स्थानीय बजारमा बुधवार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १०० मा कारोबार भइरहेको छ। मङ्गलवार सुनको मूल्य जति थियो त्यतिमै बुधवार कारोबार भइरहेको छ।
यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय कायम भएको छ।
चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर एक हजार आठ सय ७० मा किनबेच भइरहेको महासङ्घले बताएको छ।
मङ्गलबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ मा खरिदबिक्री भएको थियो। रासस
सुनको मूल्य आज तोलामै २ हजार रुपैयाँले बढेको छ। नेपाली बजारमा सुन तोलाको १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि हिजो सुन तोलाको १ लाख ५२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो। मंगलबार २१०० रुपैयाँले बढेको सुन बुधबार २ हजार रुपैयाँले बढेको हो।
सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने आज स्थिर रहेको छ।
हिजो १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएकोमा चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।