नेपालमा पर्यटनको प्रचुर सम्भावना भएर पनि विदेशबाट नेपाल घुम्न आउने पर्यटकले भन्दा नेपाली विदेश जाँदा ठुलो धनराशि खर्च गर्ने गरेका छन्। विदेशी पर्यटकको आगमनबाट हुने भ्रमण आयभन्दा नेपालीले विदेश जाँदा करिब साढे ८६ अर्ब रुपैयाँ धेरै रकम खर्च गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसरी हेर्दा नेपालको पर्यटन व्यापार घाटा ८६ अर्ब ५३ करोड रुपैयाँ देखिन्छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा भ्रमण आय ८.६ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। यसको अर्थ यो रकम नेपाल आउने विदेशी पर्यटकबाट आम्दानी भएको हो।
विदेशी पर्यटकले नेपालमा आएर गरेको खर्चभन्दा नेपालबाट विदेश गई नेपालीले गरेको खर्च १७.९ प्रतिशतले बढेको छ। नेपालीले विदेश भ्रमण गर्दा एक खर्ब ८५ अर्ब तीन करोड रुपैयाँ खर्च गरेका छन्। भ्रमण व्ययमा नेपालबाट विदेश घुम्न जाने, अध्ययनका लागि जाने, रोजगारीका लागि जाने खर्चमा लिइन्छ।
विदेशी पर्यटकबाट नेपाललाई हुने आम्दानीभन्दा नेपाली विदेश जाँदा ८६ अर्ब ५३ करोड रुपैयाँ धेरै खर्च खर्च गरेका छन्। कोभिड १९ ले थला परेको पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार भए पनि पर्यटन व्यापारमा भने नेपालले ठुलो घाटा बेहोरिरहेको छ। नेपालीहरू विदेश घुम्न जाने संख्यामा वृद्धि भएको छ।
पर्यटक नेपाल आउँदा गर्ने खर्चभन्दा नेपालीले विदेश जाँदा खर्च गर्ने रकम ठुलो हुनु चिन्ताको विषय हो। विदेशी पर्यटक नेपाल आउँदा विदेशी मुद्रा भित्रिन्छ। यसको सकारात्मक प्रभाव सेवा क्षेत्रको आयमा पर्छ। नेपाली विदेश घुम्न जाने प्रचलन पनि बढेको छ। उच्च आम्दानी हुनेदेखि कर्पोरेट हाउसहरूले विदेशमा विभिन्न कार्यक्रम आयोजना गरेर भ्रमणमा जाने गरेका छन्।
केही व्यक्तिको आयमा ठुलो परिवर्तन भएको र घुम्न जाने प्रचलन बढेकाले भ्रमण व्यय बढेको नेपाल राष्ट्र बैंका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए। ‘कर्पोरेट हाउस, बैंक, बिमा कम्पनीहरूले पनि प्याकेज बनाएर विदेश भ्रमणमा लैजाने गरेका छन्,’ थापाले भने, ‘विदेश पढ्न जाँदा पनि खर्च हुने गरेको छ।’ नेपाली विमान कम्पनी नभएको कारण पनि भ्रमण व्ययमा धेरै खर्च देखिएको छ।
नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जाँदा पनि ठुलो रकम बिदेसिएको छ। राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा शिक्षातर्पmको व्यय एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ छ। नेपालबाट अस्ट्रेलिया, अमेरिका, जापान, बेलायत, क्यानाडा, भारतलगायत युरोपेली मुलुकमा विद्यार्थी जाने गरेका छन्। विदेश अध्ययन गर्न जाने विद्यार्थीले डलरमा रकम लैजाने गरेका छन्। सँगै उनीहरू जाँदा जहाजको टिकटमा पनि खर्च हुन्छ।
यद्यपि विदेशमा अध्ययन तथा रोजगारीमा जानेले पछि रेमिटेन्सका रूपमा रकम पठाउँछन्।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेपछि विदेशबाट रेमिटेन्स आउने क्रम भने बढेको छ। चालु आर्थिक वर्षको १० महिनामा करिब साढे १३ खर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। चालु आर्थिक वर्षको वैशाखसम्म विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।
गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो। यो वर्षको वैशाख महिनामा मात्र एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ विप्रेषण आएको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ थियो। गत आवसँग तुलना गर्दा पोहोरभन्दा यो वर्षको वैशाखमा करिब ४९ अर्ब रुपैयाँ धेरै रेमिटेन्स आएको छ।
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।
प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।
कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।
यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।
यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।
यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।
पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।
गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।
अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।
प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।
उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।