सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयांले घटेको छ। अघिल्लो दिन प्रतितोला ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार तोकिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९१ हजार ६०० तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयांले बढेर एक हजार २२० रुपैयां तोकिएको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ। रासस
स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो।
मंगलबार सुन प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला पाँच हजार ४५ रुपैयाँ पुगेको चाँदी मंगलबार १०० रुपैयाँले घटेर चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।