भन्सार जाँचपास भएको मितिले चार वर्षसम्म परीक्षण गर्न पाउने कानुनी व्यवस्था अव्यवहारिक भएको भन्दै घटाउन उद्योगी, व्यवसायीले माग गरेका छन्। विराटनगरमा आइतबार भन्सार विभागले आयोजना गरेको भन्सार जाँचपासपछि परीक्षणसम्बन्धी अन्तक्र्रियामा सहभागी उद्योगीहरूले चार वर्षबाट घटाएर एक वर्षभित्रै परीक्षण गर्नुपर्ने व्यवस्था गर्न माग गरे।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले राज्यका सबै पक्षले स्वच्छ, पारदर्शी र इमान्दारीपूर्वक काम गरे राजस्वको लक्ष्य प्राप्त भई मुलुकले समृद्धि हासिल गर्ने बताए। आर्थिक र औद्योगिक क्रान्ति ल्याउन उद्योग, व्यवसाय फस्टाउने वातावरण तयार गर्नुपर्ने भन्दै उनले थपे, ‘आर्थिक प्रशासनलाई छिटो, छरितो बनाउँदै प्रक्रिया पुगेका कन्साइमेन्टको जा“चपासमा ढिलाइ गर्न हुँदैन। निजी क्षेत्रलाई देशको आर्थिक एवं औद्योगिक समृद्धिको सहयात्रीको रूपमा लिई एकअर्काको विश्वासको वातावरण तयार गर्नुपर्छ।’
‘भन्सार जाँचपास भएको मितिले चार वर्षसम्म परीक्षण गर्न पाउने कानुनी व्यवस्थालाई व्यवहारिक बनाउन बढीमा १एक वर्षको समय सीमा कायम गर्नुपर्छ,’ मोरङ व्यापार संघका कार्यबाहक अध्यक्ष नविन रिजालले भने, ‘मुद्दामा गएका पैठारीलाई छिट्टो छिनोफानो गर्न जरुरी छ। न्यून बिजकीकरणको शंका लागेमा पैठारी भएका मालसामानको बिजक मूल्यमा १० प्रतिशत मूल्य अभिवृद्धि गरी भन्सार विभागले नै खरिद गर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्छ।’
भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार विभागले निर्दिष्ट नीति, नियमको पालना गराउँदै आयात–निर्यात व्यापार सहजीकरण गर्दै आएको बताए। उद्योगी, व्यवसायीलाई भन्सार कार्यालयसँग सम्बन्धित समस्या स्थानीय स्तरमै सुल्झाउँदै नीतिगत समस्या आएमा समाधानका लागि विभाग तयार रहेको बताए।
त्यसैगरी, प्रमुख भन्सार परीक्षण प्रशासक विष्णुराज ढकालले उद्योगी, व्यवसायीलाई हार्मोनिक सिस्टम कोडको मर्म अनुसार कानुन परिपालना गर्नु, गराउनु भन्सारको काम भएको बताए। उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुशील धनावतले उद्योगी, व्यवसायीलाई मात्र दोष देखाएर हरेक कुरामा जरिवाना लाउन नहुने भन्दै भन्सार जाँचपास भएको मितिले बढीमा एक वर्षसम्म परीक्षण गर्न पाउने व्यवस्था कायम गर्नुपर्नेमा जोड दिए।
विभिन्न ६ सुत्रिय माग राख्दै विराटनगरका उद्योगी व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी उद्योगी व्यवसायीहरूले आन्दोलनको चेतावनी दिएका हुन्।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले चर्को व्याजदर नियन्त्रणलगायतका माग पुरा नगरे पुनः सडकमा उत्रने चेतावनी दिए। मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले राज्यले आफूहरूका माग सम्बोधनमा वेवास्था गरे पुनः सडकमा उत्रन बाध्य हुने र फेरि पनि सडकमा उत्रनु परेको खण्डमा माग पुरा नहुन्जेल सडक नछाड्ने चेतावनी दिए। ‘आफूहरूले उठाएका जायज माग सम्बोधन नगरे पुनः सडकमा उत्रन बाध्य हुने छौ’ रिजालले भने ‘पुनः आन्दोलनमा उत्रनुपरे माग पुरा नहुन्जेल सडक छाड्दैनौं।’ राष्ट्र बैंकले हालै मौद्रिक नीतिको समिक्षा गरी बैंकको स्प्रेड रेटलाई ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झारे पनि त्यो प्रायप्त नभएको उद्योगीहरूले बताएका छन्। उनिहरूले बैंकहरूको स्प्रेड दरलाई सांढे ३ प्रतिशतमा झार्नुपर्ने माग राखेका छन्। यस्तै चालुपूँजी कर्जा २५ प्रतिशत लिन पाउने व्यवस्था व्यवहारिक नभएकाले दायरा बढाउन माग गरेका छन्।
उद्योग संगठन मोरङका उपाध्यक्ष अशोक मुरारकाले भने ‘उद्योगहरूलाई कच्चापदार्थ ल्याउन नै ३ महिना लाग्ने देशमा चालु पूँजी कर्जा २५ प्रतिशत बनाउनु व्यवहारिक छैन।’ उनले चालुपूँजी कर्जाको दायरा आगामी ३ वर्षका लागि बढाउनु पर्ने बताए। यस्तै आगामी ३ वर्षका लागि बैकको सिडी रेसियोको सट्टा सीसीडी रेशियोलाई आगामी ३ वर्षसम्म ९० प्रतिशत कायम गर्न, बैंकको वेसरेट घटाउन र एलसी डिस्काउन्टीङको व्यवस्थालाई निरन्तरता दिन उद्योगीहरूले माग गरेका छन्। उद्योगी व्यवसायीले नेपालको अर्थतन्त्रको अवस्था कोभिड कालकोजस्तै धरासायी भएको बताएका छन्। उनिहरूले चर्को व्याजका कारण धेरै उद्योगहरू बन्दहुने अवस्थामा पुगिसकेको दाबी गरेका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।