प्रश्नै-प्रश्नले घेरिएको गणेशको मृत्यु, के यो साँच्चिकै एउटा सानो कुरा मात्रै थियो?
०५ साउन २०८३
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रश्नै-प्रश्नले घेरिएको गणेशको मृत्यु, के यो साँच्चिकै एउटा सानो कुरा मात्रै थियो?
.

त्रिपुरेश्वरस्थित राहदानी विभागको तेस्रो गेटअगाडि एक नेपाली नागरिकले आफ्नै जीवन अन्त्य गर्ने प्रयास गरे। उपचारका लागि अस्पताल पुर्‍याइए पनि भोलिपल्ट उनले जीवनसँगको अन्तिम लडाइँ हारेर यो संसारबाट बिदा लिए।  

तुरुन्तै यो खबर फैलियो। सामाजिक सञ्जाल तातियो। केहीले सहानुभूति व्यक्त गरे, तर धेरैले उल्टै प्रश्न गरे— “जाबो हजार–दस हजार रुपैयाँको जरिवानाका लागि पनि मान्छेले यस्तो गर्छ?”  

“नियम भनेको नियम हो। जरिवाना तिरेको भए भइहाल्थ्यो नि!”

“यति सानो कुरामा पनि कसैले यस्तो गर्छ त?”

“कतै यो व्यक्ति मानसिक रोगी त थिएनन्?”

तर के हामीले सोधिरहेका यी प्रश्नहरू नै गलत छैनन् र?

सायद सही प्रश्न यस्तो हुन सक्थ्यो— के यो साँच्चिकै एउटा सानो कुरा मात्र थियो?

एउटा पुरानो उखान छ, “त्यो अन्तिम पराल, जसले ऊँटको ढाड भाँच्यो।” कल्पना गर्नुस्, एउटा ऊँट मरुभूमिमा भारी बोकेर हिँडिरहेको छ। एकपछि अर्को गर्दै त्यसको पिठ्युँमा पराल थपिँदै जान्छ। उसले पहिलो, दोस्रो, तेस्रो र चौथो भार सहँदै जान्छ। तर अन्त्यमा थपिएको एउटा सानो परालले उसको ढाड भाँचिदिन्छ।

ऊँटको ढाड वास्तवमा त्यो अन्तिम परालले मात्र भाँचिएको हुँदैन। त्यो त वर्षौँदेखि थुप्रिँदै गएको भारको परिणाम हुन्छ।

मानिसको मन पनि कहिलेकाहीँ त्यस्तै हुन्छ। सायद स्वर्गीय गणेश नेपालीको हकमा पनि त्यही भएको थियो होला। तर किन हाम्रो समाजले त्यो बुझ्ने प्रयास गरेन?

के “चार जात, छत्तीस वर्णको साझा फूलबारी” भन्ने हाम्रो पहिचान आज पनि जीवित छ?

आर्थिक भार, ऋण, जिम्मेवारी, बेरोजगारी, भविष्यप्रतिको निराशा, प्रशासनिक जटिलता, सामाजिक विभेद, तिरस्कार, अपमानको अनुभूति तथा अवसरबाट वञ्चित हुने अनुभव—यी सबै अदृश्य भारहरू हुन सक्छन्। समाजले सानो ठान्ने कुनै एउटा घटना कहिलेकाहीँ त्यही अन्तिम पराल बन्न पुग्छ।

यसको अर्थ नियम आवश्यक छैनन् भन्ने होइन।

नियम आवश्यक छन्। जरिवाना पनि आवश्यक हुन सक्छ। राज्य नियमबिना चल्न सक्दैन।

तर एउटा समाजको सभ्यता केवल नियमको कठोर कार्यान्वयनले मात्र मापन हुँदैन। त्यसको मापन पीडितप्रतिको सहानुभूति, करुणा र मानवीय संवेदनशीलताले पनि हुन्छ।

कुनै व्यक्ति जीवन र मृत्युको सङ्घर्षमा छ भने हाम्रो पहिलो प्रश्न उपचार र उद्धारबारे हुनुपर्छ, कारणबारे होइन। भुइँमा ढलेको मानिसलाई हेरेर “उनले नियम किन तोडे?” भन्ने प्रश्नभन्दा पहिले “उनी यति निराश र पीडित किन भए कि यस्तो निर्णयको किनारासम्म पुगे?” भन्ने प्रश्न उठ्नुपर्छ।

आधुनिक आत्महत्यासम्बन्धी सिद्धान्तहरूले पनि यही कुरा सम्झाउँछन्।

विश्वप्रसिद्ध अमेरिकी मनोवैज्ञानिक थोमस जोइनरको Interpersonal Theory of Suicide अनुसार आत्मघाती व्यवहारको जोखिम तब बढ्न सक्छ, जब व्यक्तिले आफू अरूका लागि बोझ भएको अनुभव गर्छ (perceived burdensomeness) र आफू समाज तथा सम्बन्धहरूबाट अलग भएको महसुस गर्छ (thwarted belongingness)।

त्यसैगरी समाजशास्त्री एमिल डुर्खाइमले एक शताब्दीअघि नै आत्महत्या केवल व्यक्तिगत वा मानसिक घटना मात्र नभई सामाजिक संरचना, सामाजिक सम्बन्ध तथा व्यक्तिको सामाजिक स्थानसँग पनि गहिरो रूपमा सम्बन्धित हुने बताएका थिए।

यी सिद्धान्तहरूले हामीलाई एउटा महत्त्वपूर्ण कुरा सिकाउँछन्—आत्मघाती व्यवहार प्रायः एउटै कारणबाट उत्पन्न हुँदैन। यो जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरूको जटिल अन्तरक्रियाबाट उत्पन्न हुने घटना हो।

त्यसैले आत्महत्या गर्ने व्यक्तिलाई “कमजोर मानसिकता भएको”, “हिम्मत नभएको” वा “सानो कुरामा ठूलो प्रतिक्रिया दिएको” भनेर व्याख्या गर्नु वैज्ञानिक दृष्टिले पनि गलत हुन्छ र मानवीय दृष्टिले पनि अपूर्ण हुन्छ।

यति मात्र होइन, आत्मघाती व्यवहार भएका सबै व्यक्तिमा अनिवार्य रूपमा मानसिक रोग नै हुन्छ भन्ने पनि होइन। मानसिक रोग जोखिम कारक हुन सक्छ, तर प्रत्येक घटना मानसिक रोगकै प्रत्यक्ष परिणाम हुन्छ भन्ने निष्कर्ष वैज्ञानिक रूपमा उचित हुँदैन।

मृतक गणेश नेपालीको सन्दर्भमा पनि हामीले कुनै मानसिक रोगको अनुमान गर्नु वा निष्कर्ष निकाल्नु भन्दा पहिले उनले जीवनमा भोगेका अस्थिरता, आर्थिक कठिनाइ, मनोसामाजिक तनाव, अपमानको अनुभूति, सामाजिक एक्लोपन वा निराशाजस्ता सम्भावित कारणहरू बुझ्ने प्रयास गर्नुपर्छ।

त्यसैले कसैले यति पीडादायी रूपमा आफ्नो जीवन गुमाएको अवस्थामा उसको पीडालाई नबुझी त्यसलाई केवल मानसिक रोग वा व्यक्तिगत कमजोरीका रूपमा व्याख्या गर्नु उचित हुँदैन। आवश्यक कुरा भनेको उसको भोगाइ, सङ्घर्ष र पीडालाई बुझ्ने प्रयास गर्नु हो।

के हामी नियम मान्ने समाजमा रूपान्तरण हुँदै जाँदा मानवता बिर्सिरहेको समाज त बनिरहेका छैनौँ?

हो, कानुनले व्यवस्था दिन्छ।

तर करुणाले समाजलाई सभ्य बनाउँछ।

यदि एउटा मानिसको मृत्युको समाचार सुन्नासाथ हाम्रो पहिलो प्रतिक्रिया “उसले गल्ती गर्‍यो” भन्ने मात्र हुन्छ भने, सम्भवतः हामीले नियमको रक्षा गरेका छौँ, तर केही मानवता भने गुमाइरहेका छौँ।

अन्ततः प्रश्न नियम सही थिए कि थिएनन् भन्ने मात्र होइन।

प्रश्न यो हो—

एउटा मानिसलाई कुन पीडा, कुन निराशा र कुन अदृश्य भारले यस्तो अवस्थामा पुर्‍यायो कि जीवनभन्दा पीडा ठूलो जस्तो महसुस भयो?

(डा. कुशल खरेल काठमाडौंमा कार्यरत एक मनोचिकित्सक हुन्। उनको विशेष रुचि आत्महत्या रोकथाम, सामुदायिक मानसिक स्वास्थ्य तथा जनचेतनामूलक मानसिक स्वास्थ्य अभियानमा रहेको छ।)

अर्को समाचार
अझै कति रश्मीहरूलाई श्रद्धाञ्जली दिइरहने ?
१९ साउन २०८३
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
अझै कति रश्मीहरूलाई श्रद्धाञ्जली दिइरहने ?

यदि आत्महत्या नै समस्याको समाधान हो भने, हरेक दिन असंख्य मानिसहरू अनेकौँ पीडा, संघर्ष र अभावसँग जुध्दै पनि किन पुनः उठ्ने प्रयास गरिरहेका छन्? किन आफ्नो स्वासलाई अझै लामो बनाउने र हिम्मतलाई अझै बलियो बनाउने संकल्प गरिरहेका छन्?

रश्मी रिजालले किन यस्तो दुःखद निर्णय लिनुभयो भन्ने विषय अनुसन्धानले नै स्पष्ट पार्ला। तर उहाँको मृत्युले एउटा गम्भीर प्रश्न भने उठाएको छ—के हाम्रो कर्पोरेट कार्यसंस्कृतिले कर्मचारीहरूलाई असह्य मानसिक दबाबमा त धकेलिरहेको छैन?

आज पनि धेरै कर्मचारीहरू आफ्नो श्रमको उचित मूल्याङ्कन नपाएर, आफ्नो क्षमता बेवास्ता भएको महसुस गर्दै, 'एक दिन मेरो पनि पालो आउला' भन्ने आशामा वर्षौँदेखि इमानदारीपूर्वक काम गरिरहेका छन्। सानिमा क्यापिटलमा कार्यरत रश्मी रिजालको दुःखद निधनपछि यस्तै प्रश्नहरूले मेरो मनलाई निरन्तर घोचिरहेका छन्। के यस घटनाको निष्पक्ष छानबिन हुनेछ? के उहाँले न्याय पाउनुहुनेछ? यही प्रश्नले विगत चार दिनदेखि मन अशान्त बनाइरहेको छ।

उहाँ एक कर्मचारी मात्र हुनुहुन्नथ्यो, कसैकी आमा, छोरी र परिवारको आधार पनि हुनुहुन्थ्यो। आफ्नो परिवार र सन्तानभन्दा माथि यस्तो कठोर निर्णय किन रोज्नुपर्‍यो भन्ने प्रश्नले मनलाई झन् धेरै पीडा दिन्छ।

यस घटनालाई केवल व्यक्तिगत कमजोरी वा मानसिक स्वास्थ्यको एउटा मात्र पक्ष भनेर टुंग्याइहाल्नु उचित हुँदैन। कार्यस्थलको चरम दबाब, अस्वस्थ प्रतिस्पर्धा, अन्यायपूर्ण मूल्याङ्कन र व्यवस्थापकीय संस्कृतिले पनि यस्ता घटनामा भूमिका खेलेका छन् कि भन्ने प्रश्न गम्भीर रूपमा उठाउनुपर्ने बेला आएको छ।

बाहिरबाट आकर्षक, प्रतिष्ठित र व्यवस्थित देखिने बैंकिङ तथा कर्पोरेट संसारभित्र कति तनाव, कति असमानता र कति अमानवीय दबाब लुकेको हुन्छ भन्ने कुरालाई यो घटनाले फेरि एकपटक उजागर गरेको छ। यदि एउटा प्रतिष्ठित संस्थाको उच्च जिम्मेवारीमा रहेकी कर्मचारीले कार्यस्थलको मानसिक दबाब असह्य भएको महसुस गर्नुभयो भने, त्यो केवल एउटा व्यक्तिको कथा मात्र होइन, हाम्रो कार्यसंस्कृतिमाथि उठेको प्रश्न पनि हो।

यही सन्दर्भमा केही वर्षअघिको एउटा अनुभव सम्झना आउँछ।

एक प्रतिष्ठित कर्पोरेट संस्थामा धेरै महिला कर्मचारीहरू घरपरिवार, सन्तान, अध्ययन र जागिरलाई समान रूपमा अघि बढाइरहेका थिए। उनीहरूलाई देख्दा म आफैँ एक महिलाको नाताले गर्व गर्थें। उनीहरूको आत्मविश्वास प्रेरणादायी लाग्थ्यो।

तर समयसँगै मैले बाहिर देखिने चम्किलो छवि र भित्रको वास्तविकता फरक हुन सक्ने अनुभव पनि पाएँ। नेतृत्व, समान अवसर र सम्मानको कुरा गरिए पनि व्यवहारमा सबै कर्मचारीले त्यही सम्मान र न्याय पाउँछन् भन्ने आवश्यक रहेनछ। शक्ति, पहुँच र पदको प्रभावले धेरै अन्यायहरू ओझेलमा परिरहेका हुन्छन् भन्ने अनुभूति पनि भयो।

त्यसैले चिल्ला गाडी, आकर्षक पोसाक वा उच्च पदले मात्र कसैको चरित्र र नेतृत्वको प्रमाण दिँदैन। एउटा संस्थाको वास्तविक मूल्यांकन त्यहाँ कर्मचारीसँग गरिने व्यवहारले निर्धारण गर्छ।

कुनै पनि कर्मचारीले कार्यालयमा आफ्नो समय, ऊर्जा, सीप र इमानदारी समर्पण गरेपछि उसले सम्मान, निष्पक्ष मूल्याङ्कन र आफ्नो क्षमता अनुसारको अवसर पाउनु स्वाभाविक अधिकार हो। केही महिनाअघि ग्लोबल आईएमई बैंकका कर्मचारी पीताम्बर खड्काको दुःखद मृत्यु, त्यसअघि कुमारी बैंकसँग जोडिएका घटनाहरू र अहिले रश्मी रिजालको घटनाले एउटा साझा प्रश्न उठाएका छन्—के यो केवल एउटा संस्थाको समस्या हो, वा सिंगो कर्पोरेट क्षेत्रले आत्मसमीक्षा गर्नुपर्ने अवस्था हो?

कुनै पनि मानिस रहरले बिहानदेखि बेलुकासम्म दौडधुप गरेर जागिर गर्न जाँदैन। यदि पर्याप्त आर्थिक स्रोत हुन्थ्यो भने धेरैले आफ्नै व्यवसाय रोज्ने थिए। जीविकोपार्जनका लागि जागिर गर्नु कुनै कमजोरी होइन।

दुर्भाग्यवश कतिपय संस्थाहरूले यही बाध्यतालाई कर्मचारीमाथि दबाब सिर्जना गर्ने माध्यम बनाइरहेका छन्। समयमै तलब वृद्धि हुँदैन, राम्रो कामको उचित मूल्याङ्कन हुँदैन, तर चाकडी, समूहबन्दी र आन्तरिक राजनीतिमा सक्रिय व्यक्तिहरूले सजिलै अवसर पाइरहेका हुन्छन्। जहाँ मेहनतको सम्मान हुँदैन र चाप्लुसीको पुरस्कार हुन्छ, त्यहाँ इमानदार कर्मचारीहरू निराश हुनु स्वाभाविक हो। यही निराशा, निरन्तरको मानसिक दबाब र अन्यायले मानिसलाई भित्रभित्रै कमजोर बनाउँदै लैजान सक्छ।

कर्पोरेट क्षेत्रको अर्को गम्भीर समस्या भनेको पदको दुरुपयोग र हैकमवादी संस्कृतिको विस्तार हो। जुनियर कर्मचारीहरूले गरेको मेहनतको श्रेय माथिल्ला तहले लिने, सक्षम कर्मचारीलाई अवसर नदिने, आफ्नै पद सुरक्षित राख्न अरूको प्रगति रोक्ने प्रवृत्तिले स्वस्थ कार्यसंस्कृति निर्माण हुन सक्दैन।

जब कुनै कर्मचारीले आफ्नो भविष्य देखेको संस्थामै विभेद, अन्याय र बेवास्ता मात्र पाउँछ, तब उसको आत्मविश्वास टुट्न थाल्छ। यही कारणले धेरै कर्मचारीहरू गहिरो मानसिक तनावमा पुग्ने अवस्था सिर्जना हुन्छ। अब हामीले गम्भीर भएर सोच्ने बेला आएको छ—अझै कति रश्मी र पीताम्बरहरूलाई सामाजिक सञ्जालमा श्रद्धाञ्जली मात्र लेखिरहने?

जबसम्म कर्पोरेट संस्थाहरूले नाफा र लक्ष्यभन्दा माथि उठेर कर्मचारीको जीवन, आत्मसम्मान र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदैनन्, यस्ता दुःखद घटनाहरू दोहोरिने जोखिम रहिरहन्छ।

नेपाल राष्ट्र बैंक, श्रम मन्त्रालय तथा सम्बन्धित नियामक निकायहरूले कार्यस्थलमा मानसिक स्वास्थ्य, कर्मचारी अधिकार, गुनासो सुनुवाइ र निष्पक्ष छानबिनका प्रभावकारी संयन्त्र निर्माण गर्न आवश्यक छ। कर्मचारीले प्रतिशोधको डरबिना आफ्नो समस्या राख्न सक्ने वातावरण सिर्जना हुनु अत्यन्त जरुरी छ।

रश्मी रिजालको दुःखद अवसानले हाम्रो कार्यसंस्कृतिबारे गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको छ। अब श्रद्धाञ्जलीका शब्दहरू मात्र पर्याप्त छैनन्। कार्यस्थलमा सम्मान, समानता, न्याय र सुरक्षित वातावरण सुनिश्चित गर्ने दिशामा ठोस सुधार आवश्यक छ।

अन्त्यमा, कार्यस्थलको चरम मानसिक दबाब र सम्भावित प्रणालीगत समस्याका बीच असामयिक रूपमा ज्यान गुमाउनुभएकी सानिमा क्यापिटलकी तत्कालीन कम्प्लायन्स अफिसर रश्मी रिजालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उहाँहरूमा यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।

अब कुनै पनि कर्मचारीले आफ्नो कार्यस्थलमै आत्मसम्मान र जीवन गुमाउन नपरोस्। यही हाम्रो साझा प्रतिबद्धता बन्नुपर्छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस