जिल्लाका स्थानीय युवाले रु १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन्।
बेनी–जोमसोम सडकअन्तर्गत सिरुबारी आर्यघाटबाट रिसिन चौतारीसम्म निर्माण भएको पैदलमार्गलाई विस्तार गरेर चौर–भिरपाटा हुँदै सिरसिरे डाँडामा रहेको वडा कार्यालयसम्म पुर्याउने लक्ष्य छ। पदमार्ग निर्माण अभियानका संयोजक सागर केसीले रु १५ लाख २७ हजार सहयोग रकम जुटेको र रु १४ लाख ७७ हजार तीन सय ३३ खर्च भएको बताए।
‘स्वदेशमा हुनेले श्रमदान गर्नुभएको छ भने विदेशमा हुने गाउँलेले नगद सहयोग गर्नुभयो’, उनले भने, ‘सहयोग रकमबाट निर्माण सामग्री खरिद गरेर स्थानीयवासीको श्रमदान जुटाएर दुई किलोमिटर पक्की सिढीसहितको पदमार्ग निर्माण गरेका छौँ।’
दाहसंस्कारका निम्ति शव घाटमा लैजाने पदमार्ग जीर्ण र जोखिमयुक्त भएकाले वडा कार्यालयसँग समन्वय गरेर गत पुसदेखि पदमार्ग निर्माण अभियान सञ्चालन भएको थियो। पदमार्ग निर्माणका लागि एक घरबाट पाँच दिनसम्म श्रमदान गरिएको निर्माण समितिका सचिव रवीन्द्र शर्माले बताए। उनले भने, ‘पदमार्ग निर्माणमा दैनिक १५ देखि ३० जनाको टोलीले निरन्तर श्रमदान गरेको थियो भने गाउँका आमा समूहहरूले दैनिकरूपमा निःशुल्क खाजाको व्यवस्था गरेको थिए।’
गाउँको विकासमा सरकारी बजेट मात्र ताकेर बस्नेहरूका लागि पदमार्ग निर्माण खटिएका युवाहरू उदाहरण बनेको रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारी बताउँछन्। पदमार्गलाई विस्तार गरेर वडा कार्यालय पुर्याउन चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन भएको जानकारी उनले दिए। रासस
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ। पुवा र जोगमाई खोलामा पुुल नहुँदा सवारीसाधनले बर्खे भेल पार गर्न सक्ने अवस्था छैन। मेची राजमार्ग पनि महिना दिनदेखि बन्द छ।
केचना–कञ्चनजंघा सडक (इलाम–झापा फास्ट ट्र्याक) को पुवाखोला र मेची राजमार्गको राजदुवाली खण्डको विकल्प मानिएको सिमलगोलाई–तिल्केनी सडकको जोगमाई खोलामा जडान गर्ने भनिएको बेलिब्रिज अहिलेसम्म नआउँदा समस्या भएको हो। दुवै खोलाका लागि भारतबाट बेलिब्रिजका सबै सामान आइनपुगेकाले जडानको टुंगो नभएको सडक डिभिजन कार्यालयले जनाएको छ। डिभिजन प्रमुख पवन भट्टराईले बेलिब्रिजका तीन गाडी सामान आएको तर बाँकी सामान कहिले आउने भन्ने यकिन नभएको बताए। ‘एउटा बेलिब्रिज जडानका लागि १५–१६ गाडी सामान चाहिन्छ, अहिलेसम्म तीन गाडीचाहिँ आएको छ,’ उनले भने, ‘थप चार गाडी सामान करिब १० दिनमा आइपुग्छ। बाँकी सामान र जडान गर्ने प्राविधिक टोली कहिले आउँछ थाहा छैन।’
प्रमुख भट्टराईका अनुसार सामान आएपछि मात्र प्राविधिक टोली आउने कुरा भएको छ। ‘बेलिब्रिज जडान गर्न खोलामा हामीले बनाउनुपर्ने पूर्वाधार करिबकरिब बनाइसकेका छौं तर जडान कहिले हुन्छ भन्ने यकिन नहुँदा अन्योल छ,’ उनले भने, ‘डिभिजनले चाँडोभन्दा चाँडो सामग्री ल्याउन पटकपटक सडक विभागमा लिखित र मौखिक रूपमा अनुरोध गरेको छ। विभागले पनि प्रयास गरिरहेकै होला।’
खोलामा पुल नहुँदा इलाम, पाँचथर र ताप्लेजुङ आवतजावत गर्ने सवारीसाधन चलाउन निकै कष्ट भइरहेको छ। अघिल्लो वर्षको असोज १८ गते रातिको पहिरोले मेची राजमार्गको राजदुवाली खण्डको करिब पाँच सय मिटर सडक बगाएको थियो। अहिलेसम्म बर्खामा गाडी चल्ने गरी सडक मर्मत हुन सकेको छैन। हिउँदमा गाडी चले पनि बर्खा लागेपछि असहज भएको हो। करिब महिना दिनयता यो खण्ड पुरै बन्द छ। ‘गाडी चलाउन सडक मर्मत गरिरहेका छौं तर पानी पर्नेबित्तिकै बाटो बिग्रिहाल्छ,’ भट्टराईले भने, ‘बनाउने र बर्खे झरीले बगाउने क्रम जारी छ।’
राजदुवालीमा पहिरो अड्याउने गरी सबैभन्दा पुछारको भाग माईखोलाको सतहबाटै सिमेन्टको पर्खाल (प्लम्ब) लगाएर मर्मत भइरहेको छ। तर पानी परिरहेकाले काम सक्न समस्या भइरहेको उनले बताए। ‘राजदुवालीबाट मेची राजमार्ग तत्कालै खुल्ने अवस्थाचाहिँ छैन,’ भट्टराई भन्छन्, ‘केही समय अझै लाग्छ।’
केचना–कञ्चनजंघा सडकको पुवाखोलामा र सिमलगोलाई–तिल्केनी सडकको जोगमाईमा गत वर्ष लगाइएका दुई नयाँ बेलिब्रिज असोजको बाढीले बगाएको थियो। दुवै खोलामा अहिले अस्थायी डाइभर्सन बनाई सवारीसाधन चलाइएको छ।
तर पानी पर्नेबित्तिकै बाढी आएर बगाउँदा समस्या हुने गरेको छ। यी दुवै सडक कच्ची भएकाले बर्खामा हिलाम्य हुन्छन्। यात्रु र मालबाहक दुवै गाडी आवागमनमा समस्या छ।
अहिले सिमलगोलाई–तिल्केनी सडक कोसी प्रदेश सरकारको २५ लाख रुपैयाँ लगानीमा मर्मत भइरहेको छ। तिल्केनीदेखि बज्रदेवीसम्मको खण्डमा इलाम नगरपालिकाले ग्राभेल हालेर मर्मतको काम गरिरहेको छ। बाँकी खण्डको काम सडक डिभिजनले गरिरहेको छ। केही दिनमै सडक मर्मत सकिने भए पनि ठुला मालबाहक गाडी गुडाउन भने समस्या हुन सक्ने डिभिजन प्रमुख भट्टराईले बताए। मालबाहक गाडी चल्न नसक्दा इलाममा उपभोग्य वस्तुको अभाव भइरहेको छ।
गत असोज १८ र १९ मा इलाममा भएको भारी वर्षा र बाढीपहिरोका कारण ३९ जनाको ज्यान गएको थियो। प्राकृतिक विपद्बाट १२ अर्ब रुपैयाँ बढीको भौतिक सम्पत्तिमा क्षति पुगेको थियो। सडक र पुलमा मात्रै सात अर्ब रुपैयाँबराबरको क्षति भएको थियो। क्षति भएका पुल र सडक बनाउन समयमै बजेट नआउँदा र बर्खा लागेपछि मात्रै मर्मत–निर्माणको काम थाल्दा यात्रुसँगै स्थानीय उपभोक्ताले सास्ती बेहोर्नुपरेको हो।
इलामबासीले सडक असुविधाका कारण कष्ट बेहोर्नुपरेपछि सरोकारवालाले इलामलाई ‘विपद् संकटग्रस्त’ घोषणा गर्न संघीय सरकारसँग पटकपटक माग गरिरहेका छन्। जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघ–संस्थाका प्रतिनिधि, व्यवसायीलगायतले संयुक्त भेला गरी इलामलाई संकटग्रस्त घोषणा गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेका थिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।