कोरोना नियन्त्रणको खर्च विवरण नै छैन स्थानीय तहसँग
०४ चैत्र २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना नियन्त्रणको खर्च विवरण नै छैन स्थानीय तहसँग

कोरोना महामारी स्थानीय सरकारका लागि मनपरि वा फजुल खर्च गर्ने अवसर बनेको पाइएको छ। केही स्थानीय तहले कोरोना संक्रमण न्यूनीकरणमा प्रभावकारी भूमिका निभाए पनि केहीले भने खर्च मात्रै बढाएर कार्यालयलाई नै व्ययभार थपेका छन्।  

उपत्यकाका अधिकतर स्थानीय तहले कोरोना रोकथामका लागि भन्दै अनावश्यक खर्च गरेको तथ्यांकले देखाउँछ। काठमाडौं महानगरपालिकाले कोरोना नियन्त्रणको बहानामा झन्डै १० करोड बजेट स्वाहा पारेको छ। आव २०६७/७७ मा खर्च भएको रकममध्ये सबैभन्दा बढी राहत सामग्रीमा खर्च गरेको महानगरले जनाएको हो। जसमा ५ करोड ३३ लाख रकम खर्च भएको देखाइएको छ। महानगरले उपत्यकाका कुन वर्गलाई कति राहत बाँडियो भन्ने तथ्यांकसमेत छुट्याएको छैन। खर्च रकम समेटिएको एकमुष्ट तथ्यांक सार्वजनिक गरेको छ। राहत वितरण गरिएकाहरूको तथ्यांक नै नराखी खर्च मात्रै देखाउने कार्य गरेसँगै महानगरले कोरोना खर्चमा बेथिति गरेको तथ्यांकले देखाउँछ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार महानगरमा हालसम्म २५ हजार बढी कोरोना संक्रमित भइसकेका छन्। ती संक्रमितको व्यवस्थापन, लकडाउनमा विपन्न लक्षित राहत वितरण, क्वारेन्टिन निर्माणलगायत कार्यमा महानगरले ८ करोड खर्च गरेको छ। तर कुनकुन क्षेत्र र ककसलाई राहत बाँडियो भन्ने विवरण महानगरसँग छैन। महानगरका प्रवक्ता ईश्वरमान डंगोलले अवस्था हेरेर खर्च गरिएको दाबी गरे। उनले महानगरले हतारमा कोरोना नियन्त्रण र राहत वितरण गर्नुपर्ने भएकाले धेरै रकम त्यसैमा खर्च भएको जानकारी दिए। ‘हामीसँग तथ्यांक छ, त्यसरी बजेट नै दुरूपयोगचाहिँ भएको छैन,’ उनले भने, ‘अवस्था हेरेर खर्च भएको हो।’  

ललितपुर महानगरमा पनि कोरोना नियन्त्रणको समयमा अपत्यारिलो खर्च भएको छ। महानगरको खर्च शीर्षक र संक्रमितको संख्या हेर्दा कोरोनाको बहानामा फजुल खर्च भएको पुष्टि हुन्छ। महानगरले २०७६ चैतदेखि असार मसान्तसम्म मात्रै ३ करोड ८९ लाख ३८ हजार रकम खर्च गर्‍यो। असारयता १ करोड ३४ लाख ६८ हजार बजेट स्वाहा भएको छ। आव २०६७/७७ मा खर्च भएको रकममध्ये सबैभन्दा बढी राहत सामग्रीमा भएको बताएको छ। जसमा २ करोड ३३ लाख ८२ हजार रकम खर्च भएको हो। महानगरले कुनकुन वर्गलाई राहत बाँडियो भन्ने तथ्यांक छुट्याउनसमेत सकेन। हचुवाको भरमा राहत सामग्री वितरण र मनमौजी खर्च गरेको छ। 

ललितपुरमा संक्रमितको संख्या झन्डै २ हजार पुगेको छ। महानगरभित्र सक्रिय संक्रमितको संख्या २ सय नाघेको छ। हालसम्म महानगरले ४ करोड रूपैयाँ खर्च गरिसकेको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा महानगरवासीलाई राहत प्रदान गर्दा बढी खर्च भएको थियो। त्यसबाहेक क्वारेन्टिन निर्माण र उपचारमा बढी खर्च भएको छ। ‘कोरोना र लकडाउनको समयमा हामीले सोचेभन्दा धेरै रकम खर्च भयो, त्यतिबेला हामीले आवश्यकता हेरेरै खर्च गरेका छौं,’ उनले भने।  

त्यसो त अन्य समयमा पनि सौखिन बन्दै आफ्नै सेवासुविधा बढाउन लिप्त स्थानीय तहका जनप्रतिनिधिले महामारीको बेला समेत अनावश्यक खर्च गरेको तथ्यले देखाउँछ। स्थानीय तहले सर्वसाधारणको भन्दा आफ्नै सुविधामा बढी बजेट खर्च गर्ने गरेका छन्। कोरोना भाइरसको नियन्त्रणमा सामान्य भूमिका खेलेका स्थानीय तहले आर्थिक विकृति बढाएका छन्। ललितपुरकै महालक्ष्मी नगरपालिकाले १ करोड ३९ लाख बजेट कोरोना नियन्त्रणमा खर्च गरेको छ। नगरपालिकाले राहतमा मात्रै ५७ लाख रूपैयाँ खर्च गरेको छ। त्यस्तै, क्वारेन्टिन खर्च २० लाख, कन्ट्याक्ट टे«सिङको आधारमा पिसिआर गर्दा ५ लाख रूपैयाँ खर्च भएको छ। 

यसबाहेक कोरोना संक्रमित बिरामीको स्वास्थ्य उपचार र अन्य व्यवस्थापनमा पनि खर्च भएको मेयर रामेश्वर श्रेष्ठले जानकारी दिए। ‘नगरपालिकाले कोरोना कालमा नगरवासीसँग नजिक रहेका काम गरेको छ, नगरवासीलाई अप्ठेरो परेको बेला खर्च गर्न कन्जुस गरेका छैनौं,’ उनले भने। ललितपुरको गोदावरी नगरपालिकाले कोरोना नियन्त्रणमा १ करोड ३० लाख रूपैयाँ खर्च गरेको छ। नगरपालिकाले राहत वितरण र क्वारेन्टिन निर्माणमा मात्रै ५० लाख रूपैयाँ खर्च गरेको छ। ललितपुरकै दक्षिणी भेगमा पर्ने वाग्मती गाउँपालिकाले कोरोना नियन्त्रणका लागि भन्दै २८ लाख ३५ हजार रूपैयाँ खर्च गरेको छ। तर कुन शीर्षकमा कति खर्च भयो भन्नेबारे पालिकाले विवरण छुट्याएको छैन। 

कोन्ज्योसोम गाउँपालिकाले कोरोना नियन्त्रणमा ५७ लाख ४० हजार रूपैयाँ खर्च गरेको छ। जसमा आइसोलेसन तथा क्वारेन्टिन निर्माण र औषधि खरिदमा १० लाख ५८ हजार, उपचार खर्च १ लाख ७४ हजार र राहत वितरणमा ३७ लाखभन्दा बढी खर्च भएको पालिका अध्यक्ष गोपिलाल सिङ्तानले जानकारी दिए। ‘कोरोना नियन्त्रणमा सहरमा सरकारको चासो गयो, हामीले कसरी काम गरेका छौं त्यसबारे केन्द्रलेसमेत चासो दिएन,’ उनले भने, ‘विभिन्न सामाजिक संस्था र पालिकाको खर्चमा कोरोना नियन्त्रण र लकडाउनमा राहत सामग्री वितरण भयो।’  

महांकाल गाउँपालिकाले ५७ लाख ३५ हजार बजेट कोरोना नियन्त्रणमा सकेको छ। जसमा क्वारेन्टिन खर्च १० लाख, औषधि खर्च ७ लाख र अन्य खर्च २२ लाख बढी भएको पालिकाले जनाएको छ।

लोकप्रिय
अर्को समाचार
खाप टोलका १ सय १० परिवारलाई राहत
०३ असार २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
खाप टोलका १ सय १० परिवारलाई राहत

कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले समस्यामा परेका विराटनगर १९ का विपन्न परिवारलाई राहत वितरण गरिएको छ। नेपाली समाज जर्मनको सहयोगमा हामी युवा विराटनगरले विराटनगर १९ खापटोलका १ सय १० विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको हो।  

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, विराटनगर–१९का वडा अध्यक्ष बद्रीनारायण सरदार र हामी युवा संस्थाका संस्थापक सविन दाहालले विपन्न परिवारका सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।

प्रत्येक परिवारलाई २५ किलो चामल, खाने तेल, पिठो, चिनीलगायतका खाद्यान्न सााग्री वितरण गरिएको हामी युवाकी अध्यक्ष जीना कार्कीले जानकारी दिइन्। हामी युवाले आगामी दिनमा पनि कोरोना लगायतका महामारी र विभिन्न दैविविपत्तीबाट पीडित बनेका परिवारलाई सहयोग गर्ने कामलाई निरन्तरता दिने कार्कीले बताइन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस