम्म पर्याप्त नभइरहेको बताए। गाउँपालिकाले पर्यटन मन्त्रालयको सहयोगमा अतिथि भवन तथा सभाहल भवन निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको पनि अध्यक्ष मगरले बताए। सो भवन निर्माण सम्पन्न भएपछि पर्यटक तथा भक्तजन आगन्तकलाई सेवा गर्नेगरी प्रयोगमा ल्याउने तयारी भइरहेको पनि अध्यक्ष मगरले बताए।

समुद्री सतहदेखि १९ हजार फिट अग्लो मनोरम भूभागमा फैलिएको आकर्षक चौरी र जंगलमा सुन्दर पोखरी रहेको सो ठाउँबाट टाढाटाढाका दृष्यहरू प्रष्ट देख्न सकिन्छ। उदाउँदो र अस्ताउँदो सूर्य, हिमालय शृंखला तथा टाढाटाढाका दृष्ण हेर्न पाइने चिसो ठाउँ भएकाले खासगरी हिउँदभन्दा बढी बर्खायाममा आगन्तुक बढी आउने गरेका छन्।

सदरमुकामदेखि ४८ किलोमिटर उत्तरमा अवस्थित रौता पोखरीमा भक्तजनहरू भने बाहै मास पुजा गर्न जाने गरेका छन्। रौतामाई मन्दिरमा पाठा र परेवाको बली दिएर पुजा गर्दा मनोकामना पूरा हुने विश्वास रहेको छ।

गर्मी सुरु भएपछि भने अधिकतम पर्यटक चिसोका लागि आउने गरेका छन्। सदरमुकामदेखि साढे दुई घण्टामा पुग्ने भएकाले गर्मी छल्न आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको स्थानीय शिक्षक बलराम राईले बताए।

‘हिउँद याममा बली दिन र पुजा गर्न मात्र आउँछन्,’ राईले भने ‘गर्मी सुरु भएपछि पिकनिक खान, गर्मी छल्न र पुजा गर्ने सबैखाले आगन्तकको आगमन हुने गरेको छ।’

रौतापोखरीसँगै ताप्ली गाउँपालिकाको ताप्ली पोखरी, लिमचुङबुङ गाउँपालिकाको निर्माणाधीन एभरेष्ट भ्युटप, उदयपुरगढीको पुरानो गढीमा पनि पर्यटकको उत्तिकै घुइँचो लागेको स्थानीले बताएका छन्।

त्यसैगरी बेलका नगरपालिकाको मैनामैनीस्थित मैना राजा–रानी, रंगमहल चौदण्डीगढी नगरपालिकाको थान पोखरी, कटारी नगरपालिकाको बेतिनी भञ्ज्याङ र सीसाघारी सिमसार तथा सदरमुकाम त्रियुगाको भगवती मन्दिर र जोगी पोखरीमा पनि नयाँ वर्ष मनाउने आगन्तक भरिएका छन्।

अर्को समाचार
जङ्गलको बीचमा कुपिन्डे ताल, गर्मी छल्न उपयुक्त गन्तव्य
०३ वैशाख २०८१
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
जङ्गलको बीचमा कुपिन्डे ताल, गर्मी छल्न उपयुक्त गन्तव्य

सल्यान जिल्लाको बनगाँड कुपिन्डे नगरपालिका-८ मा अवस्थित कुपिन्डे तालमा गर्मी छल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै छ। यस याममा गर्मी छल्न तथा मनमोहक तालको अवलोकन गर्न दाङ, सल्यानका पर्यटक बढ्न थालेका हुन्। 

स्थानीयहरुका अनुसार अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ पर्यटक पुग्ने गरेका छन्। पछिल्लो समयमा सामाजिक सञ्जाल तथा अन्य विभिन्न सञ्चारका माध्यमबाट यस तालको प्रचार पनि भइरहेकाले यसको अवलोकन गर्नुको साथै डुङ्गा सयरका लागि आन्तरिक पर्यटक जाने गरेको स्थानीय बताउँ‌छन्।

चारैतिर वनजङ्गल र ती जङ्गलको बीचमा अवस्थित छ, कुपिन्डे ताल। हरियाली जङ्गल र मिलेका डाँडाका बीचमा रहेको पो तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ। हुन त अरु याममा पनि पर्यटक त्यहाँ पुग्ने गरेका छन्। यतिखेर झन् गर्मी सुरु भएकाले शीतलताको अनुभूति लिन र तालको अवलोकन गर्न पर्यटकहरु त्यहाँ जाने गर्छन्। 

त्यहाँ पुगेपछि तालको कञ्चन पानीले पर्यटकलाई लोभ्याउने गर्छ। साथै पर्यटकहरु डुङ्गामा सयर गर्ने, तस्बिर खिच्ने र तालको अवलोकन गरी रमाउने गर्छन्। पर्यटकीय तथा धार्मिक, सांस्कृतिक महत्वको स्थलका रुपमा समेत चिनिने कुपिन्डे ताल अवलोकनका लागि तुलसीपुर उपमहानगरपालिका-६ बाट यहाँ पुगेका २३ वर्षीय नवीन अधिकारी तालको अवलोकनबाट आनन्दको अनुभूति गरेको बताए।

‘यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा नलोभिने कोही हुँदैन। हामी पनि समय समयमा यहाँ परिवारकै साथमा आउने गर्दछौँ। यस ताललाई सबै मिलेर संरक्षण गरी अझ राम्रो बनाउनुपर्छ, यसबाट थप पर्यटक आकर्षित हुनेछन्।’ उनले भने।

अधिकारीले चार घण्टा समय ताल क्षेत्रमा बिताएको सुनाए। तालको सुन्दरताबाट उनी लोभिएको बताउँछन्।

प्राकृतिक रुपमा मनोरम ताललाई स्वदेश तथा विदेशमा चिनाउन प्रचारप्रसार गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिका– ६ का ४७ वर्षीय राधा रजौरेले बताए। 

उनले यस दहको संरक्षण र पर्यटकीय संरचनाको निर्माण गर्न सके विदेशी पर्यटक पनि आकर्षित हुनसक्ने धारणा राखे। उनले भने, ‘यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सके सल्यानको मात्र नभई छिमेकी जिल्लाका मुहार फेरिन पनि सक्छ। मनमोहक दह र यस वरपरको प्राकृतिक सौन्दर्यले सबैलाई आकर्षित गर्न सक्दछ।’ 

सल्यान जिल्लाका विभिन्न धार्मिक मठ मन्दिरमा दर्शन तथा पूजाआरधना गर्न गएका भक्तजनहरु कुपिन्डे दह र यहाँको बराह मन्दिरसम्म पुग्ने गरेका छन्। त्यसैले यस ताललाई धार्मिक तथा पर्यटकीय पर्यटनसँग जोड्न सकिने यहाँ आउने पर्यटकको भनाइ छ।

बाँकेको कोहलपुरबाट सो दह घुम्न साथीहरुसँग पुगेका ४८ वर्षीय भीमप्रसाद रेग्मी तालमा रमाइरहेका थिए। उनी तालमा डुङ्गा चढेर जलविहार गर्ने र तस्बिर लिने काममा व्यस्त थिए।

ताल हेर्न पुगेकी तुलसीपुर उपमहानगरपालिका-५ की ४८ वर्षीया राधा योगीले तालको संरक्षण तथा विकासका लागि ध्यान दिन स्थानीय सरकार र कर्णाली प्रदेश सरकारलाई आग्रह गरिन्।

उनी भन्छिन्,‘ताल हाम्रो अद्वितीय सम्पत्ति हो, यसको संरक्षण र सम्बद्र्धनका लागि सरकारको ध्यान पुग्नु जरुरी छ।’ तालसम्म पुग्ने मोटरबाटो कच्ची रहेकाले त्यस बाटोलाई कालोपत्र गर्न र ताल वरपर होटल तथा चमेना गृह सञ्चालन गर्न सकिएमा ताल घुम्न जाने पर्यटकलाई सुविधा पुग्ने उनले बताइन्।

कुपिन्डे ताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले विसं २०६७ मा मात्रै यो तालको चर्चा सुरु भएको बताए। उनका अनुसार यस तालको आफ्नै विशेषता छ। वरिपरि घना जङ्गल भए पनि यसमा एउटा पनि पात खसेको भेटिँदैन। पात खस्नासाथ आफैँ किनारमा पुग्छन् या यहाँका चराले छेउसम्म धकेल्दै लैजाने गरेको पनि देखिन्छ। यो ताल चखेवा, पानी हाँस र स्थानीय जातका माछाको बासस्थान पनि हो।

कुपिन्डे तालको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार दुई सय मिटर र चौडाइ सरदर साढे तीन सय मिटर छ। तालको क्षेत्रफल भने यकिन छैन। तालमा पानी कहाँबाट आउँछ र कहाँबाट बाहिरिन्छ भन्ने स्पष्ट रुपमा देखिँदैन। स्थलगत रुपमा हेर्दा यसको मुहान देखिँदैन र निकास पनि भेटिँदैन। देखिने गरी तालको निकास नभए पनि पश्चिमतर्फको भागबाट जङ्गलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान छ।

बनगाँड कुपिन्डे नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकीले तालको विकासका लागि आफू लागिपरेको बताउँछन्। ताल जङगलको बीचमा रहेको, यहाँ जलचर जीवजन्तु समेत रहेका तथा जमिन वनको भागमा पर्ने भएकाले वातावरणीय प्रतिवेदन तयार गरेर तालको संरक्षण तथा विकासको योजना बनाइने बताए।

प्रतिवेदन स्वीकृत भएर आएपछि गुरुयोजना तयार गरी भौतिक पूर्वाधार निर्माणका काम थालिने जानकारी पनि उनले दिए। साथै यस वर्ष बाटो मर्मतका लागि नगरपालिकाबाट बजेट विनियोजन गरिएको र आगामी दिनमा आधारभूत विकासका लागि बजेट विनियोजन गरिने उनको भनाई थियो। 

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस