नेपाल आयल निगमको निमित्त प्रमुखमा नागेन्द्र साह
०२ पौष २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
नेपाल आयल निगमको निमित्त प्रमुखमा नागेन्द्र साह

सरकारले नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशक (निमित्त प्रमुख) को जिम्मेवारी नागेन्द्र साहलाई दिएको छ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साहलाई निमित्त प्रमुखको जिम्मेवारी तोकेको हो ।

नयाँ कार्यकारी निर्देशक नियुक्त भएर नआउँदासम्मका लागि जिम्मेवारी तोकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए। ‘थानी जीले राजीनामा दिएपछि कार्यकारी निर्देशकको पद रिक्त थियो,’ रिजालले भने, ‘वरिष्ठताका आधारमा साहलाई निमित्तको जिम्मेवारी तोकिएको हो।’ आर्थिक तथा प्रशासनिक निर्णय गर्ने अधिकारसहित साहले निमित्तको जिम्मेवारी पाएका हुन्। निमित्त भएको बेला दीर्घकालीन महत्व राख्ने निर्णय गर्ने प्रचलन भने छैन।

निगमको नायब कार्यकारी निर्देशक पदमा कार्यरत साह सबैभन्दा वरिष्ठ कर्मचारी हुन्। चार्टर्ड एकाउन्टेन्ट साह निगमको अर्थ विभागको नेतृत्व गर्दै आएका छन्। उनले अर्थसँगै मानव संसाधन विभागको नेतृत्व समेत गरिसकेका छन्। उनी निगमभित्र विवादमा नआएका बरिष्ठ तहका कर्मचारी हुन्।

लोकप्रिय
अर्को समाचार
निगमले एक करोड लिटर क्षमताका इन्धन भण्डारण गृह बनाउने
०६ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
निगमले एक करोड लिटर क्षमताका इन्धन भण्डारण गृह बनाउने

नेपाल आयल निगमले रूपन्देहीमा करिब तीन अर्ब रूपैयाँको लगानीमा एक करोड १३ लाख लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ। निगमको रूपन्देही भलबारीमा रहेको डिपोलाई स्थानान्तरण गर्ने योजनासहित भण्डारण गृह र नयाँ डिपो निर्माण गर्न लागिएको जनाइएको छ।  

भैरहवा–परासी सडक खण्डमा पर्ने ओमसतिया र रोहिणी गाउँपालिकाको सीमाक्षेत्रको रोहिणी नदी किनार नजिकै इन्धन भण्डारण ट्यांकसहित डिपो बनाउने भएको हो। नयाँ डिपोका लागि निगमले खरिद गरेको जग्गामा रिटेनिङ वाल र जमिन सम्याउने काम बुधबारबाट सुरु गरिएको हो। एक कार्यक्रमका बीच ओमसतिया गाँउपालिकाका अध्यक्ष मन्जितकुमार यादव र रोहिणी गाँउपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले रिटेनिङ वाल निर्माणको शुभारम्भ गरेका हुन्।  

रिटेनिङ वाल र जग्गा सम्माउने काम सम्पन्न भएपछि दोस्रो चरणमा डिपोका लागि भण्डारण स्थल निर्माणको काम अघि बढ्ने परियोजना प्रमुख इन्जिनियर प्रदीप यादवले बताए। ‘निगमको रूपन्देही भलबारीमा रहेको डिपो बस्तीको बीचमा भएकाले सार्नुपर्नेछ,’ यादवले भने, ‘करिब तीन अर्ब अर्ब रूपैयाँ अनुमानित लागतमा डिपो निर्माण गर्न लागिएको छ।’ २१–२१ लाख लिटरका तीन वटा डिजेल ट्यांक , १६–१६ लाख लिटरका तीन वटा पेट्रोल ट्यांक र ७०–७० हजार लिटरका तीन वटा अण्डर ग्राउण्ड मट्टीतेल भण्डारण गृह बनाउने योजना रहेको यादवले बताए।  

रूपन्देहीको ओमसतिया–५ र रोहिणी–१ मा पर्ने रोहिणी नदी किनारको १४ बिघा सात कट्ठा जमिनमा तेल भण्डार गृह बनाउन भन्दै निगमले २०७३ सालमा खरिद गरेको थियो। जग्गा खरिद चलनचल्तीको मूल्यभन्दा बढीमा गरेपछि निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । जग्गा सम्बन्धमा परेको मुद्दा अख्तियारबाट टुंगिएकाले डिपो निर्माणको प्रक्रिया अगाडि बढेको उनले बताए। ‘अख्तियार र संसदीय समितिबाट जग्गा सम्बन्धी विवाद समाधान भएर बजेट पनि पारित भइसकेकाले टेण्डर प्रक्रियामा गएका हौं’, परियोजना प्रमुख यादवले भने।  

निगमले त्यही जग्गामा सात वर्षपछि डिपो निर्माण गर्न लागेको हो। जसअन्तर्गत पहिलो चरणमा खोला किनारको जमिन सम्याउने र पर्खाल लगाउने काम हुनेछ। खोला किनारको जमिन पुर्न र रिटेनिङ वाल बनाउन करिब १३ करोड रूपैयाँ लाग्नेछ। बाढीको जोखिमका सबन्धमा विज्ञसहितको टोलीले एक महिना लगाएर अध्ययन अनुसन्धान गरेपछि बल्ल काम अगाडि बढाइएको पनि यादवले बताए। यादवका अनुसार बाढीको जोखिमबाट जोगाउन र गृहलाई सुरक्षित बनाउन खोला किनार पुरेर अग्लो तटबन्ध बनाउने निगमले जनाएको छ। भण्डार गृहको डिजाइन र ड्रइङ काठमाडौं युनिभर्सिटीले बनाइरहेको छ।

यादवका अनुसार पहिलो चरणको काम सकेर मंसिरमा भण्डारण गृह निर्माणको काम सुरु गर्ने योजना छ। भण्डारण गृहले लुम्बिनी प्रदेशका लागि २० दिनको माग धान्न सक्ने क्षमताको बन्ने छ। ‘आगामी असोजसम्म भण्डारण गृहको डिजाइन तयार गरी मंसिरमा परियोजना लन्च गर्ने तयारी छ’ उनले भने। २०८३ सालसम्म भण्डार गृह तयार गरी भलवारीको डिपो स्थानान्तरण गर्ने योजनासहित काम अघि बढेको उनको भनाइ छ। 

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस