नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योग र अस्पताललाई चौबिसै घन्टा निरन्तर बिजुली आपूर्ति गर्न वैकल्पिक व्यवस्था गरेको छ। अस्पताल र अक्सिजन उद्योगहरूको विद्युत् प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरलाई अधिकतम सतर्कको सूचीमा वर्गीकृत गरिएको छ। साथै अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै निर्वाध विद्युत् आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको प्राधिकरणले जनाएको छ।
अक्सिजन उद्योगहरू रहेका ककनी, हरिसिद्धि, बुटवल, सिमरा, जनकपुर, विराटनगर लगायतका स्थानमा नयाँ वैकल्पिक फिडरहरू जडान गरिएको छ। कोभिड-१९ को दोस्रो लहर देखिनासाथ अक्सिजन उद्योग तथा अस्पतालमा विद्युत् आपूर्ति हुने फिडरहरूको पहिचान गरी समस्या आउन नदिन आवश्यक व्यवस्था गर्न देशभरका वितरण केन्द्रलाई निर्देशन दिइएको र सम्बन्धित वितरण केन्द्रहरूले सोही अनुसार प्रबन्ध गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए। उनले अहिले अस्पताल र अक्सिजन उद्योगमा विद्युत् आपूर्तिको समस्या नरहेको उल्लेख गरे।
अक्सिजन उद्योग तथा अस्पतालहरूमा निर्वाध विद्युत् आपूर्तिको लागि बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेको संयोजकत्वमा सहायता कार्यदल गठन गरिएको छ। ‘अस्पताल तथा अक्सिजन उद्योगमा विद्युत् आपूर्तिमा समस्या आउन नदिन हरसम्भव उपाय अपनाएका छौं,’ कथंकदाचित समस्या आएमा त्यसको तत्काल जानकारी दिन र अनुगमनका लागि कार्यकारी निर्देशक, उद्योगका पदाधिकारीहरू, कार्यदलका संयोजक, सम्बन्धित वितरण केन्द्रका प्रमुखहरू सहितको भाइबर, ह्वाट्सएप ग्रुप सञ्चालनमा ल्याइएको छ,’ शाक्यले भने
अस्पताल तथा अक्सिजन उद्योगसँग सम्बन्धित विद्युत् प्राविधिकलाई उक्त ग्रुपमा जोडिन आग्रह गरिएको छ। आफ्नो अस्पताल वा उद्योगमा विद्युत्को समस्या आउनासाथ तत्काल खबर गर्न आग्रह गरिएको छ। प्रधानमन्त्रीका विकासविज्ञ सल्लाहकार गजेन्द्र थपलिया, कार्यकारी निर्देशक शाक्य, कार्यदलका संयोजक पाण्डे र स्थानीय वितरण केन्द्रका प्रमुखसहितको टोलीले काठमाडौं उपत्यकामा रहेको विभिन्न अस्पताल तथा अक्सिजन उद्योगहरू र विद्युत् आपूर्तिका गर्ने फिडरहरूको अवलोकन गरी समस्याको पहिचान गरेको छ। समस्या समाधानका लागि आवश्यक उपायहरू तर्जुमा गरी सोहीअनुसार काम अगाडि बढाइएको शाक्यले बताए।
डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष गिरिशचन्द्र लालले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको हुन्।
डेडिकेटेड तथा ट्रंक लाइन महसुलसम्बन्धी विषयको दिगो समाधान गर्न प्रतिवेदन उपयोगी हुने आयोगले जनाएको छ। आयोगले तीन महिना १० दिनमा सो विषयसँग सम्बन्धित व्यक्ति तथा विभिन्न निकायका कर्मचारीसँग सोधपुछ र छलफल गरेर प्रतिवेदन तयार गरेको जनाएको छ।
ट्रंक लाइन महसुल विवाद समाधान गर्न भएका ऐन, नियम, विनिमय, कार्यविधि, निर्देशिका, मापदण्ड, विभिन्न समयमा अदालतबाट भएका फैसलालगायत सम्पूर्ण पक्षको राय सुझाव लिएर तयार पारिएको जनाएको छ।
आयोगले बुझाएको प्रतिवेदनको निष्कर्ष के हो भन्ने विषय भने ऊर्जा तथा जलस्रोत मन्त्रालयले सार्वजनिक गरेको छैन। खासगरी, आयोगले २०७२ साउनदेखि पुससम्म, २०७२ माघदेखि २०७५ बैशाखसम्म र २०७५ जेठदेखि २०७७ असारसम्मको फरक फरक अध्ययन गरेको जनाएको छ। सुरुको ६ महिनामा महसुल निर्धारण भएको छैन। २०७५ जेठमा लोडसेडिङको अन्त्य भएको थियो।
नेपाल विद्युत् प्राधिकरणले २०८० पुसमा डेडिकेटेड तथा ट्रंक लाइनबापतको महसुल नतिर्ने उद्योगको नामावली सार्वजनिक गरेको थियो। त्यसपछि कतिपय उद्योगको लाइनसमेत काटिएको थियो।
प्राधिकरणको निर्णयबाट तर्सिएका उद्योगीहरू भने प्रधानमन्त्री पुष्पकमल दाहाललाई गुहार्न बाध्य भएका थिए। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतका उद्योगी प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेर उद्योगको लाइन नकाट्न आग्रह गरेका थिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।