जलविद्युत् उत्पादनमा सरकारभन्दा निजीक्षेत्र अघि
०७ वैशाख २०८१
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
जलविद्युत् उत्पादनमा सरकारभन्दा निजीक्षेत्र अघि

जलविद्युत् आयोजना निर्माण र उत्पादनका दृष्टिले सरकारभन्दा निजीक्षेत्र अघि देखिएको छ। नेपाल विद्युत् प्राधिकरणको फागुन मसान्त २०८० सम्मको विद्युत् उत्पादन विवरणअनुसार, सरकारभन्दा निजीक्षेत्र विद्युत् उत्पादनमा अग्रपंक्तिमा देखिएको हो।

हालसम्ममा निजी र सरकारी निकायबाट कुल दुई हजार आठ सय ९७ मेगावाट विद्युत् उत्पादन भएको छ। जसमध्ये प्राधिकरण र त्यसका सहायक कम्पनीले एक हजार एक सय ५३ मेगावाट बिजुली उत्पादन गर्दा निजीक्षेत्रले भने एक हजार सात सय ४४ मेगावाट बिजुली उत्पादन गरेको छ। विद्युत् उत्पादनका दृष्टिले मात्र होइन, समय र लगानीका दृष्टिकोणले पनि निजीक्षेत्रभन्दा सरकार निकै पछि छ।

पहिलो पटक १९६८ सालमा फर्पिङ जलविद्युत् आयोजना विकास गरेर अघि बढेको सरकारले अहिलेसम्म कुल उत्पादनको झन्डै ४० प्रतिशत विद्युत् मात्र उत्पादन गरेको देखिन्छ। तुलनात्मक रूपमा हेर्दा २०४९ सालदेखि जलविद्युत् विकासका लागि सामेल भएको निजीक्षेत्रले २०८० फागुनसम्ममा कुल उत्पादित विद्युत्को ६० प्रतिशत हिस्सा ओगटेको देखिन्छ।

२०८० फागुनपछि केही आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन भएर कुल जडित क्षमता झन्डै तीन हजार एक सय मेगावाट पुगेको निजीक्षेत्रको दाबी छ।

२०८० फागुनसम्ममा विद्युत् प्राधिकरणले ६ सय ६१ मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट चार सय ९२ मेगावाट र निजीक्षेत्रका जलविद्युत् कम्पनीहरूबाट एक हजार सात सय ४४ मेगावाट विद्युत् उत्पादन गरिसकेका छन्। करिब तीन हजार दुई सय मेगावाटका आयोजना निर्माणकै चरणमा र १० हजार मेगावाटका आयोजनाहरू विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गर्न पर्खिएर बसेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले जनाएको छ।

विद्युत् विकास विभागका अनुसार हालसम्म साढे आठ हजार मेगावाट क्षमताका आयोजनाहरूले निर्माणको अनुमतिपत्र (लाइसेन्स) पाइसकेका छन्। ११ हजार मेगावाट क्षमताका विभिन्न आयोजनाहरूले निर्माण अनुमतिपत्रका लागि निवेदन दिएको विभागले जनाएको छ। त्यस्तै, दुई हजार आठ सय मेगावाट क्षमताका आयोजना सर्भेक्षण गर्न लाइसेन्स लिन निवेदन दिएका छन्। विभागमा अनुमतिका लागि निवेदन दिने र निर्माणका लागि लाइसेन्स लिने अधिकांश आयोजनाहरू निजीक्षेत्रका रहेका छन्। हालसम्म ऊर्जाक्षेत्रमा निजी र सरकारी गरी कुल आठ खर्बभन्दा बढी लगानी भइसकेको छ।

निजीक्षेत्रको मागः ऊर्जा विकासमा एकद्वार प्रणाली  

जलविद्युत् आयोजना निर्माणको अनुमतिपत्र (लाइसेन्स) लिएदेखि जग्गा, वन, पिपिए, बैंकिङ, स्थानीयको अवरोधलगायतका विवाद सिर्जना हुने गरेका छन्। त्यतिमात्र होइन, विभिन्न १४ वटा निकायसँग समन्वय गर्नुपर्ने र प्रक्रियागत झन्झटका बाबजुद निजीक्षेत्रले जलविद्युत् आयोजना निर्माण र विकास गरिरहेको इप्पान नेपालका अध्यक्ष गणेश कार्कीले बताए। जलविद्युत् निर्माणका क्रममा निजीक्षेत्रका प्रवद्र्धकहरूले भोग्नुपरेका समस्यालाई सरकारले नीतिगत रूपमा सम्बोधन गर्नुपर्र्ने उनको भनाइ छ।

समन्वय अभाव र प्रक्रियागत जटिलताका कारण जलविद्युत् आयोजना बनाउने वातावरण नभएको भन्दै उनले ऊर्जा विकासमा एकद्वार प्रणाली आवश्यक रहेको उनको भनाइ छ। ‘निजीक्षेत्र जलविद्युत् आयोजना निर्माणको लाइसेन्स लिएदेखि विभिन्न समस्यासँग जुधिरहेको छ। विभिन्न १४ वटा निकायसँग समन्वय र प्रक्रिया मिलाएपछि मात्र एउटा आयोजना अघि बढ्छ,’ उनले भने, ‘यस्तो समस्या र प्रक्रियागत झन्झटलाई सरकारले नीतिगत रूपमा नै सम्बोधन गर्नुपर्छ। त्यसका लागि ऊर्जा विकासमा एकद्वार प्रणाली लागु गरिदिनुपर्छ।’

ऊर्जाक्षेत्रले फड्को मार्न बैंक तथा वित्तीय संस्थाले जलविद्युत्मा १५ प्रतिशत लगानी अनिवार्य गर्नुपर्ने र त्यसका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ।

अहिले जलविद्युत् क्षेत्रमा देखिएका समस्या हल गर्दै निजी क्षेत्रसँग सरकारले सहकार्य गर्ने गरी योजना बनाइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता नविनराज सिंहले बताए।

‘अहिले जलविद्युत् क्षेत्रमा देखिएका समस्या नीतिगत ढंगबाट सम्बोधन गर्ने गरी मन्त्रालयले गृहकार्य गरिरहेको छ’, उनले थपे, ‘निजीक्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन नयाँ ऐन निर्माणको काम अगाडि बढाइएको छ। यो ऐन पारित भएपछि निजीक्षेत्रले पनि जलविद्युत् आयोजना निर्माण मात्रै होइन, विद्युत् व्यापार गर्न पनि सक्ने छ।’

सरकारले सन् २०३५ सम्ममा विद्युत्को जडित क्षमता २८ हजार पाँच सय मेगावाट पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ। त्यसका लागि आवश्यक पर्ने प्रसारण लाइनसँगै अन्य पूर्वाधार विकासका योजना बनाएर अघि बढ्ने मन्त्रालयले जनाएको छ।

लोकप्रिय
अर्को समाचार
डेडिकेटेड तथा ट्रंक लाइन विवाद समाधान आयोगले बुझायो प्रतिवेदन
२४ वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
डेडिकेटेड तथा ट्रंक लाइन विवाद समाधान आयोगले बुझायो प्रतिवेदन

डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष गिरिशचन्द्र लालले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको हुन्।

डेडिकेटेड तथा ट्रंक लाइन महसुलसम्बन्धी विषयको दिगो समाधान गर्न प्रतिवेदन उपयोगी हुने आयोगले जनाएको छ। आयोगले तीन महिना १० दिनमा सो विषयसँग सम्बन्धित व्यक्ति तथा विभिन्न निकायका कर्मचारीसँग सोधपुछ र छलफल गरेर प्रतिवेदन तयार गरेको जनाएको छ।

ट्रंक लाइन महसुल विवाद समाधान गर्न भएका ऐन, नियम, विनिमय, कार्यविधि, निर्देशिका, मापदण्ड, विभिन्न समयमा अदालतबाट भएका फैसलालगायत सम्पूर्ण पक्षको राय सुझाव लिएर तयार पारिएको जनाएको छ।

आयोगले बुझाएको प्रतिवेदनको निष्कर्ष के हो भन्ने विषय भने ऊर्जा तथा जलस्रोत मन्त्रालयले सार्वजनिक गरेको छैन। खासगरी, आयोगले २०७२ साउनदेखि पुससम्म, २०७२ माघदेखि २०७५ बैशाखसम्म र २०७५ जेठदेखि २०७७ असारसम्मको फरक फरक अध्ययन गरेको जनाएको छ। सुरुको ६ महिनामा महसुल निर्धारण भएको छैन। २०७५ जेठमा लोडसेडिङको अन्त्य भएको थियो।

नेपाल विद्युत् प्राधिकरणले २०८० पुसमा डेडिकेटेड तथा ट्रंक लाइनबापतको महसुल नतिर्ने उद्योगको नामावली सार्वजनिक गरेको थियो। त्यसपछि कतिपय उद्योगको लाइनसमेत काटिएको थियो।

प्राधिकरणको निर्णयबाट तर्सिएका उद्योगीहरू भने प्रधानमन्त्री पुष्पकमल दाहाललाई गुहार्न बाध्य भएका थिए। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतका उद्योगी प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेर उद्योगको लाइन नकाट्न आग्रह गरेका थिए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस