अन्जु हुमागाईं
अझै कति रश्मीहरूलाई श्रद्धाञ्जली दिइरहने ?
उहाँ एक कर्मचारी मात्र हुनुहुन्नथ्यो, कसैकी आमा, छोरी र परिवारको आधार पनि हुनुहुन्थ्यो।
साँघुरो सोच
हामी हरेक कुरालाई आफ्नो साघुरो सोचको फ्रेममा राखेर हेरिदिन्छौँ र धारणा बनाईहाल्छौँ, तर कतिपय यथार्थहरु हाम्रो सोचको फ्रेम भन्दा ज्यादै फराकिला हुन्छन् त कुनै ज्यादै साँघुरा पनि। यो बनिबनाउ सोचको फ्रेमलाई भत्काईदिउँ ताकि हाम्रो सोच फराकिलो भएर परपर पुगोस् र धेरै कुरा अटाओस्।
मन र दृष्य
त्यत्तिकैमा एकदमै ठूलो दर्के पानी परयो । दन्किरहेको लाशको आगोलाई एकैछिनमै शान्त बनाइदियो । त्यो लाश जलिसकेको थिएन म घण्टौँदेखि त्यहीँ बसेर नियालिरहेको थिएँ । बिचरा त्यस युवकले फेरि आगो बाल्ने प्रयत्न गर्दै थियो । मेरो मन यति धेरै भारी भैसकेको थियो आँखाबाट आँशुका ढिकाहरूले आफ्नो ठाउँ छोडेर बाटो लागिसकेका थिएँ। नजिकै उभिइरहेका दुई मानिस कुरा गर्दै थिए– कस्तो पापी रहेछ ! मरेर जल्ने बेला समेत राम्ररी जलेन।
अब त खाँदै खान्न
रातभरि प्याकमाथि प्याक थप्दै एउटा हातमा सेकुवा अनि अर्काै हातले गिलास च्याप्दै अरूलाई तथानाम गाली गर्ने अनि म मात्रै राम्रो छु दुनियाँसारा बेकार भन्ने सोच बिहानीको झिसमिसेसँगै एकैपटक कता बिलाई जान्छ होला । ओहो बडो अचम्मको कुरा रातभरको नशा उत्रिन नपाउँदै बिहान उठेर भगवानसामु एक अनजान बन्दै कसरी प्रस्तुत हुन सक्छ यो मान्छेको जात ।
Loading...